Epost Nepal

इ-पोस्ट नेपाल

इ-पोस्ट नेपाल

1835 Posts
हाल जारी सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

हाल जारी सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

१२ असोज, काठमाडौं - सरकारले हाल जारी सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । अविरल वर्षाका कारण बाढी, डुबान र पहिरोका कारण विद्यार्थीको आवत-जावत प्रभावित भएकाले हाल जारी सबै परीक्षाहरू स्थगित गर्ने निर्णय भएको हो । प्रधानमन्त्री कार्यालयमा शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले हाल जारी परीक्षा स्थगित गर्ने निर्णय लिएको हो । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले परीक्षा स्थगित गर्ने निर्णय लिएको जानकारी दिए । 'हाल भइरहेका परीक्षा स्थगित गर्ने निर्णय भएको छ,' गुरुङले भने । विद्यालय भवन डुबानमा परेको, सडक अवरुद्ध भएको लगायतका रिपोर्ट आएपछि सरकारले परीक्षा स्थगित गर्ने निर्णय लिएको हो । कुन-कुन परीक्षा संचालनमा थिए र स्थगित गरिएको भन्ने…
Read More
बाढीपहिरो तथा डुबानका कारण २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध, काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द

बाढीपहिरो तथा डुबानका कारण २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध, काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द

१२ असोज, काठमाडौं - अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण हिमाली तथा पहाडी क्षेत्रका अधिकांश सडकखण्डमा यातायात आवागमन प्रभावित भएका छन् । सडक विभाग कार्यालयले शनिबार दिउँसो १२ बजेसम्म संकलन गरेको प्रारम्भिक विवरणअनुसार देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ । बाढीपहिरो तथा डुबानका कारण काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द भएका विभागको सम्भार महाशाखा प्रमुख अर्जुन अर्यालले जानकारी दिए । ´ठाउँठाउँमा बाटो अवरुद्ध भएकाले विभागका कर्मचारी सबै स्थानमा पुग्न सकेका छैनन् । विद्युत् तथा इन्टरनेट सम्पर्कविच्छेद हुँदा सबै विवरण संकलन गर्न पनि सकिएको छैन,' अर्यालले भने, 'पाँचथरबाट ताप्लेजुङ जाने बाटोतर्फ हेवाखोलामा गत वर्ष…
Read More
तीन दिनदेखि परिरहेको अविरल वर्षा शनिबार बेलुकादेखि मत्थर हुँदै जाने

तीन दिनदेखि परिरहेको अविरल वर्षा शनिबार बेलुकादेखि मत्थर हुँदै जाने

१२ असोज, काठमाडौं - तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि मत्थर हुँदै जाने अनुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जाने जानकारी दिए । ‘आज बेलुकादेखि नै वर्षा केही मथ्थर हुन सुरु हुन्छ, तर ठ्याक्कै रोकिने होइन, भोलिसम्मै रहन सक्छ, जुन ‘इन्टेन्सिटी’मा वर्षा भइरहेको छ त्यो अब हट्दै जान्छ’, उनले भने । भोलिदेखि अहिलेको मौसमी प्रणाली कमजोर हुँदै जाने उनको भनाइ छ । ‘बादल फाट्न चै केही दिन लाग्छ, भोलिदेखि केही क्षेत्रमा मौसमी अवस्थामा सुधार आउन सक्छ, कहीँ छिटफुट वर्षा हुन सक्छ’, पराजुलीले भने, ‘पूर्व झापादेखि…
Read More
उद्धार, राहत लगायतका विषयमा सरकार सक्रिय भएर अघि बढिसकेको छ: गृहमन्त्री रमेश लेखक

उद्धार, राहत लगायतका विषयमा सरकार सक्रिय भएर अघि बढिसकेको छ: गृहमन्त्री रमेश लेखक

१२ असोज, काठमाडौं - गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरुको उद्धार, राहत तथा घाइतेहरुको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागिपरेको बताएका छन् । शनिबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’को बैठकपछि गृहमन्त्री लेखकले बर्षा, बाढी, पहिरो र डुबानबाट काठमाडौं उपत्यकाबाट मात्रै साढे सात सयभन्दा बढी नागरिकको सकुशल उद्धार गरिएको जानकारी दिए । मुलुकमा ठुलो विपद्को स्थिति रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले बैठकले मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको सूचना सङ्कलन गर्ने, उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको बताए । उनले भने, ‘ठुलो जनधनको क्षति भएको छ, ज्यान…
Read More
अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा मात्रै २१ जनाको मृत्यु, पाँच जना बेपत्ता

अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा मात्रै २१ जनाको मृत्यु, पाँच जना बेपत्ता

१२ असोज, काठमाडौं - अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा मात्रै २१ जनाको मृत्यु भएको छ । वर्षाकै कारण पाँच जना बेपत्ता भएका छन् भने नौ जना घाइते भएका छन् । सात सय २८ जनाको उद्धार गरिएको छ । काठमाडाैं प्रहरीका एसएसपी बसन्त रजाैरेले अरु केही हराईरहेकाे र खाेजी कार्य जारी रहेकाे बताए । प्रहरीका अनुसार काठमाडौंमा ९, ललितपुरमा ९ र भक्तपुरमा ३ जनाको बाढी, पहिरो, डुवान र घर भत्केर मृत्यु भएको हो । अविरल वर्षाका कारण बागमती, बिष्णुमति, रुद्रमति, नख्खु, बल्खुलगायतका नदी तथा खाेलाकाे बहाव खतराकाे तहभन्दा माथि बगिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । डुवानले ठूलाे धनमालकाे पनि क्षति भएपनि…
Read More
वर्षाका कारण धेरै ठाउँको विद्युत् आपूर्ति प्रभावित, काठमाडौंमा मात्र उपत्यकाको आधा क्षेत्रमा विद्युत् बिहिन

वर्षाका कारण धेरै ठाउँको विद्युत् आपूर्ति प्रभावित, काठमाडौंमा मात्र उपत्यकाको आधा क्षेत्रमा विद्युत् बिहिन

१२ असोज, काठमाडौं - निरन्तरको अविरल वर्षाका कारण धेरै ठाउँको विद्युत् आपूर्ति प्रभावित भएको छ । काठमाडौंमा मात्र उपत्यकाको आधा क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ । वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीको पूर्वाधारहरुमा क्षति पुर्‍याउँदा आपूर्ति प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले जानकारी दिए । काठमाडौं उपत्यकाको विद्युत् माग सामान्य अवस्थामा करिब ४०० मेगावाट हुने गरेकोमा शनिबार करिब २०० मेगावाट मात्र रहेको उनको भनाइ छ । बानेश्वर सबस्टेसनबाट ललितपुरको गोदावरी, इमाडोल, लुभु च्यासल क्षेत्रमा विद्युत् आपूर्ति भएका फिडहरु प्रभावित भएका छन् । भक्तपुर सबस्टेसनबाट खोपासी, नलिनचोक र बोडे खानेपानीलाई विद्युत् आपूर्ति दिइएका फिडर बन्द छन् । त्यस्तै पाटन सबस्टेसनबाट…
Read More
सप्तकोसीमा पानीको बहाव उच्च भएपछि ब्यारेजका सबै ढोका खोलियो

सप्तकोसीमा पानीको बहाव उच्च भएपछि ब्यारेजका सबै ढोका खोलियो

१२ असोज, सुनसरी - निरन्तरको वर्षाका कारण सप्तकोशी ब्यारेजमा पानीको बहाव उच्च भएपछि ब्यारेजका सबै ५६ ढोका खोलिएको छ । लगातारको वर्षाका कारण पानीको बहाव बढेपछि सप्तकोसी नदीमा खतरा उत्पन्न भएको हो । पानीको बहाब बढेपछि कोशी ब्यारेजमा खतराको संकेत स्वरूप रातो बत्ती बालिएको छ । बाढीबाट हुने सम्भावित घटनालाई ध्यान दिँदै कोशी आसपासका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले अनुरोध गरेको छ । सप्तकोसी नदीमा पानीको बहाव प्रति सेकेन्ड ४ लाख ४९ हजार ६८० क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
Read More
सिन्धुलीको मुलकोट र खुर्कोट बजारमा सुनकोसी नदी पस्यो

सिन्धुलीको मुलकोट र खुर्कोट बजारमा सुनकोसी नदी पस्यो

१२ असोज, सिन्धुली - सिन्धुलीको सुनकोसी गाउँपालिका स्थित मुलकोट र गोन्जोर गाउँपालिकाको खुर्कोट बजारमा सुनकोसी नदी पसेको छ । सुनकोसीमा आएको बाढीले डुबाउँदा मुलकोटका पशुपति प्राविका साथै दर्जनौं घर तथा रिसोर्ट डुवानमा परेका छन् । त्यस्तै खुर्कोटमा बसपार्क, सशस्त्र प्रहरीको बेस क्याम्पका साथै दर्जनौं घर तथा होटलहरू डुबेका छन् ।
Read More
बीपी राजमार्गमा यातायात पूर्णरुपमा अवरुद्ध

बीपी राजमार्गमा यातायात पूर्णरुपमा अवरुद्ध

१२ असोज, काठमाडौं - अविरल वर्षाका कारण आएको बाढीले सडक बगाएपछि बीपी राजमार्गमा यातायात पूर्णरुपमा अवरुद्ध भएको छ । बीपी राजमार्गको नेपालथोक–धुलिखेल खण्ड अन्तर्गत सुनकोसी गाउँपालिका-१ नेपालथोक नजिक रोशी खोलाको सडक बगाएपछि शनिबार बिहानैदेखि यातायात पूर्णरुपमा अवरुद्ध भएको हो । कालोपत्रे सहितको सडक बगाएर खोलाको बाढी भित्तामा नै पुगेकाले नघटेसम्म यातायात सञ्चालन हुन नसक्ने सिन्धुली प्रहरीले जनाएको छ । बीपी राजमार्गमा घेरै ठाउँमा पहिरो झरेकाले अत्यावश्यक बाहेक यात्रा नगर्न प्रहरीले सुझाएको छ ।
Read More
देशका धेरै स्थानमा वर्षा, शनिबार  दिउँसो पनि देशभर पानी पर्ने

देशका धेरै स्थानमा वर्षा, शनिबार दिउँसो पनि देशभर पानी पर्ने

१२ असोज, काठमाडौं - देशका धेरै स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर मनसुनी वायुका साथै  भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेकोले अधिकांश स्थानमा मेघ गर्जन/चट्याङ्गसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर पानी पर्ने महाशाखाको बिहानी बुलेटिनमा उल्लेख छ । त्यस्तै कोशी,मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा हुने र यी प्रदेशका थोरै स्थानमा मुसलधारे पानी पर्ने महाशाखाले जनाएको छ । आज देशको तराई क्षेत्रमा हावाहुरी आउने जनाइएको छ । आज राती पनि देशैभर वर्षा हुने जनाइएको छ । बागमती, गण्डकी, लुम्बिनी,…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search