Epost Nepal

इ-पोस्ट नेपाल

इ-पोस्ट नेपाल

1835 Posts
आफूहरुको सहभागिताबिना संविधान संशोधन असम्भव: एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

आफूहरुको सहभागिताबिना संविधान संशोधन असम्भव: एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

९ भदौ, काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूहरुको सहभागिताबिना संविधान संशोधन गर्ने सम्भावना नरहेको बताएका छन् । काठमाडौंमा आइतबार आयोजित पार्टी केन्द्रीय सदस्यहरुको शपथग्रहण समारोहमा बोल्दै उनले सत्तारुढ कांग्रेस र एमाले अपारदर्शी ढंगले सो प्रस्ताव ल्याएको भन्दै त्यसमा आफूहरुको सहभागिताबिना सम्भव नरहेको दाबी गरेका हुन् । हाम्रो सहभागिता बिना संविधान संशोधन सम्भव होला भन्नेकुरा कसैले ठानेको भए त्यो गलत हुने अध्यक्ष नेपालको भनाइ थियो । ‘संविधान संशोधनको विषय आएको छ । यो पनि बडो अपारदर्शी छ । के हो के ? बुझ्न सकिएको छैन । त्यो हुनाले अहिले नै म धेरै टिप्पणी गर्न चाहन्न । पहिले विषयवस्तुहरु आओस्, कुराहरु आओस् । तर…
Read More
सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन संशोधन भएपछि टाउकोमा झुण्ड्याएको तरबार हट्यो: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन संशोधन भएपछि टाउकोमा झुण्ड्याएको तरबार हट्यो: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

८ भदौ, काठमाडौँ - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले फुटाउन नसक्ने आधार तयार भएको बताएका छन् । माओवादी केन्द्रको नुवाकोट सम्पर्क समितिले शनिबार काठमाडौंका गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तीनवटा प्रदेशको केन्द्रीय समिति बैठक सकिँदा माओवादीलाई कसैले फुटाउन सक्दैन भन्ने आधार तयार भएको र फुटेर गएका र छुटेकाहरू पार्टीमा एकताबद्ध हुने बताएका हुन् । ‘हाम्रो पार्टी कसैले फुटाउन सक्दैन, हल्लाउन सक्दैन। बरू केही समयपछि हेर्दै जानुहोला फुटेर गएका, बाँकी रहेका माओवादी पनि एकताबद्ध हुन्छन् । माओवादी आन्दोलनलाई एकताबद्ध गरेर हामी अगाडि बढ्छौं। यही हाम्रो लक्ष्य हो,’ अध्यक्ष प्रचण्डले भने । उनले माओवादीलाई फुटाउने षड्यन्त्र ‘जनयुद्ध’का…
Read More
सरकार केही गर्ने र परिवर्तन ल्याइछाड्ने सङ्कल्पका साथ आएको हो: प्रधानमन्त्री केपी शर्मा ओली

सरकार केही गर्ने र परिवर्तन ल्याइछाड्ने सङ्कल्पका साथ आएको हो: प्रधानमन्त्री केपी शर्मा ओली

८ भदौ, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले युवा सचेत नभएसम्म सोचे जसरी देशमा विकासको गति अघि बढाउन नसकिने भन्दै युवा नै देश निर्माणका सम्पूर्ण शक्ति भएको बताएका छन् । फिनिक्स कलेज र युनिभर्सल कलेजद्वारा शनिबार आयोजित ‘काठमाडौँ युुथ कन्क्लेभ २०२४’ मा युवा सहभागीले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यो सरकार केही गर्ने र परिवर्तन ल्याइछाड्ने सङ्कल्पका साथ आएको दाबी गर्दै अहिलेको सरकारसँग देश विकासको आशा गर्न र भरोसा पनि राख्न आग्रह गरेका गरे । युवालाई स्वदेशमै शिक्षा र रोजगारीका अवसरमा जोड्न सरकार प्रयासरत रहेको उल्लेख गर्दै उनले सरकारले स्टार्टअपका कार्यक्रम सुरु गरेको र निजी क्षेत्रबाट पनि १० हजारभन्दा बढी…
Read More
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भन्छन्: जिबी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भन्छन्: जिबी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी

८ भदौ, चितवन - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको बताएका छन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले गोरखा मिडियासँग आफू संलग्नका बारेमा लागेको आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको बताए । 'आरोपका आधार तथ्य प्रमाणको छानबिनका लागि संसदीय समिति बनेको हो,' उनले भने, 'त्यसलाई मैले आफूमाथि लागेको आरोपको स्पष्टिकरण दिने अवसरका रुपमा हेरेको छु ।' सभापति लामिछानेले शुक्रबार छानबिन समितिलाई १० घण्टा लामो बयान दिएका थिए। उनले जिबी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी रहेको बताए । ग्यालेक्सी टिभीका अध्यक्ष राईको सम्पत्तिको स्रोतको विषयमा हेर्ने काम राज्यका…
Read More
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा मात्रै नेपालको १ खर्ब १६ अर्ब १५ करोडको व्यापार घाटा

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा मात्रै नेपालको १ खर्ब १६ अर्ब १५ करोडको व्यापार घाटा

८ भदौ, काठमाडौँ - चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा मात्रै नेपालले कुल एक खर्ब ४० अर्ब ६० करोड ३२ लाख बराबरको वैदेशिक व्यापार गर्दा एक खर्ब १६ अर्ब १५ करोडको घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार गत साउनमा नेपालले एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख बराबरको वस्तु आयात गर्दा १२ अर्ब २२ करोड ६१ लाखको मात्रै निर्यात गरेको हो । विभागका अनुसार गत आर्थिक वर्षको सोहि अवधिको तुलना चालु आवको पहिलो महिनामा आयात शून्य दशमलव ६७ प्रतिशतले घटेको छ भने निर्यात नौ दशमलव ६३ प्रतिशतले घटेको…
Read More
विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण हुँदैन: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई

विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण हुँदैन: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई

८ भदौ, काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने स्पष्ट पारेकी छन् । शनिबार बिहान भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भट्टराईले विश्वविद्यालयमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक रहेको बताएकी हुन् । उनले त्रिभुवन विश्वविद्यालयमा भएको गुण्डागर्दी नियन्त्रणका लागि नै गृहमन्त्रीसँग सुरक्षा मागेको उल्लेख गरिन् । ‘विश्वविद्यालयमा राजनीति नभइ गुण्डागर्दी भएको हो’, उनले भनिन्, ‘हरेक क्षेत्रमा गृह मन्त्रालयले सुरक्षा दिने भएका कारण गृहमन्त्रीसँग सुरक्षा मागिएको हो ।’ विश्वविद्यालयमा गुण्डागर्दी र अपराधिकरण स्वीकार्य नभएको उल्लेख गर्दै उनले भनिन्, ‘गुण्डागर्दी र अपराधिकरण चरित्र हो । त्यस्ता प्रवृत्तिविरुद्ध सुरक्षा माग गरिएको हो । यस्ता…
Read More
तनहुँमा भएको यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु

तनहुँमा भएको यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु

७ भदौ, काठमाडौँ - तनहुँको आँबुखैरेनी गाउँपलिका–२, ऐनापहरामा शुक्रबार भएको यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । उनीहरूको तनहुँको आँबुखैरेनी अस्पतालमा पोस्टमार्टम भइरहेको छ । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मर्यस्याङ्दी नदीमा खस्दा १६ जना घाइते भएका छन् । घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ । उनीहरूको महारागन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । प्रहरीका अनुसार सो बसमा चालक र सहचालकसहित ४३ यात्रु सवार थिए । १५ महिला र ११ पुरुष गरी २६ जनाको आँबुखैरेनी अस्पतालमा र एक…
Read More
गठबन्धन फेल भयो भने सम्पूर्ण राष्ट्र नै फेल हुन्छ: नेपाली कांग्रेसका नेता शशांक कोइराला

गठबन्धन फेल भयो भने सम्पूर्ण राष्ट्र नै फेल हुन्छ: नेपाली कांग्रेसका नेता शशांक कोइराला

७ भदौ, काठमाडौँ - नेपाली कांग्रेसका नेता शशांक कोइरालाले २०८४ सालको निर्वाचनमा प्रमुख प्रतिन्द्वन्द्वी नेकपा एमाले हुने भएकाले अब कांग्रेसले संगठनलाई बलियो बनाउनुपर्ने बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा उनले कांग्रेसले अब ०८४ को निर्वाचनमा ध्यान दिनुपर्ने बताए । “२०८४ मा चुनाव हुँदै छ, त्यतातिर ध्यान दिनुपर्‍यो । जिल्ला जिल्लामा संगठनलाई बलियो पार्नुपर्छ,” कोइरालाले भने, “अब हाम्रो ध्यान ८४ को निर्वाचनमा जानुपर्छ । हाम्रो मुख्य प्रतिन्द्वन्द्वी हुन्छ, एमाले । हामीले संगठनमा ध्यान दिनुपर्छ ।” सुरुमा एमालेसँग गठबन्धन गर्न नहुने पक्षमा आफू रहे पनि अहिले गठबन्धन राम्रो लागेको उनले बताए । तर, एमालेसँग गठबन्धन भइरहँदा धेरै सतर्क हुनुपर्ने उनको भनाइ छ । “यो पनि…
Read More
युद्धभन्दा बाहेक पनि उथलपुथलमय नेतृत्व गरेँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

युद्धभन्दा बाहेक पनि उथलपुथलमय नेतृत्व गरेँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

७ भदौ, काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथिका प्रश्नलाई स्वभाविक भन्दै स्वीकार गरेका छन् । नेतृत्व गरेको ३६ वर्ष युद्ध र युद्धपछि पनि उथलपुथलमा गुज्रिएको भन्दै जनार्दन शर्माका प्रश्न स्वाभाविक भएको बताएका हुन् । वाग्मती प्रदेशस्तरीय दुईदिने परामर्श बैठकको समापनमा उनले आफू नेतृत्वमा रहिरहन इच्छुक नभए पनि तत्काल छोड्ने पक्षमा पनि नरहेको बताएका छन् । “३६ वर्षदेखि निरन्तर नेतृत्वमा छु । मेरो नेतृत्व आनन्ददायी रहे, आँधिमय रह्यो,” अध्यक्ष प्रचण्डले भने, “युद्धभन्दा बाहेक पनि उथलपुथलमय नेतृत्व गरेँ । प्रचण्डलाई प्रभाकरले यसो भने पनि प्रचण्ड अध्यक्षभन्दा माथि छ ।” आफूमाथिका गम्भीर टिप्पणीलाई स्वभाविक स्वीकार गरेका उनले आफू इच्छा…
Read More
टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय

टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय

६ भदौ, काठमाडौँ - सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले करिब एक वर्षदेखि बन्द रहेको सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले हालै पारित गरेको सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाको पालना र अन्य चार सर्तसहित टिकटकमाथि लगाइएको प्रतिबन्ध खुला गरिएको बताए । निर्देशिका सबै सामाजिक सञ्जालका लागि लागू हुने र टिकटकले उक्त निर्देशिकाबाहेक पनि चार सर्तहरु पूरा गर्नुपर्ने मन्त्री गुरुङको भनाइ छ । उनका अनुसार टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा साक्षरताका लागि लगानी गरी नेपाली नागरिकको साक्षरता दर बढाउन मद्दत गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search