३२ जेठ, काठमाडौं - नेकपा एकीकृत समाजवादी (नेकपा एस) को दशौं महाधिवशेनमा १ हजार ८ सय ७८ प्रतिनिधि सहभागी हुने भएका छन् । केन्द्रीय सचिवालयको शुक्रबारको बैठकले असार १६ देखि २० मा हुने महाधविशेनका लागि जिल्ला, प्रदेश, प्रवास, जनसंगठनबाट प्रतिनिधिको संख्या र निर्देशिका पारित गरी संख्या विधि तय गरेको हो । अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तर पार्टी निर्देशनमा ४२५ महिला, १५० दलित र खुला १ हजार ३ सय ३ गरी १ हजार ८ सय ७८ प्रतिनिधि रहने उल्लेख छ । जसअनुसार भूगोलका संघीय निर्वाचन क्षेत्र १ हजार १ सय ५७, उपत्यका प्रदेशका जिल्ला कमिटीका कार्यक्षेत्र २३, प्रदेश सम्पर्क कमिटी क्षेत्र…
३१ जेठ, काठमाडौं - न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिएको लिखित परीक्षाको नजिता सार्वजनिक गरेको छ । आयोगले प्रकाशन गरेको सूचनाअनुसार ४३ जना जिल्ला न्यायाधीशको कोटामा आठ जना लिखित परीक्षामा उत्तीर्ण भएका छन् । लोकसेवा आयोगले २०८१ वैशाख २७ देखि ३० गतेसम्म सञ्चालन गरेको जिल्ला न्यायाधीशको परीक्षामा दुई सय तीन जनाले परीक्षा दिएका थिए । तीमध्ये आयोगले प्रकाशन गरेको सूचनाअनुसार ४३ जनाको कोटामा जम्मा आठ जना मात्र लिखित परीक्षामा उत्तीर्ण भएका हुन् । न्याय सेवा आयोगको बिहीबार बसेको बैठकले जिल्ला न्यायाधीशको नजिता सार्वजनिक गर्दै उत्तीर्णलाई आगामी असार ६ र ७ गते अन्तर्वार्ताका लागि मिति तोकेको छ । आयोगले आन्तरिक…
३१ जेठ, काठमाडौं - सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारलाई लैजानेबारे आफूलाई जानकारी नभएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले दुवै पार्टीलाई सरकारमा सहभागी गराउने तयारी गरिरहेका बेला नेपालले यस्तो प्रतिक्रिया दिएका हुन् । बिहीबार अपराह्न संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले मन्त्रिपरिषद् पुनर्गठनबारे राखेको प्रश्नको जवाफमा अध्यक्ष नेपालले सोबारे आफूलाई कुनै जानकारी नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालसँग भेटेर सोध्ने बताए । अध्यक्ष नेपालले भने, ‘मलाई थाहा छैन । आज भेट हुँदाखेरी सोधौंला ।
३० जेठ, काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई सरकारमा जान हतार नभएको दाबी गरेका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस अहिले प्रतिपक्षमा रहेकाले प्रतिपक्षको भुमिकालाई बलियो बनाएर जाने बताए । नेता कोइरालाले अहिले कांग्रेस सरकारमा आउन लबिङ नगर्ने, तर परिस्थितिले कांग्रेसले नै सरकार चलाउनुपर्ने अवस्था भए स्वभाविकरुपमा लिने बताए । उनले भने, ‘अहिले देशको राजनीति अत्यन्तै तरल अवस्थाबाट गइरहेको छ । बैंकको तरलता जस्तो होइन, देशकै अवस्था तरलता छ । अहिले आठ वटा सरकार छन् । त्यसमा पनि पछिल्लो डेढ वर्षमा २३ पटक परिवर्तन भएछ । हामीले कस्तो संविधान बनाएछौँ, हामीहरुको कमी,…
३० जेठ, काठमाडौं - सांसदका नाममा बजेट छुट्याउने मधेस प्रदेशको निर्णयविरुद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । जेठ २५ मा मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री सतिश सिंहले मन्त्रिपरिषद्को पहिलो निर्णयबाट नै प्रदेश सभा सदस्यहरूका लागि बजेट परिचालन गर्ने निर्णय लिएका थिए । प्रदेश सरकारको उक्त निर्णयविरुद्ध परेको रिट निवेदनमा बुधबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीको इजलासले कारण देखाउ आदेश माग गरेको छ भने अन्तरिम आदेशका लागि बोलाएको छ । प्रदेश सभा सदस्यहरूलाई बजेटबाट रकम बाँड्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई कानुनका विद्यार्थीहरू मनीषकुमार मण्डल, पारितोषकुमार साह र आबिद हुसैनले सर्वोच्च अदालतमा रिट…
२९ जेठ, काठमाडौं - गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीद्वय फणिन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनीहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ ग्रहण गराएका हुन् । देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र मनाङेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादी केन्द्र संसदीय दलका सदस्य फणीन्द्र देवकोटाले सोमबार ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पक्षमा विश्वासको मत दिएका थिए । नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य उनी माओवादीको चुनाव चिह्नबाट चुनाव लडेका थिए । विश्वासको मत दिएको राप्रपा भने तत्काल सरकारमा नजाने भएको छ…
२८ जेठ, काठमाडौं - कर्जा दुरुपयोगको आरोपमा तत्कालीन सेन्चुरी बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार काठमाडौंसहित विभिन्न जिल्लाबाट अध्यक्ष श्रेष्ठ, सञ्चालक समिति सदस्यहरु सुनिलकुमार न्यौपाने, गीता प्रधान, रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेशकुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाललाई पक्राउ गरेको हो । यसअघि कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा १५ फागुन २०८० मा तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र तुलसी गौतमसहितका कर्मचारी पक्राउ परेका थिए । उनीहरुले सेञ्चुरी बैंकमा रहँदा कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको…
२७ जेठ, काठमाडौं - नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नेपालमा समाजवाद ल्याउन नसक्ने दाबी गरेका छन् । आइतबार काठमाडौंमा नेपालमा समाजवादी क्रान्ति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेकपा एमाले समाजवादी क्रान्ति ल्याउन बनेको पार्टी नभएको जिकिर गरे । उनले नेकपा एमाले व्यक्ति पूजामा अझै केही समय अल्झिरहने बताए । त्यस्तै, नेकपा माओवादी केन्द्रको समाजवादी क्रान्ति ल्याउने उमेर नपुगेको र बुझ्न अझै धेरै समय लाग्ने उनको टिप्पणी छ। उनले भने, ‘यदि हाम्रो नवौं महाधिवेशनले त्यो गलत निर्णय गरेको हुँदैन थियो भने आज हामीले समाजवादी जुन कार्यक्रम हामीले बनाएका छौँ, २०७५ सालमै नेपाली विशेषताको कार्यक्रम बनिसकेको हुन्थ्यो, कमरेड…
२७ जेठ, काठमाडौं - प्रतिनिधिसभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ । सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो । विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको हो । सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही उपस्थित थिए । बैठकमा मुख्य सचिव डा. बैकुण्ठ अर्याल र संघीय…
२६ जेठ, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विसं. २०८४ सालसम्म नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा रहने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । थापाले कांग्रेसले चुनावमा गरेको प्रतिबद्धताअनुसार सरकारमै रहनुपर्ने भएपनि सरकारमा रहेका केही राजनीतिक दलहरुले प्रतिबद्धता बिर्सिंदा कांग्रेस प्रतिपक्षमा पुगेको जनाए । उनले कांग्रेसले अब ०८४ सम्म अब सरकार बनाउन, सरकार गिराउन कतै आँखा पनि नलगाउने र हात नलम्ब्याउने पनि नगर्ने बताए । उनले भने, ‘अहिले हामी प्रतिपक्षमा आएका छौँ । हाम्रो चाहनाले होइन । परिस्थितिले हामीलाई प्रतिपक्षमा ल्याएको छ । यो सन्दर्भमा हाम्रो पार्टीको केन्द्रिय समितिको बैठक बस्छ, केही दिनमा ।…