Skip to main content

Epost Nepal

Day: २०८३ असार २१, आईतवार

ट्राफिक नियम उल्लंघनविरुद्ध कडाइ, लाखौं राजस्व संकलन

ट्राफिक नियम उल्लंघनविरुद्ध कडाइ, लाखौं राजस्व संकलन

१८ असार, काठमाडौं — पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ८१३ सवारीचालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा ५ लाख २८ हजार ५०१ रुपैयाँ राजस्व संकलन भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ९ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १०५ जना, ट्राफिक सङ्केत बत्ती उल्लंघन गर्ने ११९ जना तथा तीव्र गतिमा सवारी चलाउने ११५ जनालाई कारबाही गरिएको हो। त्यसैगरी, लेन अनुशासन पालना नगर्ने १०२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ७९ जना, सडकपेटीमा पार्किङ गर्ने ११७ जना, एकतर्फी सडकमा सवारी चलाउने ६५ जना तथा अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने एक…
Read More
बाढीपछि डोल्पामा उद्धार जारी, एक घर पूर्ण रूपमा क्षतिग्रस्त

बाढीपछि डोल्पामा उद्धार जारी, एक घर पूर्ण रूपमा क्षतिग्रस्त

१८ असार, काठमाडौं — डोल्पामा लेदोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। जिल्लाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको लेदोसहितको बाढी घरमा पसेपछि स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दा विकको मृत्यु भएको हो। आइतबार बिहान करिब ३ बजेतिर आएको बाढीका कारण घरभित्र सुतिरहेकी आनन्दा विक पुरिएकी थिइन्। प्रहरी र स्थानीयवासीको सहयोगमा उनको उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याँकोट लगिँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी अनिलराज गिरीले जानकारी दिए। बाढीमा परी ६० वर्षीया जस विक, ४४ वर्षीया रेउली विक, १५ वर्षीया निरुता विक र १३ वर्षीया सिता विक घाइते…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search