२४ भदौ, काठमाडौं - मेलम्ची खानेपानी आयोजनाको भ्रष्ट्राचार मुद्दामा पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जना दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार उक्त मुद्दामा १० जनालाई सफाइ दिएको छ । अदालतले तत्कालीन सचिव गजेन्द्र ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मालाई दोषी ठहर गरेको छ । विशेष अदालतले ठाकुर र कँडेलसँग १० करोड १० लाख ६१ हजार ७५ रुपैयाँ बिगो माग गरेको छ । त्यस्तै, देवकोटा र शर्मासँग २ करोड ९५ लाख ६५ हजार ६०३ रुपैयाँ बिगो माग गरेको छ । इप्टिसा र…
२४ भदौ, काठमाडौं - सत्तारुढ दलहरूले संविधान संशोधनका लागि बृहत् छलफल गर्ने समझदारी गरेका छन् । कांग्रेस-एमालेबीच असार तेस्रो साता भएको सात बुँदे सहमतिअनुसार संविधान संशोधन गर्न प्रमुख राजनीतिक दल र सम्बन्धित पक्षसँग छलफल गरेर मात्रै अघि बढाउने दलहरूबीच समझदारी भएको हो । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तासीन कांग्रेस र एमाले तथा सरकारलाई समर्थन गर्ने दलहरूसमेतको बैठकले संविधान संशोधनलाई प्राथमिकतामा राखेर छलफल गरेको हो । बैठकमा सहभागी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठले सत्तारुढ दलको बैठक संविधान संशोधन गर्ने विषयमा केन्द्रित भएको जानकारी दिइन् । ‘संविधान संशाधेन गर्न सबै दलसँग बृहत् छलफल गर्ने कुरा भएको छ । सबै दलको विचार विमर्श बुझेर संविधान संशोधनको…
२४ भदौ, चितवन - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस सबैको साझा घर रहेको भन्दै बिग्रिन लागेको घर सबै मिलेर सम्हाल्नुपर्ने बताएका छन् । सोमबार चितवनमा कांग्रेसले ‘जननायक वीपी कोइरालाको १११औँ जन्मजयन्तीको अवसरमा गरेको विशेष सम्मान कार्यक्रममा महामन्त्री थापाले कांग्रेस सबैको घर भएको र आफूहरूले त्यसलाई बिग्रन नदिने बताए । 'घरमा केही फोहर देखिएको थियो, त्यसलाई सफा गर्छौँ । बिग्रन लागेको घर हामी समाल्छौँ,' उनले भने । महामन्त्री थापाले पछिल्ला समयमा कांग्रेसले निर्वाचन जित्नका लागि मात्रै गठबन्धन गरेको र अब विचारको आधारमा अगाडि बढ्ने विश्वास दिलाए। निर्वाचन जित्नु र सरकार बनाउनुलाई प्राथमिकतामा नराखी कांग्रेसको विचारलाई गाउँगाउँसम्म पुर्याउन आवश्यक रहेकामा उनले जोड दिए ।…
२४ भदौ, सप्तरी - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सरकारबाट बाहिरिँदा बेदाग रहेर बाहिरिएको दाबी गरेका छन् । जनयुद्धको क्रममा सप्तरीमा सहिद भएका दुर्गाराज पौडेल ( सुरज ) र उपेन्द्र कोइराला (अर्जुन) को शालिकको सोमबार साँझ सुरुङ्गा नगरपालिका - २ रक्साहामा अनावरण गर्दै पूर्व प्रधानमन्त्री दाहालले देश र जनताको पक्षमा काम गरिरहँदा पनि सरकारबाट बाहिरिनु परेको बताए । भूमाफियाका विरुद्ध, नक्कली भुटानी शरनार्थी प्रकरण र सामाजिक न्यायको पक्षमा कार्य गरिरहँदा पनि सरकारबाट बाहिरिनु पर्ने अवस्था सिर्जना गरिएको उनले बताए । मधेशमा विकराल समस्याको रूपमा रहेको नागरिकता समस्या समाधान गर्न आफ्नो नेतृत्वको सरकारले बाटो खोलेको उनको दाबी थियो । कार्यक्रममा दाहालले…
२४ भदौ, काठमाडौं - प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुनरावलोकन (भ्याकेट) मा जाने जनाएका छन् । उपत्यका सडक विस्तारपीडित संघर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहका संयोजक सुमन सायमीसहितको टोलीको ज्ञापनपत्र बुझ्दै सोमबार प्रधानमन्त्री ओलीले स्थानीय जनता र सरोकार समूहका मुद्दालाई सम्बोधन गर्न सरकार तत्पर रहने स्पष्ट गरेका हुन्। ‘सम्मानित अदालतका फैसलालाई हामी मान्छौँ। विविध कारणले कुनै–कुनै फैसलाहरू त्रुटिपूर्ण हुन सक्छन्। फैसला उपयुक्त नलागेमा त्यसलाई सच्याउने कानुनी बाटो पुनरावलोकन नै हो। मलाई विश्वास छ, अदालतले जनताका पीरमर्कालाई बुझ्नेछ र तपाईंहरूले न्याय पाउनुहुनेछ,’ प्रधानमन्त्रीनिवास…