Skip to main content

Epost Nepal

राष्ट्रिय शोक घोषणा, आगामी तीन दिन राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय

राष्ट्रिय शोक घोषणा, आगामी तीन दिन राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय

राष्ट्रिय शोक घोषणा, आगामी तीन दिन राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय

१४ असोज, काठमाडौं - बाढीपहिरोले जनधनको ठूलो क्षति भएपछि सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार साँझ बालुवाटरमा बसेको मन्त्रिपरिषद्‌को बैठकले मृतकहरूको सम्झनामा राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार, आगामी तीन दिन राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको छ । त्यस्तै बाढीपहिरो प्रभावितहरूका लागि विपद् व्यवस्थापन कोषमा सरकारले एक अर्ब  रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । कोषमा अर्थ मन्त्रालयले एक अर्ब रुपैयाँ उपलब्ध गराउने छ । यसैगरी मृतक परिवारलाई जनही दुई लाख राहत उपलब्ध गराउने निर्णय सरकारले गरेको छ । बैठकले मन्त्रिपरिषद्का सबै सदस्यको एक महिना बरारबरको पारिश्रमिक बाढीपहिरो प्रभावितको तत्काल उद्धार तथा राहतका लागि विपद् व्यवस्थापन कोषमा जम्मा…
Read More
घट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य

१४ असोज, काठमाडौं - नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ । सोमबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनको मूल्य प्रतिलिटिर ६ रुपैयाँ घटाएको हो । एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ रुपैयाँ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ । इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ । साथै आयल निगमले पर्वका बेला इनधन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ ।
Read More
ठूलो वर्षापछि आएको बाढी पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २०५ पुग्यो, २४ जना अझै बेपत्ता

ठूलो वर्षापछि आएको बाढी पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २०५ पुग्यो, २४ जना अझै बेपत्ता

१४ असोज, काठमाडौं - ठूलो वर्षापछि आएको बाढी पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २०५ पुगेको छ । सोमबार साँझसम्म बाढी, पहिरो लगायतका विपद्‍मा परी २०५ जनाको मृत्यु भइसकेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार काठमाडौं उपत्यकामा ५६ जना, कोशी प्रदेशमा १७ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १ सय २५ जना र लुम्बिनी प्रदेशमा २ जनाको ज्यान गएको हो । बाढी पहिरोमा परी २४ जना बेपत्ता भएका छन् भने बेपत्ताको खोजी कार्य जारी छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २४ जना, कोशी प्रदेशमा १३ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ८५ जना…
Read More
सरकारले आफ्नो क्षमताअनुसार काम गरेको छ, विपद्‍का बेला सरकारको विरोध गर्नुभन्दा सबै मिलेर जानु पर्दछ: प्रधानमन्त्री केपी शर्मा ओली

सरकारले आफ्नो क्षमताअनुसार काम गरेको छ, विपद्‍का बेला सरकारको विरोध गर्नुभन्दा सबै मिलेर जानु पर्दछ: प्रधानमन्त्री केपी शर्मा ओली

१४ असोज, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्‍का बेला सरकारको विरोध गर्नुभन्दा सबै मिलेर जानुपर्ने बताएका छन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर सोमबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय विमानस्थलमा विपद्का बेला सबैको हातेमालोको आवश्यकता पर्ने बताए । पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा ओलीले अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूको उद्धार, राहत, घाइतेको उपचारलगायतका काम सरकारले प्रदान गरेको र अझ प्रभावकारी रूपमा गरिने बताए । त्यस्तै उनले सरकारले आफ्नो क्षमताअनुसार काम गरेको बताए । 'विरोधका लागि विरोध होला सरकारले गर्नेसम्मको प्रयास गरेको छ । तत्काल बैठक बसेर, सेना, प्रहरी परिचालन गरेको छ । बाढी आउने कुरालाई रोक्न सकिँदैनथ्यो । पूर्वसूचना…
Read More
बाढी-पहिरोका कारण करिब ११०० मेगावाट क्षमताका विभिन्न जलविद्युत आयोजनाको विद्युत् गृह बन्द, करिब २ अर्ब ४५ करोड रूपैयाँ बराबरको क्षति

बाढी-पहिरोका कारण करिब ११०० मेगावाट क्षमताका विभिन्न जलविद्युत आयोजनाको विद्युत् गृह बन्द, करिब २ अर्ब ४५ करोड रूपैयाँ बराबरको क्षति

१३ असोज, काठमाडौं - अविरल वर्षापछि आएको बाढी-पहिरोले करिब ११०० मेगावाट क्षमताका विभिन्न जलविद्युत आयोजनाको विद्युत् गृह बन्द रहेका छन् । आईतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री दीपक खड्काले अहिलेसम्म प्राप्त तथ्यांक अनुसार ऊर्जा क्षेत्रमा मात्रै करिब २ अर्ब ४५ करोड रूपैयाँ बराबरको क्षति पुगेको जानकारी दिए । बाढीपहिरोले सञ्चालनमा रहेका ६२५.९६ मेगावाटको ११ वटा जलविद्युत् आयोजनमा क्षति पुगेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले  जनाएको छ । 'आपत्कालीन अवस्थामा अधिकांश विद्युत् गृहहरुको उत्पादन रोकिएको छ,' उनले भने । अविरल वर्षाले १०१०.२९ मेगावाट जडित विद्युत् क्षमताको १५ वटा निर्माणाधीन जलविद्युत् आयोजनाहरुमा क्षति पुगेको खड्काको भनाइ छ । मन्त्रालयका अनुसार नदी नियन्त्रण तथा सिंचाई क्षेत्रमा…
Read More
बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर १ सय ४८ को मृत्यु, ५५ जना बेपत्ता

बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर १ सय ४८ को मृत्यु, ५५ जना बेपत्ता

१३ असोज, काठमाडौं - बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ४८ को मृत्यु भएको छ भने ५५ जना बेपत्ता भएका छन् । विपद्‌मा परी एक सय एकजना घाइते भएका छन् । बाढी, पहिरोमा परी धादिङमा ३८, ललितपुरमा २२, काठमाडौंमा १६, काभ्रे २९, मकवानपुर सात, सिन्धुपाल्चोक छ, सोलुखुम्बु पाँचथर र भक्तपुरमा पाँच/पाँच जनाले ज्यान गुमाएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । उनकानुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा दुई, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार…
Read More
सरकारले आह्वान गरेको सर्वदलीय बैठक: एकीकृत प्रयासमा उद्धार, राहत र पुनर्स्थापनाको काम गर्ने

सरकारले आह्वान गरेको सर्वदलीय बैठक: एकीकृत प्रयासमा उद्धार, राहत र पुनर्स्थापनाको काम गर्ने

१३ असोज, काठमाडौं - सर्वदलीय बैठकले बाढी-पहिरोमा परेकालाई तत्काल उद्धार गरेर उचित बासस्थान र राहतको व्यवस्था मिलाउने निर्णय गरेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आह्वान गरेको सर्वदलीय बैठकले ९ वटा निर्णय गरेको छ । निर्णयहरु: १. अविरल वर्षापछि आएको बाढीपहिरोमा परी ज्यान गुमाएका सम्पूर्णमा हार्दिक श्रद्दाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछौं । सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । २. अविरल वर्षाको कारण आएको बाढीपहिरोमा परी प्रभावित भएका र घाइते भएकाहरूलाई तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामाग्री उपलब्ध गराउने । ३. वर्षाका कारण गएको पहिरो र बाढीले आवागमन अबरुद्ध भई गन्तब्यमा पुग्न नसकी अलपत्र परेका…
Read More
धादिङको झ्याप्लेखोला पहिरो: अहिलेसम्म २४ जनाको मृत्यु

धादिङको झ्याप्लेखोला पहिरो: अहिलेसम्म २४ जनाको मृत्यु

१३ असोज, काठमाडौं - पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा ३ वटा गाडी पुरिँदा अहिलेसम्म २४ जनाको मृत्यु भएको पुष्टि भएको छ । सशस्त्र प्रहरी बल, नेपालका अनुसार उक्त पहिरो एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएका छन् । चितवनबाट काठमाडौंका लागि आएको माइक्रोबस आइतबार बिहान पुरिएको अवस्थामा भेटिएको छ । उक्त माइक्रो बसबाट ७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ । सशस्त्र प्रहरी बलका अनुसार चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस पहिरोमा पुरिएको हो । उक्त माइक्रो बसबाट २ महिला र ५ पुरुषको शव निकालिएको छ । पहिरोमा अन्य गाडीहरू पनि पुरिएको आशंकामा खोजी कार्य जारी…
Read More
भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, काठमाडौं उपत्यकामा मात्रै ४८ जना

भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, काठमाडौं उपत्यकामा मात्रै ४८ जना

१२ असोज, काठमाडौं - भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट शनिबार बेलुका ८ः३० बजेसम्म मृत्यु हुनेको संख्या ८७ पुगेको छ। त्यस्तै ७२ जना बेपत्ता छन् । सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले ८७ जनाको मृत्यु भएको पुष्टि गरे । बाढी-पहिरोमा परेर ३६ जना घाइते भएका छन् । न्यौपानेका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौंमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको हो । यस्तै कोशी प्रदेशमा १० र बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको छ । त्यस्तै कोशी प्रदेशमा ९, मधेस प्रदेशमा १, काठमाडौं उपत्यकामा २१, बागमतीमा ३९ र…
Read More
तीन दिनदेखिको अविरल वर्षाका कारण शनिबार साँझसम्म ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता र ३५ जना घाइते

तीन दिनदेखिको अविरल वर्षाका कारण शनिबार साँझसम्म ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता र ३५ जना घाइते

१२ असोज, काठमाडौं - तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर शनिबार साँझसम्म ६६ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारी अनुसार शनिबार साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको हो । हालम्म विपद्मा परेर ७९ जना बेपत्ता भएका र ३५ जना घाइते भएका सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए । उनका अनुसार उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । काठमाडौँमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो । यस्तै पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २,  सुनसरीमा १, काभ्रेमा १४,…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search