२९ मंसिर, काठमाडौं — काठमाडौं जिल्ला प्रशासन कार्यालयले जेन–जी आन्दोलनका क्रममा घाइते भएकालाई वितरण गरिँदै आएको परिचयपत्र हाललाई स्थगित गरेको छ। सोमबार जारी गरिएको सूचनामा गृह मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको घाइतेको सूचीबाहिरका व्यक्तिहरू पनि परिचयपत्र लिन आउन थालेपछि वितरण रोक्ने निर्णय गरिएको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, ‘गृह मन्त्रालयको वेबसाइटमा प्रकाशित घाइते नामावलीभन्दा बाहिरका व्यक्तिहरू पनि जेन–जी घाइते परिचयपत्रको प्रयोजनका लागि आउने क्रम बढ्दै गएकाले यस विषयमा गृह मन्त्रालयको निर्देशन आवश्यक देखिएको छ। त्यसैले अर्को व्यवस्था नभएसम्म जेन–जी घाइते परिचयपत्र वितरणको कार्य स्थगन गरिएको जानकारी गराइन्छ।’ यसअघि गृह मन्त्रालयको निर्देशनअनुसार देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट घाइतेको परिचयपत्र वितरण हुँदै…
२९ मंसिर, काठमाडौं — नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालविरुद्ध परेको उजुरीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तामेलीमा राख्ने निर्णय गरेको विषयमा विशेष अदालतले फाइल झिकाउन आदेश दिएको छ। सोमबार न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले पतञ्जलीको जग्गासम्बन्धी भ्रष्टाचार मुद्दामा अख्तियारले उजुरी तामेलीमा राख्ने गरी गरेको निर्णयको फाइल झिकाउन आदेश गरेको हो। अख्तियारले २०६९ मंसिर २५ गते उक्त उजुरी तामेलीमा राख्ने निर्णय गरेको थियो। अदालतको आदेशमा भनिएको छ, ‘प्रस्तुत मुद्दाको विषय सम्बद्ध उजुरीका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट मिति २०६९/०८/२५ मा भएको निर्णयसहितको फाइल झिकाउनू।’ माधव नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता गोविन्द बन्दीलगायतले बहस गरेका थिए। वकिलहरूले उजुरी तामेलीमा राख्ने गरी…
२९ मंसिर, काठमाडौं — सोमबार सेयर बजारको परिसूचक नेप्से ६.७४ अंकले बढेको छ। यससँगै नेप्से २६०१ अंकमा पुगेको छ। तर कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ४ अर्बको कारोबार भएकोमा आज ३ अर्ब ४४ करोडमा सीमित भएको हो। आज १५५ कम्पनीको सेयर मूल्य बढ्यो भने ९४ कम्पनीको घट्यो र १० कम्पनीको मूल्य स्थिर रह्यो। नेप्से वृद्धिमा बैंकिङ समूहले मुख्य भूमिका खेलेको छ। यद्यपि सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कममै सीमित रह्यो। बैंकिङ ०.७२, विकास बैंक ०.३३, फाइनान्स ०.९०, हाइड्रोपावर ०.०६, जीवन बीमा ०.३०, उत्पादन तथा प्रशोधन ०.५७, निर्जीवन बीमा ०.०७ र व्यापार समूह ०.२७ प्रतिशतले बढेका छन्। होटल…
२९ मंसिर, काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गरेका छन्। ११औँ महाधिवेशन जारी रहेको भृकुटीमण्डपस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर उनले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन्। यससँगै ओली तेस्रो पटक अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लागेका छन्। उनी नवौँ र दशौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए।
२९ मंसिर, काठमाडौं — चालु आर्थिक वर्षको पहिलो चार महिना (साउन–कात्तिक) मा ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स मुलुकमा भित्रिएको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.४ प्रतिशतले बढी हो। गत वर्ष पहिलो चार महिनामा रेमिट्यान्स आप्रवाह ९.४ प्रतिशतले बढेको थियो। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ०८२ कात्तिक महिनामा मात्रै १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत आर्थिक वर्षको कात्तिकमा १ खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो। राष्ट्र बैंकको चार महिनाको मासिक प्रतिवेदनमा भनिएको छ, ‘गएको चार महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब…