Skip to main content

Epost Nepal

राहत तथा उद्धारलाई तीव्रता दिन सरकारसमक्ष अनुरोध गर्ने कांग्रेसको निर्णय

१५ असोज, काठमाडौं – नेपाली कांग्रेसले राहत तथा उद्धारलाई तीव्रता दिन सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।

संसद भवन नयाँ बानेश्वरमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्राकृतिक विपद्का घटनाप्रति दुख व्यक्त गर्दै राहत तथा उद्धारलाई तीव्रता दिन सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको कांग्रेस मुख्य सचेतक श्याम घिमिरेले जानकारी दिए ।

बैठकले बेपत्ता नागरिकको खोजी कार्यलाई तीव्रता दिन आग्रह गर्दै राजमार्ग अवरुद्ध हुँदा अलपत्र परेका नागरिकको उद्दार गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

प्राकृतिक विपदमा परी घाइते भएकाको स्वास्थ्य उपचार तीव्र बनाउन सरकारलाई आग्रह गर्दै बैठकले मृत्यु भएका र बेपत्ता व्यक्तिलाई राहत दिन अनुरोध गर्ने निर्णय गरिएको उनले बताए । विपदका कारण अवरुद्ध सडकखण्डहरु छिटै सूचारु गर्नका लागि अग्रसर हुन पनि बैठकले आग्रह गरेको घिमिरेले जानकारी दिए ।

बाढीपहिरोबाट अन्नबालीमा क्षति भएकाले किसानहरूलाई उचित क्षतिपूर्ति दिँदै नदि कटानलाई रोक्न व्यवस्थित ढंगले नदी नियन्त्रणको कार्य गर्न पनि सरकारसँग माग गरिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *