Skip to main content

Epost Nepal

कांग्रेस र एमालेबीच सत्ता गठबन्धन गर्ने सहमति

१७ असार, काठमाडौं – संसदका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन गर्ने सहमति भएको छ ।

सहमति अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पहिलो चरणमा नयाँ सरकार गठन हुने छ ।

संविधान संशोधनलाई प्रमुख एजेन्डा बनाएर गठबन्धन गर्न लागिएको हो । दुई दलको सरकार बनेपछि निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका विषयमा संविधान संशोधन गर्ने सहमति भएको कांग्रेसका एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार आजै राति सहमतिमा हस्ताक्षर हुने सम्भावना छ ।

त्यस्तै, संविधानमा आवश्यक संशोधन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा ‘संविधान संशोधन सुझाव समिति’ बनाउने सम्भावना पनि रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *