Skip to main content

Epost Nepal

आगामी प्रतिनिधि सभाको बैठक पनि अवरोध गर्ने नेकपा माओवादी केन्द्रको निर्णय

२८ भदौ, काठमाडौं – नेकपा माओवादी केन्द्रले आगामी प्रतिनिधि सभाको बैठक पनि अवरोध गर्ने निर्णय गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले एमालेका सांसद योगेश भट्टराईले संसदमा बोल्ने क्रममा माओवादीलाई अपमानित गरेर बोलेको ठहर गर्दै आगामी बैठकमा पनि अवरोध गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

जनयुद्धलाई अपमानित गर्ने शब्द फिर्ता नभएसम्म सदनको अवरोधलाई जारी राख्ने निर्णय भएको उनले बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘हिंसा’शब्दलाई लक्षित नभई समग्र माओवादी आन्दोलनप्रति लक्षित रहेकाले संसद अवरोध सहि भएको धारणा राखेका छन् ।

सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय नभएको भन्दै रेकर्डबाट हटाउन नपर्ने निर्णय सुनाएपश्चात माओवादीले त्यसको विरोध गरेको थियो ।

माओवादीले आगामी दिनमा पनि उक्त निर्णय नसच्चिएसम्म संसद चलाउन नदिने र सशक्त ढंगले अगाडि बढ्ने निर्णय गरेको पाण्डेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *