Epost Nepal

सरकार केही गर्ने र परिवर्तन ल्याइछाड्ने सङ्कल्पका साथ आएको हो: प्रधानमन्त्री केपी शर्मा ओली

८ भदौ, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले युवा सचेत नभएसम्म सोचे जसरी देशमा विकासको गति अघि बढाउन नसकिने भन्दै युवा नै देश निर्माणका सम्पूर्ण शक्ति भएको बताएका छन् ।

फिनिक्स कलेज र युनिभर्सल कलेजद्वारा शनिबार आयोजित ‘काठमाडौँ युुथ कन्क्लेभ २०२४’ मा युवा सहभागीले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यो सरकार केही गर्ने र परिवर्तन ल्याइछाड्ने सङ्कल्पका साथ आएको दाबी गर्दै अहिलेको सरकारसँग देश विकासको आशा गर्न र भरोसा पनि राख्न आग्रह गरेका गरे ।

युवालाई स्वदेशमै शिक्षा र रोजगारीका अवसरमा जोड्न सरकार प्रयासरत रहेको उल्लेख गर्दै उनले सरकारले स्टार्टअपका कार्यक्रम सुरु गरेको र निजी क्षेत्रबाट पनि १० हजारभन्दा बढी रोजगारीका अवसर सृजना गर्ने जानकारी गराए ।

राजनीतिक सङ्घर्षको यात्राका सम्बन्धमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले आफूले जेलनेल र दुःख भोगेर स्वतन्त्रता र लोकतन्त्रका लागि गरेको कामबाट हरेक नेपालीमा आत्मविश्वास र आत्मबल बढाउने विश्वास व्यक्त गरे ।

समाजमा बलात्कारजस्ता आपराधिक घटना रोक्न हरेक व्यक्ति र समाज आफैँ आचरणयुक्त हुनुुपर्ने र कुनै त्यस्ता घटना भएमा कानुनको कडाइपूूर्वक पालना गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search