१३ असार, काठमाडौं – नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गरेको छ ।
बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले १ सय ९९ बाट बढाएर २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको हो ।
सचिवालयका अनुसार एकीकृत समाजवादीले पदाधिकारीको संख्या पनि बढाएर २१ पुर्याएको छ । विधान मस्यौदालाई संशोधन गरी अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता, एक महिलासहित सात उपाध्यक्ष, महासचिव, उपमहासचिव ४, सचिव ७ सहित २१ सदस्यीय पदाधिकारी हुनेछन् ।
यही असार १६ देखि काठमाडौंमा हुने महाधिवेशनले यी पदाधिकारी चयन गर्ने छ ।



