४ माघ, काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सुझाव दिएका छन्। शुक्रबार आयोजित विपक्षी दलको पत्रकार सम्मेलनमा उनले सत्ता गठबन्धन बनाउँदाका प्राथमिकताहरू कार्यान्वयनमा सरकार असफल भएको उल्लेख गर्दै सरकारले नैतिकता गुमाएको आरोप लगाए। “गठबन्धन बनाउँदा तय गरिएका योजनाहरू कुनै पनि अघि बढेका छैनन्। संविधान संशोधनको कुरा प्रधानमन्त्री स्वयंले २०८७ मा मात्रै सम्भव छ भनेका छन्। सुशासन र अन्य वाचा पनि ठिक विपरीत क्रियाकलाप भइरहेकाले सरकारमा टिकिरहने आधार छैन,” प्रचण्डले भने। उनका अनुसार सरकारको असक्षमता र गैरजिम्मेवार व्यवहारले संसद्को हिउँदे अधिवेशन आह्वान गर्ने विश्वासिलो कारण पनि देखिँदैन। विपक्षीहरूले विशेष अधिवेशन…
४ माघ, काठमाडौं – संघीय संसद्मा रहेका सात विपक्षी दलले सरकारले नियमित हिउँदे अधिवेशन नबोलाएर गम्भीर प्रकृतिका कानुनहरू अध्यादेशमार्फत् जारी गर्ने कदमप्रति कडा आपत्ति जनाएका छन्। उनीहरूले संसद्को गरिमा कायम राख्न तत्काल हिउँदे अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेका छन्। विपक्षी दलहरूको संयुक्त विज्ञप्तिमा सरकारले बहुमतको दुरुपयोग गर्दै संसदलाई छल्ने र राज्यका निकायहरूलाई आफ्नो स्वार्थअनुकूल प्रयोग गरिरहेको आरोप लगाइएको छ। विज्ञप्तिमा भनिएको छ, "संसद्लाई पन्छाउँदै सरकारका राजनीतिक निर्णय र काम कारबाहीहरू पूर्वाग्रही र स्वेच्छाचारी छन्, जसले लोकतन्त्र र विधिको शासनमाथि गम्भीर संकट निम्त्याउन सक्छ।" विपक्षी नेताहरूले संसद्को नियमित अधिवेशन आह्वान नगरे सरकारको कदमलाई निरंकुशता र स्वेच्छाचारिता ठहर गर्दै विशेष अधिवेशन…
४ माघ, काठमाडौं – प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार आफ्नो औचित्य गुमाउँदै गएको दाबी गरेका छन्। संसद् भवन नयाँ बानेश्वरमा आज आयोजित विपक्षी दलको पत्रकार सम्मेलनमा उनले सरकारका गतिविधिले जनतामा निराशा र असन्तुष्टि मात्रै बढाएको टिप्पणी गरे। दाहालले कांग्रेस-एमाले गठबन्धनलाई अप्राकृतिक भन्दै यसको गठन नै संविधानको मर्म र भावनाविपरीत रहेको आरोप लगाए। "सरकारका क्रियाकलापले आम निराशा उत्पन्न गरेको छ। यो सरकार अपारदर्शी र अप्राकृतिक तरिकाले बनेको छ," दाहालले भने। उनले सरकारका गलत निर्णय र क्रियाकलापका कारण विपक्षी दलहरू एकजुट भएर विरोधमा उभिन बाध्य भएको स्पष्ट पारे। "देशको वर्तमान अवस्थाप्रति गम्भीर चिन्तासहित हामीले विरोध…
४ माघ, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलाम खानी र मल कारखानाजस्ता ठूला उद्योगहरू स्थापना हुँदै गरेको र बन्द भएका उद्योगहरूलाई पुनर्जीवित गर्न नयाँ ढाँचामा सञ्चालनको तयारी भइरहेको बताएका छन्। उनले उत्पादित ऊर्जाको खपतबारे कुनै चिन्ता लिनु नपर्ने स्पष्ट पारे। स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) को रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ऊर्जा खपतका क्षेत्रहरू स्वाभाविक रूपमा विकास हुने भएकाले ऊर्जा बिक्रीको विषयमा अनावश्यक चिन्ता गर्न नपर्ने धारणा राखे। उनका अनुसार सरकारले आगामी ११ वर्षभित्र २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने कार्ययोजना तयार गरेको छ। प्रधानमन्त्री ओलीले भने, "हामीसँग आठवटा औद्योगिक क्षेत्र छन्। धौबादीमा फलाम खानी र मल…
४ माघ, काठमाडौं – गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको छ । त्यस क्रममा सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारका नाममा ल्याउने प्रस्ताव गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद् पठाइएको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक सुरेश पन्थीले जानकारी दिए । 'पाँच जना पूर्वप्रशासक र आपराधिक गतिविधिबाट एक भारतीले नेपालमा खरिद गरेको घरजग्गा जफतका लागि प्रस्ताव पठाइएको छ,' पन्थीले भने, 'हामीले अदालतबाट सोसम्बन्धी भएका फैसलाको लगत सङ्कलनका लागि शाखा अधिकृतको नेतृत्वमा पाँच वटा समूह बनाएर खटाएका छौँ ।' महानिर्देशक पन्थीले सम्पत्ति जफतसम्बन्धी विभिन्न अदालतबाट तीन हजार पाँच सय फैसला भएको जानकारी दिए । २ अर्ब…