२९ मंसिर, काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गरेका छन्।
११औँ महाधिवेशन जारी रहेको भृकुटीमण्डपस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर उनले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन्।
यससँगै ओली तेस्रो पटक अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लागेका छन्।
उनी नवौँ र दशौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए।




