Epost Nepal

Day: २०८१ श्रावण ९, बुधबार

विमान दुर्घटनाको शोकमा बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने मन्त्रिपरिषद्को निर्णय

विमान दुर्घटनाको शोकमा बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने मन्त्रिपरिषद्को निर्णय

९ साउन, काठमाडौं - सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोकमा बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ । बुधबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले झन्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । यसैगरी, आगामी दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक वायुसेवा सञ्चालन गरिरहेका सबै वायुसेवा कम्पनीहरूले हवाई जहाजको अनिवार्य प्राविधिक परीक्षण गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणले सोको सघन अनुगमन गर्नुपर्ने सरकारले निर्णय गरेको छ।
Read More
सौर्य जहाज दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

सौर्य जहाज दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

९ साउन, काठमाडौं - सौर्य जहाज दुर्घटना छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्‌को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको समितिमा नेपाल एयरलाइन्सका क्याप्टेन दिपु ज्वारचन, श्री एयरलाइन्सका इन्जिनियर सञ्जय अधिकारी, पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक सुदीप भट्टराई र पर्यटन मन्त्रालयका प्राविधिक अधिकृत मुकेश डंगोल रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मर्मतका लागि पोखरा उडान भरेको सौर्य एयरलाइन्सको ९एन-एएमई कलसाइनको जहाज बिहान ११:११ मा विमानस्थलमै दुर्घटना भएको थियो । दुर्घटनामा १८ जनाको निधन भएको छ भने पाइलट मनिषरत्न शाक्यको केएमसी अस्पताल सिनामंगलमा उपचार…
Read More
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित १० जना मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित १० जना मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

९ साउन, हेटौंडा - बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित १० जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कांग्रेस संसदीय दलका नेता लामासहित मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार बिहान पद तथा गोपनीयताको शपथ गराएका हुन् । यसअघि मंगलबार लामालाई शर्माले नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । योसँगै लामा बागमती प्रदेशको पाँचौँ मुख्यमन्त्री बनेका छन् । उनी तामाङ समुदायबाट मुख्यमन्त्री हुने पहिलो व्यक्ति पनि बनेका छन् । लामाले मुख्यमन्त्रीको शपथ लिएलगत्तै कांग्रेसका तीनसहित सत्तासाझेदार दल एमालेबाट नियुक्त भएका ६ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । मुख्यमन्त्रीसहित १३ जनाको मन्त्रीहरूले शपथ लिने…
Read More
सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु एकजना पाइलटको उपचार हुँदै

सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु एकजना पाइलटको उपचार हुँदै

९ साउन, काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । पाइलट मनिषरत्न शाक्यको भने काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । मृतक सबैजना सौर्य एयरलाइन्सका कर्मचारी हुन् । उनीहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । बुधबार करिब ११ :११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिररहेको स्थानमा दुर्घटना भएको थियो ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search