Epost Nepal

सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन संशोधन भएपछि टाउकोमा झुण्ड्याएको तरबार हट्यो: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

८ भदौ, काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले फुटाउन नसक्ने आधार तयार भएको बताएका छन् ।

माओवादी केन्द्रको नुवाकोट सम्पर्क समितिले शनिबार काठमाडौंका गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तीनवटा प्रदेशको केन्द्रीय समिति बैठक सकिँदा माओवादीलाई कसैले फुटाउन सक्दैन भन्ने आधार तयार भएको र फुटेर गएका र छुटेकाहरू पार्टीमा एकताबद्ध हुने बताएका हुन् ।

‘हाम्रो पार्टी कसैले फुटाउन सक्दैन, हल्लाउन सक्दैन। बरू केही समयपछि हेर्दै जानुहोला फुटेर गएका, बाँकी रहेका माओवादी पनि एकताबद्ध हुन्छन् । माओवादी आन्दोलनलाई एकताबद्ध गरेर हामी अगाडि बढ्छौं। यही हाम्रो लक्ष्य हो,’ अध्यक्ष प्रचण्डले भने ।

उनले माओवादीलाई फुटाउने षड्यन्त्र ‘जनयुद्ध’का बेलामा पनि भएको बताए ।

‘पछि पनि गरे। केही साथीहरू विभाजन भएर जानुपनि भएको हो । धेरै जसो फर्केर हामी एकताबद्ध भयौं । बाँकी रहेकासँग एकता वार्ता चलिरहेको छ । छिट्टै हामी एकताबद्ध हुने प्रयासमा जुटिरहेका छौं,’ उनले भने ।

उनले अर्कोपटक कांग्रेस र एमालेलाई चुनौती दिनुपर्ने र त्यही आत्मविश्वासका साथ जनताको घर घरमा गएर ०६४ सालको जस्तै माहोल सिर्जना गर्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।

अध्यक्ष प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन संशोधन भएपछि माओवादीको टाउकोमाथि झुन्डिएको तरबार हटेको पनि बताए ।

‘अब तपाईं हाम्रो टाउकोमा तरबार झुण्ड्याएको जस्तो थियो, त्यो तरबार हट्यो, अब डराउनुपर्ने अवस्था छैन’, उनले भने।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search