Epost Nepal

कृषि मन्त्रालय कृषकका समस्या समाधानमा केन्द्रित हुनु पर्दछ: कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी

२४ साउन, काठमाडौँ – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि मन्त्रालय प्रत्यक्षरूपमा कृषकसँग जोडिएको हुँदा उनीहरूका समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

कृषि विभागले बिहीबार ललितपुरमा आयोजना गरेको विभाग र मातहतका निकायको चौथो त्रैमासिक तथा वार्षिक समीक्षा गोष्ठीमा उनले किसान लक्षित कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न र किसानका समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।

‘कृषकका समस्या सामाधानमा मेरो भूमिका रहनेछ । मलाई गल्ती गर्ने छुट छैन’, उनले भने, ‘कृषि उत्पादन वृद्धि र किसानका समस्या समाधानमा मन्त्रालय र विभागबीच नङ र मासुको सम्बन्ध हुनुपर्छ, विभाग थप सक्रिय बन्नुपर्छ ।’

मन्त्री अधिकारीले कृषि क्षेत्रका समस्या समाधानमा विभाग र कृषि विज्ञ सक्रिय हुनुपर्नेमा जोड दिए । उनले भने, ‘विभिन्न बाली तथा पशुमा देखापरेका रोगको उपचार गर्न स्थानीय कृषि शाखा प्रमुख सक्रिय रूपमा किसानसँग जोडिरहनुपर्छ ।’

मन्त्री अधिकारीले किसानको आर्थिक अवस्थालाई सुधार्न र उत्पादन थप वृद्धि गर्न आफूले विभिन्न मन्त्रालयसँग परामर्श गरिरहेको र आगामी दिनमा कृषकका विद्यमान समस्याहरू समाधान हुने विश्वास व्यक्त गरे । -रासस

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search