Skip to main content

Epost Nepal

१२१ जना सुरुङभित्र फसेको तथ्य देखिन्छ : नेपाली सेना

२२ भदौ, काठमाडौं — भदौ १० गतेको रसुवा बाढीका क्रममा विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना मात्रै फसेको देखिएको नेपाली सेनाले जनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुवाशजंग थापाले यसबारे जानकारी दिएका हुन्।

‘१२१ जनामात्रै टनेलभित्र पसेको तथ्य देखिन्छ,’ उनले भने, ‘जबसम्म सबै टनेल ब्रेकथ्रु हुँदैन, त्यसबेलासम्म हामी खोजी तथा उद्धारको काम जारी राखिरहन्छौं।’

उनले जलविद्युत आयोजनासँग सम्बन्धित अन्य व्यक्तिहरू भने बाहिरी क्षेत्रमा परेको हुन सक्ने अनुमान रहेको पनि बताए।

सहायक रथी थापाका अनुसार जलविद्युत आयोजनाका सुरुङमा भएको क्षतिको अवस्था हेर्दा बाढी र लेदो करिब १८० किलोमिटर प्रतिघण्टाको गतिमा खसेको अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *