२४ साउन, काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको सञ्चालकबाट कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाउन गरेको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । आचार्य र पुनले दायर गरेको रिट निवेदनमा सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले सरकारका नाममा कारण देखाउ आदेशसँगै अन्तरिम आदेश जारी गरेको हो । बिहीबार भएको सुनुवाइमा न्यायाधीश पोखरेलले मन्त्री खड्काको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेसँगै आचार्य र पुन सञ्चालक पदमा काम गर्न फर्किनेछन् । आचार्य र पुनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, ऊर्जामन्त्री दीपक खड्का, नेपाल विद्युत् प्राधिकरण, नेपाल विद्युत प्राधिकरणको सञ्चालक पदमा नियुक्त…
२४ साउन, काठमाडौँ - सरकारले बेलायत सरकारबाट नेपाललाई प्राप्त हुने लैंगिक तथा मानव विकास उपलब्धि र वातावरण अनुकूलन तथा समावेशीसम्बन्धी कार्यक्रमअन्तर्गत १३ अर्ब आठ करोड रुपैयाँ अनुदान स्वीकार्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले बेलायतबाट प्राप्त हुने लैंगिक तथा मानव विकास उपलब्धिलाई बढावा दिनेसम्बन्धी कार्यक्रमका लागि ३८ दशमलव पाँच मिलियन पाउन्ड (करिब छ अर्ब ५८ करोड) र वातावरण अनुकूलन तथा समावेशीसम्बन्धी कार्यक्रमका लागि ३८ दशमलव पाँच मिलियन पाउन्ड (करिब छ अर्ब ५० करोड) अनुदान सहायता स्वीकार्ने निर्णय गरेको हो । गत मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले एसियाली विकास बैंकबाट जीवमैत्री…
२४ साउन, काठमाडौँ - कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि मन्त्रालय प्रत्यक्षरूपमा कृषकसँग जोडिएको हुँदा उनीहरूका समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताएका छन् । कृषि विभागले बिहीबार ललितपुरमा आयोजना गरेको विभाग र मातहतका निकायको चौथो त्रैमासिक तथा वार्षिक समीक्षा गोष्ठीमा उनले किसान लक्षित कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न र किसानका समस्या समाधान गर्न निर्देशन दिएका हुन् । ‘कृषकका समस्या सामाधानमा मेरो भूमिका रहनेछ । मलाई गल्ती गर्ने छुट छैन’, उनले भने, ‘कृषि उत्पादन वृद्धि र किसानका समस्या समाधानमा मन्त्रालय र विभागबीच नङ र मासुको सम्बन्ध हुनुपर्छ, विभाग थप सक्रिय बन्नुपर्छ ।’ मन्त्री अधिकारीले कृषि क्षेत्रका समस्या समाधानमा विभाग र कृषि…