Epost Nepal

राष्ट्रिय शोक घोषणा, आगामी तीन दिन राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय

१४ असोज, काठमाडौं – बाढीपहिरोले जनधनको ठूलो क्षति भएपछि सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ ।

सोमबार साँझ बालुवाटरमा बसेको मन्त्रिपरिषद्‌को बैठकले मृतकहरूको सम्झनामा राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार, आगामी तीन दिन राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको छ ।

त्यस्तै बाढीपहिरो प्रभावितहरूका लागि विपद् व्यवस्थापन कोषमा सरकारले एक अर्ब  रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । कोषमा अर्थ मन्त्रालयले एक अर्ब रुपैयाँ उपलब्ध गराउने छ ।

यसैगरी मृतक परिवारलाई जनही दुई लाख राहत उपलब्ध गराउने निर्णय सरकारले गरेको छ ।

बैठकले मन्त्रिपरिषद्का सबै सदस्यको एक महिना बरारबरको पारिश्रमिक बाढीपहिरो प्रभावितको तत्काल उद्धार तथा राहतका लागि विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search