Skip to main content

Epost Nepal

Breaking News 3

राप्रपाले बोलायो पदाधिकारी बैठक

राप्रपाले बोलायो पदाधिकारी बैठक

१८ असार, काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले मंगलबार दिउँसो पदाधिकारी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो २ बजे बैठक बस्न लागेको एक पदाधिकारीले जानकारी दिए । विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल गरिने ती नेताले बताए । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गए राति सत्तासाझेदारीको सहमति भएपछि राजनीतिक दलभित्र आन्तरिक छलफल तीव्र बनेको छ ।
Read More
कांग्रेस र एमालेले मिलेर सरकार बनाउने सहमति गरेपछि नेकपा माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक

कांग्रेस र एमालेले मिलेर सरकार बनाउने सहमति गरेपछि नेकपा माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक

१८ असार, काठमाडौं - नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । कांग्रेस र एमालेले मिलेर सरकार बनाउने सहमति गरेपछि माओवादीले पदाधिकारी बैठक बोलाएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ९ बजेका लागि बोलाइएको छ । लामो र सघन गृहकार्यपछि दुई दलका शीर्षस्थ नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहम भएका छन् ।
Read More
पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै

पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै

१८ असार, काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ । सत्ता गठबन्धन फेरिने भएपछि पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको हो । सोमबार मध्यरातमा कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका हुन् । निर्वाचनयता दुई वर्ष नपुग्दै माओवादीबाट आलोपालो धोका पाएका दुवै दलले अब सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका छन् ।
Read More
कांग्रेसको पदाधिकारी बैठक बस्दै

कांग्रेसको पदाधिकारी बैठक बस्दै

१८ असार, काठमाडौं - कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । एमालेसँग आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएसँगै पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले लिने  रणनीतिका बारेमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको हो । पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहान बैठक बस्न लागेको छ । सोमबार मध्यरातमा कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका छन् ।
Read More
बीआरआई परियोजनालाई ऋणका रुपमा स्वीकार गर्न नसकिने कांग्रेसको निष्कर्ष

बीआरआई परियोजनालाई ऋणका रुपमा स्वीकार गर्न नसकिने कांग्रेसको निष्कर्ष

१७ असार, काठमाडौं - नेपाली कांग्रेसले चीन सरकारले अघि सारेको बीआरआई परियोजनालाई ऋणका रुपमा स्वीकार गर्न नसकिने निष्कर्ष निकालेको छ । सोमबार बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले बीआरआईलाई 'सहयोग वा अनुदान'को रुपमा स्वीकार गर्न सकिने, तर ऋणकारुपमा स्वीकार गर्न नसकिने निष्कर्ष निकालेको हो । बैठकपछि प्रवक्ता प्रकाशशरण महतले बैठकले बीआरआई परियोजनालाई ऋणका रुपमा स्वीकार गर्न नसकिने विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको बताए । 'हामी पहिल्यैदेखि ऋणमा छौँ । फेरि अहिले अनुदान र सहयोगमा प्राप्त परियोजनाहरु समेत पूरा गर्न नसकिएको अवस्था छ । यस्तो बेलामा थप ऋण लिएर विकास निर्माणको काम अगाडि बढाउन सकिन्नँ । अनुदान सहयोगकै उपयोग हुन नसकिरहेको अवस्थामा हामीले ऋण लिनु…
Read More
सरकार परिवर्तन हुनेकुरा हल्ला मात्रै हो : उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने

सरकार परिवर्तन हुनेकुरा हल्ला मात्रै हो : उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने

१७ असार, काठमाडौं - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकार परिवर्तन हुनेकुरा हल्ला मात्रै भएको बताएका छन् । सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवन बाहिर पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले सत्ता समीकरण फेरबदल हुन लागेकोबारे आफूलाई कुनै जानकारी नभएको बताए । ‘हल्ला मात्रै हो । त्यस्तो थाहा छैन । म पनि सरकारमै छु । सरकार गठबन्धनको एउटा पार्टनर नै हुँ । त्यस्तो केही पनि छैन । मेरो भर्खरै दुईजना नेतासँग कुरा पनि भयो । कहिलेकाही विभिन्न प्रक्रियाहरुमा केही असमझदारी हुँदाखेरी भेटघाट गर्ने कुरा भइरहन्छ । सामान्य भेटघाट नै हो । यसलाई कुनै त्यस्तो गम्भीरतापूर्वक लिनुपर्ने केही पनि छैन’ गृहमन्त्री लामिछानेले भने । गृहमन्त्री लामिछानेले शीर्ष नेताहरु बीचको भेटघाट समान्य भेटघाटको…
Read More
एकीकृत समाजवादी र माओवादी केन्द्र एउटै पार्टी बनाउन निर्वाचन अगाडिदेखि अहिलेसम्म प्रयास भइरहेको छ : पुष्पकमल दाहाल

एकीकृत समाजवादी र माओवादी केन्द्र एउटै पार्टी बनाउन निर्वाचन अगाडिदेखि अहिलेसम्म प्रयास भइरहेको छ : पुष्पकमल दाहाल

१६ असार, काठमाडौं - प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको प्रयास भइरहेको बताएका छन् । आइतबार एकीकृत समाजवादीको दसौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डले दुई पार्टीलाई एउटै पार्टी बनाउनका लागि निर्वाचन अगाडिदेखि अहिलेसम्म प्रयास भइरहेको बताएका हुन् । उनले एउटै मोर्चामा बसेर अहिले पनि काम गरिरहेकाले पार्टीको महाधिवेशनबाट एकताको ठोस प्रस्ताव पारित गर्न आग्रह समेत गरेका छन् । 'एकीकृत समाजवादी र मा‌ओवादीबीच एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास गरेका छौं,' प्रधानमन्त्री दाहालले भने, 'यस महाधिवशेनमा ठोस निर्णय गरोस् । जनताका आवश्यकतालाई सम्बोधन गरियोस् । कम्युनिस्ट आन्दोलनको एकताको पक्षमा निर्णय गर्नुहुन्छ भन्नेमा…
Read More
संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति अहिलेको महत्त्वपूर्ण एजेन्डा: शेरबहादुर देउवा

संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति अहिलेको महत्त्वपूर्ण एजेन्डा: शेरबहादुर देउवा

१६ असार, काठमाडौं - कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको महत्त्वपूर्ण एजेन्डा भनेको संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति रहेको बताएका छन् । नेकपा (एकीकृत समाजवादी)को दशौं राष्ट्रिय महाधिवेशनलाई आइतबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले मुलुक सुशासन र समृद्धि प्राप्त गर्नेतर्फ लाग्नुपर्ने बताए । 'नेपालको संविधानको रक्षा, संघीय लोकतान्त्रात्मक व्यवस्थाको सुदृढीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति, सुशासन तथा समृद्धि प्राप्त गर्ने महत्त्वपूर्ण एजेन्डा हुन्,' देउवाले भने 'संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका प्रति एकीकृत समाजवादीले कार्य गरेको छ ।' सभापति देउवाले एकीकृत समाजवादीले गहिरो प्रतिबद्धताका साथ व्यवस्थाका पक्षमा काम गरिरहेको बताए । 'यो व्यवस्थाका लागि गहिरो प्रतिबद्धताका…
Read More
समाज परिवर्तनको जिम्मेवारी कम्युनिस्टको काँधमा रहेको छ : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

समाज परिवर्तनको जिम्मेवारी कम्युनिस्टको काँधमा रहेको छ : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

१५ असार, काठमाडौं -नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज परिवर्तनको जिम्मेवारी कम्युनिस्टको काँधमा रहेको बताएका छन् । शनिवार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले नेपाली विशेषताको समाजावादका कार्यक्रम एकीकृत समाजवादीले ल्याउन लागेको बताए । कम्युनिस्टले पहल गर्दा नेपाली राजनीतिमा ठूलठूलो परिवर्तन भएको भन्दै उनले सबै मिलेर विचारविमर्श गर्न आवश्यक रहेकामा जोड दिए । उनले नेपालको कम्युनिष्ट आन्दोलनमा अहिले उत्तारचढाव, उकाली ओराली, एकता, विघटनका कामहरु भइरहेको भएपनि आत्तिनुपर्ने अवस्था नरहेको बताए । उनले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलन आज उत्तारचढाव, उकाली ओराली, एकता, फेरि विघटन, फेरि पुनःगठन, विभाजन, फेरि पुनःएकता यही प्रक्रियामा अघि बढिरहेको छ । अहिलेको…
Read More
देशलाई धानसँगै खाद्यान्नमा पनि आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ : प्रधानमन्त्री पुष्पकमल दाहाल

देशलाई धानसँगै खाद्यान्नमा पनि आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ : प्रधानमन्त्री पुष्पकमल दाहाल

१५ असार, चितवन - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई धानसँगै खाद्यान्नमा पनि आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताएका छन् । भरतपुर महानगरपालिकाले आज चितवनमा आयोजना गरेको २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा प्रधानमन्त्रीले उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउनेगरी सरकारले कृषिदशक कार्यक्रम अघि बढाएको स्पष्ट पारे । सरकारले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा कृषिदशक कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सिँचाइ, बीउ एवं मल सहज रुपमा उपलब्ध गराउने र यान्त्रिकीकरण गरेर धानमा आत्मनिर्भर हुन सकिने बताए । धानबाली देशको रणनीतिक बाली भएको उल्लेख गर्दै प्रधानमन्त्रीले तीनवटै तहका सरकारलाई नेपाल सरकारले लिएका नीतिहरूको सफल कार्यान्वयनका लागि आह्वान…
Read More