४ साउन, काठमाडौं -नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले पार्टीको आगामी महाधिवेशनमा शेखर कोइरालालाई सभापतिमा सहयोग गर्ने घोषणा गरेकी छन् । शुक्रबार शेखर कोइरालाको सचिवालय पुगेकी सुजाता कोइरालाले उक्त घोषणा गरेकी हुन् । सुजातालाई शेखरले स्वागत गरेका थिए । शेखर दाले बोलाउनुभयो । अब म पनि आएँ,' सुजाताले भनिन्, 'हामी एकजुट भएर अघि बढेनौँ भने कोही पनि नरहने स्थिति भयो । त्यसकारण सबैले केही न केही त्याग गर्नुपर्छ भन्ने लागेर म अब शेखर दासँग जोडिएको छु । उहाँले धेरै मिहिनेत गर्नुभएको छ । अब उहाँलाई मेरो पनि साथ छ । अब शशांक पनि यहाँ आउनुहुन्छ । हामी मिलेर नै अघि बढ्छौँ । हामी एकजुट हुनैपर्छ । हाम्रो बुवाहरुले, हजुरबाहरुले…
४ साउन, काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्नै पार्टी नेतृत्वको सरकारलाई तत्काल चाल्नुपर्ने कदम र आगामी तीन वर्षभित्र गर्नुपर्ने कामको सूचीसहित विस्तृत विषय समावेश गरिएको सुझावपत्र बुझाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमालेका महासचिव शङ्कर पोखरेल नेतृत्वको टोलीले शुक्रबार दिएको सुझावपत्रमा सुशासन, विकास निर्माणका काममा तीव्रता, रोजगारी सिर्जना, आर्थिक शिथिलताको अन्त्य, अर्थतन्त्र चलायमान बनाउँदै उच्च आर्थिक वृद्धि हासिल गर्ने विषय, सेवाप्रवाहमा सहजता र झण्झटिलो प्रशासनिक प्रक्रियालाई अन्त्य गर्ने विषय तथा सामाजिक न्याय र सुरक्षाका विषयहरू समेटिएका छन् । एमालेले गत असार २१ गते ओली नेतृत्वको सरकारले आगामी तीन वर्षभित्र गर्नुपर्ने कामका विषयमा सुझाव दिन उपमहासचिप प्रदीप ज्ञवालीको…
३ साउन, काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र व्यवस्थालाई अप्ठ्यारो पर्दा कांग्रेस–एमाले एक ठाउँमा उभिने गरेको बताएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा बिहीबार लमजुङका एमालेका नेता कार्यकर्ताको बधाई तथा शुभकामना ग्रहण गर्दै मन्त्री गुरुङले २०४६ सालमा पञ्चायत फाल्न, २०६२–०६३ सालमा राजतन्त्र फाल्न र २०७२ मा गणतान्त्रिक संविधान बनाउन पनि कांग्रेस–एमाले एकै ठाउँमा उभिएका बताए । उनले अहिले मुलुक राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको हिसाबले कमजोर भएको कारण कांग्रेस–एमाले एक ठाउँमा उभिनु परेको बताए । ठूला राजनीतिक दल एकताबद्ध हुनु पर्ने स्थिति देशमा बनेको उनको भनाइ छ । 'राष्ट्रिय आवश्यकताले गर्दा हामी यो गठबन्धनमा सामेल छौँ', उनले भने ।…
३ साउन, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र विकास सल्लाहकारमा युवराज खतिवडा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले रिमाल र खतिवडालाई सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो । एमालेका उपमहासचिवसमेत रहेका रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा सोही भूमिकामा थिए । खतिवडा ओलीको यसअघिको कार्यकालमा अर्थमन्त्री थिए । अर्थमन्त्रीबाट हटेपछि उनी अमेरिकाका लागि राजदूत नियुक्त भएका थिए । खतिवडा पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष समेत भइसकेका व्यक्ति हुन् ।
३ साउन, काठमाडौं - अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपद्मा परी बिहीबार दिउँसोसम्म १ सय २५ जनाको मृत्यु भएको छ । विपद्मा परी काठमाडौँमा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, वाग्मती प्रदेशमा २०, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ गरी जम्मा एक सय २५ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार विपद्मै परी काठमाडौँमा आठ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, वाग्मती प्रदेशमा सात, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा नौँ, कर्णाली प्रदेशमा ३३ र सुदूरपश्चिम…
२ साउन, काठमाडौं - गत आर्थिक वर्ष २०८०/८१ मा सात लाख ४१ हजार ३०२ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार, २०८० साउन १ गतेदेखि २०८१ असार मसान्तसम्मको अवधिमा उनीहरू श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् । अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीमा जानेको संख्या ३.८९ प्रतिशतले घटेको छ । विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० मा सात लाख ७१ हजार ३२७ जना नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या ३० हजार २५ जनाले कम देखिएको…
२ साउन, काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्रालयको कामका सबालमा देखिएका समस्याको सामाधानका लागि आवश्यक खाका बनाउन आग्रह गरेका छन् । मन्त्री नियुक्त भएपछि मन्त्रालयका सचिवसहित विभिन्न महाशाखाका प्रमुखहरुसँगको ब्रिफिङमा मन्त्री पौडेलले समस्या देखाउने भन्दा पनि समाधानको काम गर्ने आफ्नो योजना भएकाले जुनसुकै समस्याको समाधानका लागि पाँच दिन भित्र स्पष्ट योजना सहितको खाका तयार गर्न आग्रह गरेका हुन् । `सबै महाशाखाबाट समस्याका कुराहरू आए, समाधान आएन, स्पष्ट ढंगबाट कार्य क्षेत्रमा देखिएको समस्याको समाधान कसरी गर्ने त्यतातर्फ लागौं, त्यसका लागि पाँच दिन भित्र मलाइ लिखित रुपमा समाधानका विकल्प लिएर आउनुहोला, टिमवर्क गरेर समस्याको समाधान गरौं,´ मन्त्री पौडेलले भने…
२ साउन, काठमाडौं - नेपाल राष्ट्र बैंकले पाँच विकास बैंक र तीन फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैंकको वित्तीय संस्था सुपरीवेक्षण विभागले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा कर्णाली विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, कर्पाेरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकलाई कारबाही गरेको हो । त्यस्तै, सो अवधिमा वेस्ट फाइनान्स, रिलायन्स फाइनान्स र प्रोग्रासिभ फाइनान्सलाई पनि कारबाही गरेको छ । कर्णाली डेभलपमेन्ट बैंकलाई अनिवार्य नगद मौज्दात तोकिएको जति नभएकोले कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकलाई निरन्तर सुधार गर्न गरिएको गत माघ २१ गतेको कारबाहीलाई नै निरन्तरता दिइएको छ । यसका लागि…
१ साउन, काठमाडौं - सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले मंगलवार पूर्वसचिव र पूर्वमहालेखापरीक्षकहरुसँग छलफल गरेको छ। पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगाल, पूर्वसचिव गोपिनाथ मैनाली लगायतका अधिकारीहरुसँङ गरिएको छलफल विज्ञहरुले सहकारी संस्थाहरुको नियमनमा कडाई गर्न सुझाव दिएका छन् । सहकारी संस्थामा नियमनको संकट देखिएको त्यसको बचत रकम समेत अपचलन हुने अवस्था आएको विज्ञहरुले बताएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए । बैठकमा विज्ञहरुले व्यवस्थापक र सञ्चालक एउटै हुँदा पनि समस्याहरु देखिएको औंल्याएका थिए । समग्रमा सहकारी क्षेत्रलाई अन्तराष्ट्रिय रुपमा कस्ता संकट आएका थिए, ती संकटहरु कसरी समाधान भएका थिए ? मलेसिया, फिलिपिन्स, जापानलगायतका देशका…
१ साउन, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकता भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ सरकार बनेसँगै नेपाली जनता उत्साहित भएको बताए । 'सरकार परिवर्तन हुनु ठूलो कुरा होइन, सरकार समय-समयमा परिवर्तन भइरहन्छ । अहिलेको परिवर्तनले नागरिकमा नयाँ आशा र भरोसा जगाएको छ', ओलीले भने । सरकारले भ्रष्टाचार नियन्त्रण, विकास निर्माण र जनतालाई राहत दिने कुरामा आफ्नो ध्यान केन्द्रित गर्ने उनको भनाइ थियो । उनले यसअघि पनि आफू प्रधानमन्त्री हुँदा इमान्दारीका साथ काम गरेको उल्लेख गदै एमाले…