Epost Nepal

समाज परिवर्तनको जिम्मेवारी कम्युनिस्टको काँधमा रहेको छ : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

समाज परिवर्तनको जिम्मेवारी कम्युनिस्टको काँधमा रहेको छ : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

समाज परिवर्तनको जिम्मेवारी कम्युनिस्टको काँधमा रहेको छ : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

१५ असार, काठमाडौं -नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज परिवर्तनको जिम्मेवारी कम्युनिस्टको काँधमा रहेको बताएका छन् । शनिवार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले नेपाली विशेषताको समाजावादका कार्यक्रम एकीकृत समाजवादीले ल्याउन लागेको बताए । कम्युनिस्टले पहल गर्दा नेपाली राजनीतिमा ठूलठूलो परिवर्तन भएको भन्दै उनले सबै मिलेर विचारविमर्श गर्न आवश्यक रहेकामा जोड दिए । उनले नेपालको कम्युनिष्ट आन्दोलनमा अहिले उत्तारचढाव, उकाली ओराली, एकता, विघटनका कामहरु भइरहेको भएपनि आत्तिनुपर्ने अवस्था नरहेको बताए । उनले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलन आज उत्तारचढाव, उकाली ओराली, एकता, फेरि विघटन, फेरि पुनःगठन, विभाजन, फेरि पुनःएकता यही प्रक्रियामा अघि बढिरहेको छ । अहिलेको…
Read More
देशलाई धानसँगै खाद्यान्नमा पनि आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ : प्रधानमन्त्री पुष्पकमल दाहाल

देशलाई धानसँगै खाद्यान्नमा पनि आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ : प्रधानमन्त्री पुष्पकमल दाहाल

१५ असार, चितवन - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई धानसँगै खाद्यान्नमा पनि आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताएका छन् । भरतपुर महानगरपालिकाले आज चितवनमा आयोजना गरेको २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा प्रधानमन्त्रीले उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउनेगरी सरकारले कृषिदशक कार्यक्रम अघि बढाएको स्पष्ट पारे । सरकारले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा कृषिदशक कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सिँचाइ, बीउ एवं मल सहज रुपमा उपलब्ध गराउने र यान्त्रिकीकरण गरेर धानमा आत्मनिर्भर हुन सकिने बताए । धानबाली देशको रणनीतिक बाली भएको उल्लेख गर्दै प्रधानमन्त्रीले तीनवटै तहका सरकारलाई नेपाल सरकारले लिएका नीतिहरूको सफल कार्यान्वयनका लागि आह्वान…
Read More
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार सूचीमा रहेका प्रतीक थापा पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार सूचीमा रहेका प्रतीक थापा पक्राउ

१४ असार, काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतीक थापा पक्राउ परेका छन् । प्रहरीले थापालाई शुक्रबार काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो । प्रतीक पूर्वगृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाका छोरा हुन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको अपराध अभियोगमा गत वर्ष सरकारी वकिलको कार्यालय काठमाडौंले थापालाई फरार सूचीमै राखेर यो अपराधमा संलग्नहरुविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो । बाबु रामबहादुर थापा गृहमन्त्री भएका बखत विचौलिया र गृह मन्त्रालयकै कर्मचारीहरुसँग मिलेर प्रतीकले शरणार्थी प्रकरणमा असुली धन्दा चलाएको अनुसन्धानबाट खुलेको थियो । २०७९ चैतमा शरणार्थी प्रकरणका केही आरोपित पक्राउ परेपछि थापा फरार थिए । २०८० वैशाख २१ मा प्रेस विज्ञप्ति जारी…
Read More
समीक्षा यात्राको प्रतिवेदनका विषय सार्वजनिक गरेको भन्दै रास्वपा महामन्त्री मुकुल ढकाललाई पार्टीको अनुशासन आयोगले सोध्यो स्पष्टीकरण

समीक्षा यात्राको प्रतिवेदनका विषय सार्वजनिक गरेको भन्दै रास्वपा महामन्त्री मुकुल ढकाललाई पार्टीको अनुशासन आयोगले सोध्यो स्पष्टीकरण

१४ असार, काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको छ । महामन्त्री ढकालले पार्टीको अनुशासनविपरीत समीक्षा यात्राको प्रतिवेदनका विषय सार्वजनिक गरेको भन्दै आयोगले शुक्रबार पत्र पठाएर  स्पष्टीकरण सोधेको एक नेताले जानकारी दिए । महामन्त्री ढकालले ३८ जिल्ला घुमेर तयार पारेको ३२ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेका कारण रास्वपाभित्र खैलाबैला मच्चिएको छ । इलाम—२ को प्रतिनिधि सभा उपचुनावमा पार्टीले हार व्यहोरेपछि महामन्त्री ढकाल देश दौडाहामा निस्किएका थिए। उनले ३८ जिल्लाका २ हजार ७९ जना नेता—कार्यकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गरेर प्रतिवेदन तयार पारेका थिए । सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाउनुअगावै सञ्चारमाध्यममा पार्टी संकटमा रहेको र…
Read More
हतारमा तत्काल वामपन्थी एकता र पार्टी एकता गर्ने पक्षमा नरहेको प्रधानमन्त्री पुष्पकमल दाहालको भनाई

हतारमा तत्काल वामपन्थी एकता र पार्टी एकता गर्ने पक्षमा नरहेको प्रधानमन्त्री पुष्पकमल दाहालको भनाई

१४ असार, चितवन - नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हतारमा तत्काल वामपन्थी एकता र पार्टी एकता गर्ने पक्षमा नरहेको बताएका छन् । शुक्रबार चितवन पुगेका अध्‍यक्ष प्रचण्डले हतारमा पार्टी एकता गरेर बिगतमा जस्तो दुर्घटना नहोस् भन्ने सोचेर मात्र अघि बढ्ने बताए । 'पार्टी एकता वा वाम एकताभन्दा पनि राजनैतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिँदै जाने र राम्रो सहकार्य गरी अघि बढेर जनताले देख्ने गरी काम गछौँ', प्रधानमन्त्री दाहालले भने । पहिलाको जसरी दुर्घटना हुने गरी वाम एकता नहुने उल्लेख गर्दै उनले सतर्कताका साथ आफूहरु अगाडि बढेको बताए । प्रधानमन्त्री दाहालले अहिलेको परिस्थितिअनुसार सरकारले मेहनत…
Read More
जनताको बहुदलीय जनवाद स्वार्थ पूर्ति गर्ने माध्यम नभएको केपी शर्मा ओलीको भनाई

जनताको बहुदलीय जनवाद स्वार्थ पूर्ति गर्ने माध्यम नभएको केपी शर्मा ओलीको भनाई

१४ असार, काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद स्वार्थ पूर्ति गर्ने माध्यम नभएको बताएका छन् । शुक्रबार एमाले केन्द्रीय कार्यालय च्यासलमा मदन भण्डारीको ७३ औं जन्मजयन्तीको अवसरमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो स्वार्थ पूरा गर्दा जबज कार्यक्रम, सिद्धान्त, मार्गदर्शक सिद्धान्त हुने र स्वार्थ पूर्ति नहुँदा कार्यक्रम नै नहुने कुरा नभएको बताए । उनले भने, ‘जनताको बहुदलीय जनवादले हामीलाई लगातार अझ बढी प्रभावकारी ढंगले अघि लगेको छ । जनताको बहुदलीय जनवादले हामीलाई मार्गदर्शन गरिरहेको छ । हामी जनताको बहुदलीय जनवादप्रति ओठेभक्ति होइन । आफ्नो स्वार्थ पूरा गर्नका लागि होइन । मौका मिले जबज…
Read More
५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनुको समीक्षा गर्नुपर्दछ: सांसद लेखनाथ दाहाल

५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनुको समीक्षा गर्नुपर्दछ: सांसद लेखनाथ दाहाल

१४ असार, काठमाडौं - नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एसइई परीक्षामा ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनुको समीक्षा गर्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद दाहालले कहाँनेरको समस्याको कारण ठूलो संख्यामा विद्यार्थी अनुत्तीर्ण भए भन्ने विषयको खोजी हुनुपर्ने बताएका हुन् । 'समस्या कस्तो हो? अध्ययनको हो वा अध्यापनको? अथवा राज्यको? गम्भीरतापूर्वक समीक्षा गर्नैपर्छ। वर्षौंदेखि यो प्रक्रिया निरन्तर जारी छ। परीक्षा प्रणालीमा समस्या छ कि नतिजा प्रणालीमा समस्या छ ?  अथवा अहिले देखिएको शैक्षिक मोडालिटीमा समस्या छ भन्ने विषयमा हामीले समीक्षा त गर्नैपर्छ,' उनले भने । सांसद दाहालले विद्यालयमा विद्यार्थी हुने तर शिक्षक दरबन्दी नै नहुने विषय सबैलाई…
Read More
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय, पदाधिकारीको संख्या २१ पुर्‍याइयो

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय, पदाधिकारीको संख्या २१ पुर्‍याइयो

१३ असार, काठमाडौं - नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले १ सय ९९ बाट बढाएर २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको हो । सचिवालयका अनुसार एकीकृत समाजवादीले पदाधिकारीको संख्या पनि बढाएर २१ पुर्‍याएको छ । विधान मस्यौदालाई संशोधन गरी अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता, एक महिलासहित सात उपाध्यक्ष, महासचिव, उपमहासचिव ४, सचिव ७ सहित २१ सदस्यीय पदाधिकारी हुनेछन् । यही असार १६ देखि काठमाडौंमा हुने महाधिवेशनले यी पदाधिकारी चयन गर्ने छ ।
Read More
संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति खोज्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलबीच छलफल

संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति खोज्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलबीच छलफल

१३ असार, काठमाडौं - संक्रमणकालीन न्याय (टीआरसी)सम्बन्धी विधेयकमा सहमति खोज्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष दल कांग्रेसबीच छलफल भएको छ । कांग्रेससहितको गठबन्धनकै बेला अघि बढाउन खोजिएको टीआरसी विधेयक त्यसबेला एमालेको असहमतिका कारण रोकिएको थियो । गत फागुनमा कांग्रेस नेतृत्वको गठबन्धनपछि बनेको एमालेसहितको समीकरण बने पनि टीआरसीसम्बन्धी विधेयक संसद्‌मा थन्किएको छ । दुबै गठबन्धनका प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने आफ्नो प्रमुख प्राथमिकतामा भएको बताए पनि अघि बढ्न सकेको छैन । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु टीआरसीमा सहमति खोज्ने प्रयासमा छन् । एमालेले पीडितलाई केन्द्रमा राखी टीआरी…
Read More
एसईई को नतिजा सार्वजनिक: ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त

एसईई को नतिजा सार्वजनिक: ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त

१३ असार, काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा बिहीबार सार्वजनिक गरेको छ । नतिजाअनुसार, ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका छन् । सार्वजनिक नतिजाअनुसार ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका छन् । एसइईको २०८० सालको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । १८६ जनाको ४.० जिपीए आएको छ। ५२.१४ प्रतिशत विद्यार्थी नन ग्रेडिङमा परेका छन् । अर्थात् २ लाख ४२ हजार ९२ जना विद्यार्थीले कक्षा ११ पढ्न पाउने छैनन् । परीक्षामा सहभागी २२१ जनाको नतिजा रद्द भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा बोर्डले यसपालि लेटर ग्रेडिङ…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search