Skip to main content

Epost Nepal

भदौ ५ मा रास्वपाको केन्द्रीय समिति बैठक

१ भदौ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठक बोलाएका छन्। बैठक भदौ ५ गते पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने भएको छ।

बैठकमा केही पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन गरी प्रस्ताव पेस गर्ने र त्यसलाई अनुमोदन गराउने तयारी गरिएको छ।

रास्वपामा हाल एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष मनोनयन गर्न बाँकी छ। त्यस्तै, २७ जना सचिवालय सदस्य र ५१ जना केन्द्रीय सदस्य पनि मनोनयन गरिने तयारी छ।

केन्द्रीय समिति बैठकमा सहभागी हुन सबै केन्द्रीय सदस्यलाई जानकारी गराइसकिएको रास्वपाले जनाएको छ।

यसअघि साउन १३ गते बसेको रास्वपा केन्द्रीय समिति बैठकले बालेन शाहलाई वरिष्ठ नेता बनाउने प्रस्ताव पारित गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *