२५ असार, काठमाडौं - नेपालमा यसवर्ष मनसुन सुरु भएपछिको ३० दिनमा मनसुनजन्य विपद्का घटनामा ८० जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको बाढी, पहिरो र चट्याङका कारण उनीहरूको मृत्यु भएको हो । यस वर्ष मनसुन जेठ २८ गते नेपालमा प्रवेश गरेको थियो । जेठ २८ गतेदेखि असार २५ गते दिउँसोसम्मको अवधिमा मनसुनजन्य विपद्का घटनामा परी ८० जनाले ज्यान गुमाएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मनसुनजन्य विपद्का घटनाबाट काठमाडौं उपत्यकामा एक जना, कोसी प्रदेशमा १९ जना, मधेस प्रदेशमा तीन जना, वाग्मती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा २२ जना, लुम्बिनी प्रदेशमा २० जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम…
२४ असार, काठमाडौं - नेकपा एमालेले वाग्मती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । संघीय सरकारमा फेरिएको राजनीतिक समीकरण अनुसार बागमती प्रदेश सरकारमा पनि नेकपा एमालेका पाँचै जना मन्त्रीले राजीनामा बुझाएका हुन् । सोमबार एमालेबाट प्रदेशमा मन्त्री बनेकाहरूले मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भेटेर सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राजीनामा पत्र बुझाएका छन् । उनीहरुले राजीनामासँगै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको जानकारी गराएका हुन् । बागमती प्रदेश एमालेका संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्री केशव पोखरेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र जलस्रोत, उर्जा…
२२ असार, काठमाडौं - नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिनेन निर्णय गरेको छ । शनिबार संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुम सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको जानकारी दिए । त्यस्तै लेखकले प्रधानमन्त्री दाहालले विश्वासको मत लिन प्रक्रिया पूरा गरेपनि नेपालको संविधानको धारा ७६ (२) बमोजिम नै नयाँ सरकार गठन हुने बताए । उनले अहिलेको विश्वासको मतको प्रस्ताव धारा १०० बमेजिम हुने भएकाले संवैधानिकरुपमा उपधारा २ बमोजिमकै सरकार गठन गर्न कुनै बाधा नहुने बताए । 'राजनीतिक रुपमा कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमति गरेपछि स्वभाविक रुपमा अहिलेको सरकारका विपक्षमा दुई तिहाई…
२० असार, काठमाडौं - नेकपा (एकीकृत समाजवादी) पार्टीको नेतृत्वमा पुन: माधव नेपालले निरन्तरता पाएका छन् । पार्टीको राष्ट्रिय महाधिवेशनबाट नेपाल सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । यसैगरी झलनाथ खनाल सम्मानित नेता र घनश्याम भुसालले महासचिवका रूपमा सर्वसम्मत निरन्तरता पाएका छन् । अध्यक्षका लागि नेपाल र भुसाल दुवैले दाबी गरे पनि अन्ततः सहमतिमै नेतृत्व चयन भएको हाे। महाधिवेशनका लागि गठित खनाल नेतृत्वको अध्यक्षमण्डलले नेपाल र भुसाललाई पुरानै जिम्मेवारीमा निरन्तरता दिने सहमति भएको घोषणा गरेकाे हाे। अन्य पदाधिकारी चयनका लागि शुक्रबार बिहान १० बजेसम्मकाे समय माग भएकाे बताइएकाे छ।
१७ असार, काठमाडौं - संसदका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन गर्ने सहमति भएको छ । सहमति अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पहिलो चरणमा नयाँ सरकार गठन हुने छ । संविधान संशोधनलाई प्रमुख एजेन्डा बनाएर गठबन्धन गर्न लागिएको हो । दुई दलको सरकार बनेपछि निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका विषयमा संविधान संशोधन गर्ने सहमति भएको कांग्रेसका एक नेताले जानकारी दिए । ती नेताका अनुसार आजै राति सहमतिमा हस्ताक्षर हुने सम्भावना छ । त्यस्तै, संविधानमा आवश्यक संशोधन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा 'संविधान संशोधन सुझाव समिति' बनाउने सम्भावना पनि रहेको छ।
