Epost Nepal

Day: २०८१ आश्विन १५, मंगलवार

सरकारले गरेको पूर्वतयारीभन्दा भिन्नरूपले परिस्थितिको सामना गर्नु पार्‍यो: प्रधानमन्त्री केपी शर्मा ओली

सरकारले गरेको पूर्वतयारीभन्दा भिन्नरूपले परिस्थितिको सामना गर्नु पार्‍यो: प्रधानमन्त्री केपी शर्मा ओली

१५ असोज, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको पूर्वतयारीभन्दा भिन्नरूपले परिस्थितिको सामना गर्नुपरेको बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलमा प्रधानमन्त्री ओलीले सरकारको पूर्व तयारी भन्दा ठूलो मात्रामा विपद् आएकाले उद्धार र खोजमा कमिकमजोरी भएको हुनसक्ने उल्लेख गर्दै आगामी दिनमा त्यस्ता कुराहरुलाई सच्याउने प्रतिबद्धता व्यक्त गरे । ओलीले यो बेलामा जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन आव्हान गरेका छन् । उनले राज्य र समाजसँग भएका स्रोत, साधनको सक्दो उपयोग गर्नुपर्ने बताए । 'यो सरकारको मात्रै होइन, सिङ्गो समाजको दुःखको विषय हो । हामी सबै विपद्का घटनाबाट दुःखी छौँ 'प्रधानमन्त्री…
Read More
राहत तथा उद्धारलाई तीव्रता दिन सरकारसमक्ष अनुरोध गर्ने कांग्रेसको निर्णय

राहत तथा उद्धारलाई तीव्रता दिन सरकारसमक्ष अनुरोध गर्ने कांग्रेसको निर्णय

१५ असोज, काठमाडौं - नेपाली कांग्रेसले राहत तथा उद्धारलाई तीव्रता दिन सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ । संसद भवन नयाँ बानेश्वरमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्राकृतिक विपद्का घटनाप्रति दुख व्यक्त गर्दै राहत तथा उद्धारलाई तीव्रता दिन सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको कांग्रेस मुख्य सचेतक श्याम घिमिरेले जानकारी दिए । बैठकले बेपत्ता नागरिकको खोजी कार्यलाई तीव्रता दिन आग्रह गर्दै राजमार्ग अवरुद्ध हुँदा अलपत्र परेका नागरिकको उद्दार गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । प्राकृतिक विपदमा परी घाइते भएकाको स्वास्थ्य उपचार तीव्र बनाउन सरकारलाई आग्रह गर्दै बैठकले मृत्यु भएका र बेपत्ता व्यक्तिलाई राहत दिन अनुरोध गर्ने निर्णय गरिएको उनले…
Read More
राहत र पुनर्स्थापनाको काम तदारुकताकासाथ अगाडि बढाउन राज्य व्यवस्था तथा सुशासन समितिको सरकारलाई निर्देशन

राहत र पुनर्स्थापनाको काम तदारुकताकासाथ अगाडि बढाउन राज्य व्यवस्था तथा सुशासन समितिको सरकारलाई निर्देशन

१५ असोज, काठमाडौं - राज्य व्यवस्था तथा सुशासन समितिले  सरकारलाई सम्भव भएका सबै उपायहरु प्रयोग गरेर राहत र पुनर्स्थापनाको काम तदारुकताकासाथ अगाडि बढाउन निर्देशन दिएको छ । समितिको मंगलबारको बैठकले सरकारलाई हवाई भाडा नबढाउन र सडक यातायात सुचारू गर्नका लागि तत्कालै सडकहरु मर्मत गर्न पनि निर्देशन दिएको छ । 'हवाई भाडा नबढाउन, सडक यातायात सुचारु गर्नका लागि भएका बाटाहरु तत्काल यातायातका साधन चल्ने गरी मर्मत सम्भार गर्न, सडकमा पहुँच हुन नसकेका जिल्लाहरुमा हवाई यातायातको व्यवस्था गर्न, खाद्यान्न, तरकारी, फलफूल आदिको पूर्ववत मूल्य बढ्न नदिन बजार अनुगमन गर्न र पीडितहरुले राहत छिटो भन्दा छिटो पाउने व्यवस्था गर्न सरकारलाई निर्देशन गर्दछ,' समितिको निर्णय…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search