Skip to main content

Epost Nepal

लाङटाङ हाइड्रोको सुरुङमा उद्धार जारी : दुई शव फेला

१८ भदौ, काठमाडौं — रसुवास्थित लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको शव निकालिएको छ।

खोज तथा उद्धारमा खटिएको नेपाली सेनाको टोलीले सुरुङभित्रबाट दुई जनाको शव निकालेको हो।

आयोजनाका प्रबन्धक विजयमान भट्टराईका अनुसार खोज तथा उद्धार टोलीले सुरुङभित्रबाट दुईवटा शव फेला पारी बाहिर निकालेको हो।

हाल हाइड्रो–मेकानिकल इन्जिनियरहरूको टोली आयोजनाको सुरुङभित्र करिब १५० मिटर प्रवेश गरी खोज तथा उद्धार कार्यमा जुटिरहेको भट्टराईले बताए।

२० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ४१ जना अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र आयोजनाको प्राविधिक टोलीले उद्धार तथा खोजी कार्य गरिरहेको छ।

बुधबार पनि उद्धार टोली सुरुङभित्र करिब १५० मिटरसम्म पुगेर खोजी गरेको थियो। बिहीबार बिहानदेखि खोज तथा उद्धार कार्यलाई थप तीव्रता दिइएको भट्टराईले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *