४ साउन, काठमाडौं -नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले पार्टीको आगामी महाधिवेशनमा शेखर कोइरालालाई सभापतिमा सहयोग गर्ने घोषणा गरेकी छन् ।
शुक्रबार शेखर कोइरालाको सचिवालय पुगेकी सुजाता कोइरालाले उक्त घोषणा गरेकी हुन् । सुजातालाई शेखरले स्वागत गरेका थिए ।
शेखर दाले बोलाउनुभयो । अब म पनि आएँ,’ सुजाताले भनिन्, ‘हामी एकजुट भएर अघि बढेनौँ भने कोही पनि नरहने स्थिति भयो । त्यसकारण सबैले केही न केही त्याग गर्नुपर्छ भन्ने लागेर म अब शेखर दासँग जोडिएको छु । उहाँले धेरै मिहिनेत गर्नुभएको छ । अब उहाँलाई मेरो पनि साथ छ । अब शशांक पनि यहाँ आउनुहुन्छ । हामी मिलेर नै अघि बढ्छौँ । हामी एकजुट हुनैपर्छ । हाम्रो बुवाहरुले, हजुरबाहरुले जुन सपना देख्नुभएको थियो, हामीले त्यसलाई पूरा गर्नैपर्छ ।’



