१६ असोज, काठमाडौं - गृहमन्त्री रमेश लेखकले बाढीपहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् । बुधबार मन्त्रालयमा यातायात सहजरुपमा सञ्चालन गर्ने विषयमा यातायात व्यवसायीहरुसँग छलफलपछि गृहमन्त्री लेखकले यस्तो निर्देशन दिएका हुन् । गृहमन्त्री लेखकले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुर संगठनसँग बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपद्बाट अवरुद्ध राजमार्ग/सडक पुनःसञ्चालन गरी यात्रा सहज बनाउने विषयमा छलफल गरेका थिए । विपद्मा अवरुद्ध सडक सञ्चालन गरी चाडवाडका बेला यातायात सहज र सुरक्षितरुपमा सञ्चालन गर्न यातायात व्यवसायी, यातायात मजदुर सङ्घ/संगठनका पदाधीकारीबीच सकारात्मक छलफल भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । 'विपद्को स्थितिमा अझै धेरै राजमार्ग अवरुद्ध हुनुका साथै पहिरोको…
१६ असोज, काठमाडौं - संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन गरेको छ । सिंहदरबारमा बुधबार बसेको सुनुवाइ समितिको बैठकले राउतको नाम सर्वसम्मत अनुमोदन गरेको हो । संवैधानिक परिषद्को गत भदौ ३१ गतेको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश राउतलाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । प्रधानन्यायाधीशका लागि सुनुवाइ समितिबाट अनुमोदन भएका राउत २०७१ साउन १७ मा सर्वोच्चमा न्यायाधीश नियुक्त भएका थिए । उदयपुरमा जन्मिएका राउत २०६३ मा नेपाल बार एसोसिएसनका अध्यक्ष थिए । अब राष्ट्रपतिले राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् । प्रधानन्यायाधीश नियुक्त भएपछि राउतले १८ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् । वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आगामी असोज १९ गते पदावधि…
१६ असोज, काठमाडौं - नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले जनतामा पीडामा भएको बेला सेवाप्रदायक निकायले थप सरल सेवा प्रवाह गर्नुपर्नेमा जनताको ढाड सेक्नेगरी मूल्यवृद्धि गरेको भन्दै आपत्ति जनाएको छ । बुधबार उक्त विभागका प्रमुख एवम् केन्द्रीय सदस्य गुरू बरालले विज्ञप्ति जारी गर्दै दसैँको मुखमा भएको मूल्यवृद्धि नियन्त्रण गरी नागरिकको जीवन सहज बनाउन सरकारसँग आग्रह गरेको हो । 'देशमा आएको बाढी पहिरोले नेपाली जनता अत्यन्त पीडामा छन् । यस्तो विषम परिस्थितिमा जनजीवन सहज बनाउनु र जनतालाई राहत दिनको सट्टा निजी क्षेत्रको बायु सेवा कम्पनीहरुले साबिकको मूल्य भन्दा दोब्बर- तेब्बर भाडा लिएर दुःख दिने काम भएकोमा विभागको ध्यानाकर्षण भएको छ,' बरालले विज्ञप्तिमार्फत भनेका…