१२ असोज, काठमाडौं - देशका धेरै स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर मनसुनी वायुका साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेकोले अधिकांश स्थानमा मेघ गर्जन/चट्याङ्गसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर पानी पर्ने महाशाखाको बिहानी बुलेटिनमा उल्लेख छ । त्यस्तै कोशी,मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा हुने र यी प्रदेशका थोरै स्थानमा मुसलधारे पानी पर्ने महाशाखाले जनाएको छ । आज देशको तराई क्षेत्रमा हावाहुरी आउने जनाइएको छ । आज राती पनि देशैभर वर्षा हुने जनाइएको छ । बागमती, गण्डकी, लुम्बिनी,…
१२ असोज, मकवानपुर - अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि ड्यामको ढोका खोलिएको छ । शनिबार बिहान करिब ५ बजे कुलेखानी जलाशय ओभर फ्लो भएपछि ड्यामको ढोका खोलिएको हो । ३१ वर्षपछि जलाशय भरिएर ड्यामको ढोका खोलिएको हो । यसअघि २०५० सालमा ढोका खोलिएको थियो । नेपाल विद्युत् प्राधिकरणको व्याकअपको रुपमा रहेको जलाशय शनिबार बिहान भरिएको थियो । जलाशयको भन्डारण गर्ने क्षमता एक हजार ५ सय ३० मिटर रहेको छ । अझ जलाशयमा क्षमता भन्दा बढी ३५ सेन्टिमिटर पानी संकलन गरिएको थियो । कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टका अनुसार अहिले प्रतिसेकेन्ड ३ सय क्युसेक पानी फालिएको छ । गत वर्ष…
१२ असोज, काठमाडौं - अविरल वर्षाका कारण आएको पहिरोले पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ । पृथ्वी राजमार्गका तीन ठाउँमा पहिरो आएको छ भने त्रिभुवन राजपथको सिस्ने खोलाको लेदो पन्छाइएको भए पनि लगातारको वर्षाले सवारी सञ्चालन हुने अवस्था छैन । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा, सलाङघाट, गल्छीको चिरौँदीमा र त्रिभुवन राजपथ अन्तर्गत नौबिसे नागढुङ्गा सडकको झ्याप्ले खोलामा पहिरो खसेको छ । अन्य स्थानमा पहिरो खस्ने र पन्छाउने क्रम जारी छ । पहिरोको कारण राजमार्ग पूर्ण रूपमा बन्द छ । राजमार्गमा पहिरोको जोखिम भएकाले प्रहरीले सवारी साधनलाई सुरक्षित स्थानमा रोकेर बस्न आग्रह गरेको छ ।
११ असोज, काठमाडौं -बागमती नदीले खतराको तह पार गरेको छ । उपत्यकाको खोकना जल मापन केन्द्रमा हालको जलसतह खतरा तहभन्दा धेरैमाथि पुगेको मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सार्वजनिक सूचना जारी गरी जनाएको छ । यहाँ खतराको तह ४ मिटर रहे पनि बाढी बढेर करिब पाँच मिटरमा पुगेको छ । अझै बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्ने र बस्नेहरूलाई शनिबार दिउँसोसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । उपत्यकाका अन्य खोला र नदीहरूको पानी सावधानीको तहमा पुगेको छ । यस्तै साँझ बारा जिल्लास्थित पसाहा खोला, महेशपुर जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा…
११ असोज, पोखरा - सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआईजी छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । असोज ६ मा काठमाडौंको शंखमूलबाट पक्राउ परेका जोशीलाई त्यसै दिन जहाजमार्फत पोखरा ल्याइएको थियो । भोलिपल्ट अदालतमा उपस्थित गराएर प्रहरीले १० दिन हिरासतमा राखेर अनुसन्धन गर्न अनुमति मागेको थियो । अदालतले दिएको ५ दिनको अनुमति शुक्रबार पूरा भएसँगै पुनः म्याद थप भएको हो । गोर्खा मिडिया प्रालिमा विभिन्न ५ सहकारीबाट ६५ करोड रुपैयाँभन्दा बढी रकम गैरकानुनी रुपमा भित्र्याएर अपचलन गरेको भन्दै सहकारीको बचत रकम छानबिनका लागि गठित संसदीय विशेष समितिले उनलाई समेत…
११ असोज, काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगले चाडपर्वमा आम उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न तीनै तहका सरकार, स्थानीय प्रशासन, सुरक्षा निकायलगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । दसैँ, तिहार र छठ पर्व नजिकिँदै जाँदा दैनिक उपभोग्य खाद्यान्न तथा अन्य वस्तुको बिक्री वितरणको अवस्था र उपलब्धता, सार्वजनिक यातायातको व्यवस्थापनलगायतका विषयमा आयोगले अनुगमन गरिरहेको उल्लेख गर्दै आयोगले सो आग्रह गरेको हो । 'आम उपभोक्ताको अधिकार संरक्षणार्थ चाडपर्वको समयमा सर्वसाधारणको आवतजावतलाई सहज, सुलभ, मर्यादित, सुरक्षित र मानव अधिकारमैत्री बनाउन जरुरी छ', आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेका छन्, 'सवारी साधनमा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बिरामीलाई…
११ असोज, काठमाडौं - काठमाडौं प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । प्रहरीले दसैँ, तिहार र छठ पर्वमा हुनसक्ने अपराधका घटना रोक्न सुरक्षा योजना सार्वजनिक गरेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले शुक्रबार पत्रकार सम्मेलन गर्दै सुरक्षा योजना सार्वजनिक गरेका हुन् । प्रहरीले यस सुरक्षा योजनाका लागि ‘नागरिक स्वयंको सावधानी, प्रहरीको निरन्तर निगरानी, बनाऔं सुरक्षित राजधानी’ नारा तय गरेको छ । प्रहरीले चाडपर्वमा हुनसक्ने विभिन्न अपराधहरुलाई वर्गीकरण गरेर सुरक्षा योजना बनाएको हो । लुटपाट तथा कुटपिट, चोरी तथा स्न्याचिङ, डकैती, सवारी दुर्घटना, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, मदिरा सेवन गरी झैझगडा, ट्राफिक नियम उल्लंघन, आगजनी तथा…
१० असोज, काठमाडौं - सर्वोच्च अदालतले सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन निर्माण गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ । सर्वाेच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णयविरुद्ध परेका रिटको पूर्ण सुनुवाई गरी सो आदेश दिएको हो । २०८१ कात्तिक २७ मा टिकटक बन्द गर्ने निर्णय नेपाल सरकारबाटै टिकटक खुलाउने २०८१ भदौ ७ गतेको निर्णयबाट सच्चिइसकेकोले उत्प्रेषणको आदेश जारी गरिहनुनपर्ने भएकोले नियमनका विषयमा भने आवश्यक कानुनी प्रबन्ध गर्नु भनी निर्देशनात्मक आदेश जारी भएको रिट निवेदक अधिवक्ता अनन्तराज लुईंटेलले जानकारी दिए । लिखित फैसला आउन समय लाग्ने भएकोले न्यायाधीशद्धयले आफ्नो राय…
१० असोज, काठमाडौं - राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन अपिल गरेको छ । बिहीबारदेखि आउँदो आइतबारसम्म चार दिन भारी एवं अतिभारी मनसुनी वर्षा हुने प्रक्षेपण गर्दै उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरूमा शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन अपिल गरेको हो । प्राधिकरणले बिहीबार सूचना जारी गर्दै यो समयमा धान नकाट्ने, काटिसकेको भए तत्काल थन्काउने, तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्ने, पहिरोको जोखिम भएका स्थानमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउने दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजाने उल्लेख गरेको छ । खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा…
१० असोज, काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस-एमाले गठबन्धनविरुद्ध सदन र सडकबाट आन्दाेलन गर्ने बताएका छन् । अखिल क्रान्तिकारीको २३औं सम्मेलनको उद्घाटन गर्दै दाहालले प्रतिपक्षकाे सदन र सडक संघर्षले केही महिनाभित्र कांग्रेस-एमाले गठबन्धन सरकारविरुद्ध प्रतिकूल अवस्था आउने दाबी गरे । सरकारमा रहँदा दलाल पुँजीपतिहरुको राइँदाइँमाथि जेहाद छेडेको उल्लेख गर्दै उनले सदन र सडकबाट केही महिनाभित्र नै परिस्थिति उल्ट्याइदिन सकिने उल्लेख गरे । ‘हामी अहिले सरकार बनाउने हतारोमा छैनौं । तिमीहरु मिलेर बस भनेका छौं । तर हामीले चाहँदैमा उनीहरु मिल्दैनन् । अपवित्र गठबन्धन चाँडै कुहिएर झर्छ ।’ उनले संविधानविरुद्ध उभिने खोजे माओवादीले प्रतिरोध गर्ने बताए । ‘फेरि प्रतिनिधिसभाका पहिलो र दोस्रो दल मिलेर…