Skip to main content

Epost Nepal

बाढीपहिरो प्रभावित क्षेत्र पुगेर फर्किएका राष्ट्रपति पौडेलले राष्ट्रलाई सम्बोधन गर्ने

२२ भदौ, काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। उनको सम्बोधन नेपाल टेलिभिजनमार्फत प्रसारण हुनेछ।

राष्ट्रपति पौडेल आजै बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेर अवस्थाको अवलोकन गरेका थिए।

त्यहाँ उनले भएको क्षति, मानवीय संकटलगायत विषयमा नेपाली सेना तथा अन्य अधिकारीहरूसँग जानकारी लिएका थिए।

भदौ १० गते आएको बाढीपहिरोका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको थियो।

उक्त घटनामा परी हालसम्म १ हजार ३ सय ५५ जनाको मृत्यु भइसकेको छ भने ४ हजार ९ सय ९६ जना अझै बेपत्ता छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *