Epost Nepal

जनता रिसाउनुको मुख्य कारण मौलाउँदो भ्रष्टाचार र कुशासन हो: गगन थापा

५ पुस, जनकपुर – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार, कुशासनको कारणले जनता आजित भएको बताएका छन् ।

‘जनता रिसाउनुको मुख्य कारण मौलाउँदो भ्रष्टाचार, कुशासन हो’, उनले भने, ‘बिहानै उठ्दा कहिले शरणार्थी काण्ड, कहिले एनसेल काण्डको बारेमा सुन्नुपर्छ । एकपछि अर्को काण्ड सुनेर जनता आजित छन् ।’

खेती गर्नेले बजार भाउ नपाउने, समयमा मल नपाउने, व्यवसायीले सटरको भाडा तिर्न मुश्किल पर्ने र ऋणीले ब्याज तिर्न नसक्ने र साहुले दिएको ऋण फिर्ता नआउने जस्ता समस्या देखिएको भन्दै थापाले सोधे, ‘यसको जिम्मा कसले लिने ?’

राजनीतिक दलहरूले जनताका यस्ता समस्यामाथि ध्यान पुर्‍याउनुपर्ने उनको भनाइ छ ।

उनले एमालेले केपी ओली नभएसम्म देश नबन्ने, रास्वपाले २०८४ पछि देशको फोहोर सफा गर्नुपर्छ भन्ने र मधेश केन्द्रित दलले मधेशको नाममा ‘हम लुटेंगे देशको’ भाव सिर्जना गरिरहेको थापाले टिप्पणी गरे ।

नेता थापाले देशको ठूलो दलको हैसियतले कांग्रेसले यी समस्याहरुलाई गम्भीर रुपमा लिएर अघि बढ्नुपर्ने बताए ।

कांग्रेसको मधेश सम्मेलनमा मधेशका समस्याको विषयमा छलफल गर्न महामन्त्री थापाले आग्रह गरे । ‘मधेश प्रदेश किन शिक्षा र स्वास्थमा पछाडि परेको, वैदेशिक रोजगारमा जाने यहीँबाट धेरै छन्, तर गरिबी किन नघटेको ? ५७ प्रतिशत किसानलाई किन बर्षभरि खान पुग्दैन ? यो विषयमा प्रदेश सम्मेलनमा समीक्षा गरौं’, उनले भने ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search