२५ असार, काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री तथा प्रवक्ता मुकुल ढकाललाई पदमुक्त गरेको छ । मंगलबार बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई रास्वपाको साधारण सदस्य मात्रै रहने गरी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको हो । महामन्त्री ढकालका सम्बन्धमा अनुशासन आयोगको प्रतवेदनमाथि छलफल गरेपछि केन्द्रीय समितिले साधारण सदस्यमात्रै रहने गरी महामन्त्री, केन्द्रीय सदस्य र पार्टी प्रवक्ताको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय लिएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी गराए । पार्टी सभापति रवि लामिछाने, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार, सहप्रवक्ता मनीष झालगायत महामन्त्री ढकाललाई कारबाही गर्न एकमत भएपछि ढकाल कारबाहीमा परेका हुन् ।
२४ असार, काठमाडौं - नेकपा (एमाले) का सचिव योेगेशकुमार भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले दुई ठूला दलबीचको सहकार्यलाई साथ दिएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । शान्ति प्रक्रियालाई सही निष्कर्षमा पुर्याउन, संविधानलाई गतिशील बनाउन, मुलुकलाई सही दिशामा अघि बढाउन र स्वयं आफ्नै लागि पनि प्रधानमन्त्री दाहालले कांग्रेस-एमाले सत्ता गठबन्धनको सरकारलाई साथ दिँदा हित हुने उनको भनाइ थियो । सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सचिव भट्टराईले माओवादी केन्द्रलाई साथमा लिएर नै आफूहरुले सर्वसम्मतिको बाटोबाट संविधान संशोधनको कार्य अघि बढाउने बताए । सचिव भट्टराईले भने, ‘संविधान संशोधन गर्न त्यति सहज छैन । त्यो सहज छैन भनेर नै हामी कांग्रेस–एमाले एक ठाउँ आएका…
२४ असार, काठमाडौं - युक्रेनको राजधानीस्थित एक बाल अस्पताल लगायतका क्षेत्रमा रूसको क्षेप्यास्त्र आक्रमणबाट कम्तीमा २० जनाको मृत्यु भएको छ । त्यसैगरी, मध्य युक्रेनी सहर क्राइभी रिहमा भएको आक्रमणमा १० जनाको मृत्यु भएको र ३१ जना घाइते भएको नगर प्रशासनका प्रमुख ओलेक्ज्यान्डर विल्कुलले बताएका छन् । केही महिनायता किएभमा भएको यो सबैभन्दा ठूलो बमबारी थियो । युक्रेनी वायु सेनाकाअनुसार दिनदहाडै गरिएको आक्रमणमा रूसको सबैभन्दा अत्याधुनिक हतियारमध्ये एक किन्झाल हाइपरसोनिक क्षेप्यास्त्र पनि प्रयोग भएको अधिकारीहरूले बताएका छन् । किन्झाल तीव्र गतिमा अर्थात् ध्वनिको १० गुणा बढी गतिमा उड्ने भएकोले यसलाई रोक्न गाह्रो हुन्छ । विस्फोटका कारण सहरका भवनहरू हल्लिएका थिए । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले…
२३ असार, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले अविरल वर्षापछि गएको बाढी पहिरोबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति राज्यको सम्पूर्ण तागत लगाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित ‘कन्ट्रोल रुम’बाट देशभर गएको बाढीपहिरोको क्षतिबारे जानकारी लिएपछि प्रधानमन्त्री प्रचण्डले प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रिय हुन सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका हुन् । अविरल वर्षापछि गएको बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले विपदबाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रियतापूर्वक काम गर्नुपर्ने बताए । 'विपद व्यवस्थापनका लागि व्यवस्थित तयारी गरिएको छ । उच्च सतर्कता अपनाउन सम्पूर्ण रूपले मेहेनत गरेका छौँ,' प्रधानमन्त्री दाहालले…
२३ असार, काठमाडौं - फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन, २०८१’ बुझाएको छ । महान्यायाधिवक्ता दीनमणि पोखरेलको अध्यक्षतामा गठित कार्यदलले तयार पारेको सो प्रतिवेदन आइतबार प्रधानमन्त्री दाहालले बुझेका हुन् । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले कानुनको सुधारका लागि कार्यदल गठन गरिएको स्मरण गर्दै प्राप्त सुझावलाई सरकारले गम्भीररूपमा लिएर अगाडि बढाउने बताए । प्रतिवेदनमा मुलुकी अपराध संहिता, २०७४, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ र फौजदारी कसुर सजाँए निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ लगायत विभिन्न विषयत फौजदारी कानुनमा गर्नुपर्ने सुधारका सम्बन्धमा सुझाव दिइएको छ ।