१७ असार, काठमाडौं - नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेताबाट रन्जिता श्रेष्ठलाई हटाएको छ । आइतबार बसेको पार्टीको संसदीय दलको सचिवालय बैठकले बहुमत सदस्यको उपस्थितिमा श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको हो । बैठकले गंगाराम चौधरी डगौंरालाई संसदीय दलको नेताको जिम्मेवारी दिएको छ । प्रमुख सचेतक लालवीर चौधरीलाई बनाइएको छ । रञ्जितालाई दलको नेताबाट हटाउने निर्णयमा गंगाराम चौधरी डगौरा, अरूणकुमार चौधरी र लालवीर चौधरीले हस्ताक्षर गरेका छन् ।
१६ असार, काठमाडौं - आइसिसी टी-२० विश्वकपको उपाधि भारतले जितेको छ । शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी-२० विश्वकपको उपाधि जितेको हो । पूरा प्रतियोगितामा अपराजित रहेको भारतले टी–ट्वान्टी विश्वकपको उपाधि जितेको यो दोस्रो पटक हो । दक्षिण अफ्रिकाले पनि फाइनल सम्मको यात्रा अपराजित तय गरेको थियो, तर निर्णायक खेलमा चुक्यो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा १ सय ७६ रन बनाएको थियो । जितका लागि १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा आठ विकेट गुमाएर १ सय ६९ रन मात्र बनाउन सक्यो । उसलाई अन्तिम ओभरमा जितका लागि १६…
१४ असार, काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतीक थापा पक्राउ परेका छन् । प्रहरीले थापालाई शुक्रबार काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो । प्रतीक पूर्वगृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाका छोरा हुन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको अपराध अभियोगमा गत वर्ष सरकारी वकिलको कार्यालय काठमाडौंले थापालाई फरार सूचीमै राखेर यो अपराधमा संलग्नहरुविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो । बाबु रामबहादुर थापा गृहमन्त्री भएका बखत विचौलिया र गृह मन्त्रालयकै कर्मचारीहरुसँग मिलेर प्रतीकले शरणार्थी प्रकरणमा असुली धन्दा चलाएको अनुसन्धानबाट खुलेको थियो । २०७९ चैतमा शरणार्थी प्रकरणका केही आरोपित पक्राउ परेपछि थापा फरार थिए । २०८० वैशाख २१ मा प्रेस विज्ञप्ति जारी…
१३ असार, काठमाडौं - नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले १ सय ९९ बाट बढाएर २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको हो । सचिवालयका अनुसार एकीकृत समाजवादीले पदाधिकारीको संख्या पनि बढाएर २१ पुर्याएको छ । विधान मस्यौदालाई संशोधन गरी अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता, एक महिलासहित सात उपाध्यक्ष, महासचिव, उपमहासचिव ४, सचिव ७ सहित २१ सदस्यीय पदाधिकारी हुनेछन् । यही असार १६ देखि काठमाडौंमा हुने महाधिवेशनले यी पदाधिकारी चयन गर्ने छ ।
११ असार, काठमाडौं - कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा पार्टी १०० क्षेत्र प्रत्यक्षमा जित्ने गरी लाग्नुपर्ने बताएका छन् । उनले प्रतिनिधिसभाको निर्वाचन २०८४ मा कांग्रेस एक्लैले बहुमत ल्याउनुपर्ने र त्यसका लागि १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १०० क्षेत्र प्रत्यक्षमा जित्ने र समानुपातिकतर्फ ४० प्रतिशत मत ल्याउने लक्ष्य लिएर अगाडि बढ्नुपर्ने बताए । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई मंगलबार सम्बोधन गर्दै थापाले पार्टी अब सत्ता भन्दा पनि पार्टी निर्माणतिर लाग्नुपर्ने बताए । 'यो संसद्को बाँकी अवधि कांग्रेसले सत्तातिर हेर्नुहुँदैन, पार्टी निर्माणमा लाग्नुपर्छ, २०८४ को निर्वाचनमा २०४८ जस्तै ४० प्रतिशत मतसहित बहुमत ल्याउने गरी लागौँ, एक…