Epost Nepal

Day: २०८१ श्रावण २१, सोमबार

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले लिए पद तथा गोपनीयताको शपथ, १० सदस्यीय मन्त्रिपरिषद् गठन

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले लिए पद तथा गोपनीयताको शपथ, १० सदस्यीय मन्त्रिपरिषद् गठन

२१ साउन, काठमाडौँ - नवनियुक्त सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । शाहले आफ्नो शपथसँगै ६ जना मन्त्री र तीन जना राज्यमन्त्रीसमेत नियुक्त गरेर १० सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्री र राज्यमन्त्रीहरुको शपथसमेत सोमबार नै भएको छ । सुदूरपश्चिम यसपटक नेपाली कांग्रेस, एमाले र नागरिक उन्मुक्तिले सत्ता साझेदारी गरेका छन् । साझेदार दलहरुमध्ये मन्त्रालय संख्या भागबन्डाका क्रममा नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित तीन मन्त्रालय र दुई जना राज्यमन्त्री, नेकपा एमालेले तीन मन्त्रालय र एक जना राज्यमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय भागबण्डा गरेका छन् । सबैको आकर्षण मानिने आर्थिक मामिला कांग्रेस…
Read More
देश छाडेर भारत पुगिन बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना

देश छाडेर भारत पुगिन बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना

२१ साउन, काठमाडौँ - बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना भारत पुगेकी छन् । सोमबार बिहान सुरक्षा खतरा बढ्दै गएपछि हसिनाले राजीनामा दिएर बंगलादेश छाडेकी हुन् । हसिना भारतबाट बेलायत जाने सम्भावना छ । यद्यपि कहिले जाने भन्ने यकिन भइसकेको छैन । हसिनाले १५ वर्षे सत्ता छाडेसँगै प्रदर्शनकारीहरूले खुसीयाली मनाएका छन् । प्रदर्शनकारीहरू प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए । हसिना सन् २००९ देखि सत्तामा थिइन् । १५ वर्षे सत्तामा चलाएकी उनीमाथि शक्तिको दुरूपयोग गरेको आरोप लाग्दै आएको थियो । उनले आफ्ना विपक्षी दलका नेताहरूविरूद्ध शक्तिको दुरूपयोग गरेको आरोप छ । ७६ वर्षीय हसिनाले चार पटक लगातार चुनाव जितेकी छन् । गत…
Read More
अब विकास निर्माणको गति नरोकिने : प्रधानमन्त्री केपी शर्मा ओली

अब विकास निर्माणको गति नरोकिने : प्रधानमन्त्री केपी शर्मा ओली

२१ साउन, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नयाँ प्रविधियुक्त ढङ्गले लामा सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ एउटा महत्वपूर्ण कार्य भएको बताएका छन् । राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस द्रूतमार्ग (फास्ट ट्रयाक)स्थित घट्टेपाँखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सुरुङ युगसगैँ नयाँ युगमा प्रवेश गरेकाले अब यो विकास निर्माणको गति नरोकिने दृढता व्यक्त गरे । प्रधानमन्त्री ओलीले भने, 'विगतमा जुन रफ्तारमा विकास हुनुपथ्र्यो, त्यो भएन, अब विकासको नमुना यो द्रुतमार्ग हुनेछ ।' द्रुतमार्ग अघि बढाउने सन्दर्भमा देखिएका बाधा ब्यवधानलाई समाधान गर्न सरकार तयार रहेको बताउँदै उनले द्रुतमार्ग निर्माणमा देखिएको व्यवधान राजनीतिक मात्र नभई अर्थतन्त्रसँग पनि जोडिएको स्पष्ट पारे । नेपालमा…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search