२१ असार, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धनसहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएपछि अल्पमतमा परेका प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री दाहालले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग उठिरहेको भएपनि उनले भने संविधानको व्यवस्थाबमोजिम विश्वासको मत लिने तयारी अघि बढाएका हुन् । प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिनका लागि संसद सचिवालयमा पत्राचारसमेत गरिसकेका छन् । उनले संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत लिने जानकारी गराएका हुन् । प्रधानमन्त्री दाहाललाई नेकपा एमाले र कांग्रेसले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त…
२१ असार, काठमाडौं - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । उक्त पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता अशोककुमार राईले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् । पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उक्त पार्टीबाट मन्त्री बनेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव, बन तथा बातावरणमन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य राज्यमन्त्री हसीना खानले पनि राजीनामा दिएका छन् ।
२१ असार, काठमाडौं - नेकपा (एकीकृत समाजवादी)को महाधिवेशन सकिएको छ । महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ केन्द्रीय सदस्य चयन गरेको हो । केन्द्रीय कमिटी २ सय ९९ र २१ पदाधिकारी चयन गर्नुपर्नेमा ३ पदाधिकारी ९३ केन्द्रीय सदस्यको मात्र टुंगो लागेको छ । बन्दसत्रमा पेस भएका ९३ जना केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । शुक्रबार काठमाडौंमा ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गर्दै सबै सदस्यहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका थिए । टुंगो लागेका केन्द्रीय कमिटीका सदस्यहरुलाई निर्वाचन विभाग आयोग प्रमुख माधव पौडेलले शपथग्रहण गराए । २ सय ९९ सदस्यीय केन्द्रीय…
२१ असार, काठमाडौं - नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नयाँ सत्ता समीकरणको विषयलाई लिएर अहिले नै खुसी भइहाल्ने अवस्था नरहेको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिइसकेको अवस्थामा विश्वासको मत लिएर विश्वासको मत नपाउँदा संविधानको धारा ७६ को उपधारा ३ मा नजाओस् भन्ने आफ्नो चाहना रहेको बताए । उनले भने, ‘मैले त आठ, नौ महिना पहिलादेखि नै एउटा कुरा भनिरहेको थिएँ । यसरी हरेक दिन स्थिर सरकार, डेढ वर्षमा चौँथो हुन थालिसक्यो अब त । नेपाली कांग्रेस र माओवादी मिलेर त हामी सबैले भोट हाल्यौँ होला । तर निर्वाचनपछि माओवादीले एमालेलाई लिएर सरकार बनायो । उहाँहरुको…
२० असार, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अहिलेको परिस्थितिको सम्पूर्ण कारण भनेको प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिरता नै रहेको बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले प्रधानमन्त्री दाहालको अस्थिरताका कारण कांग्रेस र एमालेबीच सत्ता समीकरण बनेको बताए । ‘प्रधानमन्त्री दाहालको यति धेरै अस्थिर चरित्र र व्यवहार नभएको भए एमाले माओवादी गठबन्धनको सरकार बनेको तीन चार महिना नहुँदै नयाँ गठबन्धन बन्दैन थियो,’ थापाले भने ‘एमालेसँग सरकारमा बसिरहेर पनि प्रचण्डले फेरि नयाँ खालको लसपस गर्नका निम्ति हातखुट्टा पसार्न थालेपछि अहिलेको दुर्घटना निम्त्याएको हो ।’ महामन्त्री थापाले अगाडि भने, ‘नेपालको राजनीतिमा प्रचण्ड यतिधेरै अस्थिर रहनुभयो कि उहाँसँग…