५ भदौ, काठमाडौँ -माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विगतमा एमालेसँग सहकार्य गर्नु गलत भएको बताएका छन् । कांग्रेससँगको सहकार्य लामो समय जान नसक्ने देखेरै आफूले वाम एकताका लागि एमालेसँग गठबन्धन गरे पनि त्यो सहकार्य गर्नु गलत भएको बताएका हुन् । वाग्मती प्रदेशका केन्द्रीय सदस्य र पदाधिकारीबीच बुधबारबाट सुरु दुईदिने परामर्श बैठकमा दाहालले एमालेसँग गठबन्धन गर्नु गलत भएको स्विकार गरेका हुन् । ‘कांग्रेससँग लामो समय जाँदैन भन्ने लागेर एमालेसँग सहकार्य सुरु भयो । मित्रहरूले केपी शर्मा ओलीको जिम्मा लिन्छौं, वामहरू मिलौं भनेपछि मैले पनि पत्याएँ,’ उनले भने, ‘त्यतिबेला एमालेसँग गठबन्धन गर्नु गल्ती भएछ । उसको नियत नै बुझ्न सकिएन ।’ प्रधानमन्त्री ओलीले धोका दिए पनि…
५ भदौ, काठमाडौँ - राष्ट्रिय सभाका सांसदहरुले सहकारी ठगीमा संलग्नहरुलाई तत्काल कारबाही हुने गरी कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । उनिहरुले सहकारी ठगहरुको सम्पत्ति तत्काल राज्यले जफत गरी अनुसन्धान अघि बढाउनुपर्ने र पीडितहरुको बचत रकम फिर्ता गर्नुपर्ने माग गरे । बुधवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले सदाचारको पक्षमा नउभिने कुनैपनि संस्थामाथि कडा कारबाही हुने गरी तत्काल कानूनी व्यवस्था गर्न सरकारलाई दबाब दिएका हुन् । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद झक्कुप्रसाद सुवेदीले सहकारी ठगहरुको सम्पत्ति जफत गरेर पीडितलाई क्षतिपूर्ति दिने व्यवस्था गर्न सरकारलाई सुझाव दिए । उनले गरिबको पैसामा मोज गर्ने…
५ भदौ, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चलाएका कुनै पनि उद्योग र संस्थान घाटामा जान नहुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित विषयमा बुधबार भएको ब्रिफिङमा प्रधानमन्त्री ओलीले उद्योगका लागि सडक बाटो, बिजुलीलगायत पूर्वाधारका वातावरण तयार भइसकेकाले अब औद्योगिकीकरणमा लाग्न आग्रह गरे । 'साना साना लगानीमा धेरै कृषिमा आधुनिकीकरण र स्टार्टअप उद्योग खोलेर बेरोजगारीलाई रोजगारी दिन सकिन्छ । उत्पादन बढाएर आयात विस्थापन गर्न सकिन्छ,' प्रधानमन्त्री ओलीले भने, 'नचल्ने र घाटामा जाने उद्योग चलाउन बल नगरौँ । डुब्ने र प्रतिफल नदिने उद्योग नचलाऔँ ।' मद्यपान र धुमपानसँग सम्बन्धित उद्योगलाई भन्दा रोजगारी सृजना…