Epost Nepal

सांस्कृतिक पर्वलाई भाँड्ने खालका क्रियाकलाप कसैले गर्नु हुँदैन: प्रधानमन्त्री केपी शर्मा ओली

सांस्कृतिक पर्वलाई भाँड्ने खालका क्रियाकलाप कसैले गर्नु हुँदैन: प्रधानमन्त्री केपी शर्मा ओली

सांस्कृतिक पर्वलाई भाँड्ने खालका क्रियाकलाप कसैले गर्नु हुँदैन: प्रधानमन्त्री केपी शर्मा ओली

१७ कात्तिक, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक पर्वलाई भाँड्ने खालका क्रियाकलाप कसैले गर्न नहुने बताएका छन् । नेपाल संवत् ११४५ का अवसरमा आज मूल समारोह समितिले काठमाडौंको वसन्तपुरमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कुनै यज्ञ चलिरहेका समयमा बाँदर आएर यज्ञ बिथोले जस्तै सांस्कृतिक चाड र पर्वलाई बिथोल्ने प्रयास हुन नहुनेमा जोड दिएका हुन् । प्रधानमन्त्री ओलीले नेवारी संस्कृति र भाषा नेपालको एक समृद्धि संस्कृति र विशेष पहिचानको विषय बनेको चर्चा गर्दै नेपाल संवत्लाई कामकाजका भाषाका रुपमा प्रभावकारी कार्यान्वयन, राष्ट्रिय विभूति शंखधर साख्वाका विषयमा अध्ययन अनुसन्धान र कक्षा ९ र १० को ऐच्छिक विषयका रुपमा नेपाल भाषालाई पनि…
Read More
आज शुक्रबार कुनै तिहारको पर्व छैन: पञ्चाङ्ग निर्णायक विकास समिति

आज शुक्रबार कुनै तिहारको पर्व छैन: पञ्चाङ्ग निर्णायक विकास समिति

१६ कात्तिक, काठमाडौं - नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औंसीको दिन भए पनि आज शुक्रबार कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको पनि समितिले तिहारका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आज तिहारको कुनै पर्व नपरे पनि औँसी आफैमा पर्व हो । प्रत्येक महिनाको औंसीलाई पर्व मानिन्छ । औँसीमा विशेषगरी पितृकर्म हुने गर्छ । यो वर्ष तिथिको घटबढका कारण औँसीमा सूर्योदय भएको आजको दिन कुनै पर्व नपरेको समितिका अध्यक्ष…
Read More
डिजेल र मट्टितेलको भाउ घट्यो

डिजेल र मट्टितेलको भाउ घट्यो

१५ कात्तिक, काठमाडौं - नेपाल आयल निगमले डिजेल र मट्टितेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँका दरले घटाएको हाे । पेट्रोल, एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने हेरफेर भएको छैन । इन्डियन आयल कर्पोरेसनले जारी गरेको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.२५ रुपैयाँ र डिजेलमा प्रतिलिटर १.०४ रुपैयाँ घटेर तथा मट्टितेलमा २.२४ रुपैयाँ, हवाई इन्धनमा ३.२३ र एलपी ग्यासमा प्रतिसिलिन्डर ५५.७० रुपैयाँ बढेर आएको छ । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर १४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि  १४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर…
Read More
प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशी, विदेशी प्रतिक्रियावादीहरुले एक्ल्याउने र पदबाट हटाउने अभियान नै सञ्चालन गरिरहेका छन्: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ

प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशी, विदेशी प्रतिक्रियावादीहरुले एक्ल्याउने र पदबाट हटाउने अभियान नै सञ्चालन गरिरहेका छन्: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ

१५ कात्तिक, काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र जनताका लागि निःश्वार्थ भावका साथ काम गरिरहेको व्यक्ति भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशी, विदेशी प्रतिक्रियावादीहरुले एक्ल्याउने र पदबाट हटाउने अभियान नै सञ्चालन गरिरहेको बताएका छन् । बिहीबार काठमाडौंमा नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित देउसी–भैलो कार्यक्रममा बोल्दै उनले ओलीलाई एक्ल्याउने षड्यन्त्रविरुद्ध प्रतिवाद गर्न पनि एमाले, नेता कार्यकर्तालाई सचेत गराए । उनले ओलीमाथिको आक्रमण सिंगो नेपाल र नेपालीमाथिको आक्रमण भएकाले एमाले नेता, कार्यकर्ताले त्यसको प्रतिवादका लागि फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालको अधिक प्रयोग गर्नुपर्ने बताए । एमाले उपमहासचिव समेत रहेका सञ्चामन्त्री गुरुङले प्रधानमन्त्री ओलीमाथि ठूलो षड्यन्त्र हुँदा पनि पार्टी पंक्ति…
Read More
खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याई हुँदैन: प्रधानमन्त्री केपी शर्मा ओली

खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याई हुँदैन: प्रधानमन्त्री केपी शर्मा ओली

१५ कात्तिक, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याई नगर्ने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार राष्ट्रिय टोलीका महिला फुुटबल खेलाडीसँगको भेटघाटका क्रममा उनले दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनिसपमा उपविजेता बनेको नेपाली टोलीलाई बधाई र धन्यवाद समेत ज्ञापन गरेका छन् । त्यसअवसरमा उनले सरकारका तर्फबाट खेलाडीहरूलाई जनही तीन लाख रुपैयाँका दरले पुरस्कार घोषणा गर्दै तिहारलगत्तै सो पुरस्कार प्रदान गर्ने बताए । विगतका कतिपय खेलका पुरस्कार अझै प्राप्त नभएको गुुनासो आइरहेका बेला प्रधामन्त्री ओलीको निर्देशनमा पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक पाउने खेलाडीलाई सक्दो छिटो पुरस्कार दिन थालिएको छ र पुरस्कारमा कर लाग्ने व्यवस्था हटाइएको…
Read More
द्वन्द्व, हिंसा र अशान्तिले प्रकृति र मानिसहरूलाई हानि पुर्‍याउँछ: वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी

द्वन्द्व, हिंसा र अशान्तिले प्रकृति र मानिसहरूलाई हानि पुर्‍याउँछ: वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी

१५ कात्तिक, काठमाडौं - वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मानिसको गलत अभ्यासले प्रकृतिलाई हानी पुर्‍याई द्वन्द्वसमेत निम्त्याउने भएकाले त्यसलाई रोक्नुपर्ने बताएका छन् । कोलम्बियाको काली सहरमा जारी जैविक विविधता महासन्धिसम्बन्धी १६औं अन्तर्राष्ट्रिय सम्मेलन (कोप–१६) मा सम्बोधन गर्ने क्रममा मन्त्री ठकुरीले उक्त भनाई राखेका हुन् । सो अवसरमा मन्त्री ठकुरीले समुदायमा आधारित प्रकृति संरक्षणमा नेपालले सफलता हासिल गरेको उल्लेख गर्दै सफलता साझा गर्न पाएकोमा खुसी समेत व्यक्त गरे । ‘द्वन्द्व, हिंसा र अशान्तिले प्रकृति र मानिसहरूलाई हानि पुर्‍याउँछ । हामीले हाम्रा अभ्यासबाट उत्पन्न हुने द्वन्द्वलाई रोक्नुपर्छ,’ उनले भने, ‘त्यसैले समुदायमा आधारित संरक्षणमा नेपालको सफलता र सामाजिक–राजनीतिक शान्ति निर्माणमा यसको योगदान साझा गर्न पाउँदा म खुसी…
Read More
अन्तःशुल्क स्टिकर छपाइसम्बन्धी भ्रष्टाचार मुद्दामा तत्कालीन मुख्य सचिव वैकुण्ठ अर्यालले पाए सफाइ

अन्तःशुल्क स्टिकर छपाइसम्बन्धी भ्रष्टाचार मुद्दामा तत्कालीन मुख्य सचिव वैकुण्ठ अर्यालले पाए सफाइ

१४ कात्तिक, काठमाडौं - सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्क स्टिकर छपाइसम्बन्धी भ्रष्टाचार मुद्दामा तत्कालीन मुख्य सचिव वैकुण्ठ अर्यालले सफाइ पाएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू खुशीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले बुधबार अर्याललाई सफाइ दिएको हो । यो मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई भने विशेष अदालतले दोषी ठहर गरेको छ । उनीहरुलाई सजाय निर्धारण भने २५ मंसिरमा हुने छ । सुरक्षण मुद्रण केन्द्रबाट निजी क्षेत्रलाई अन्तशुल्क स्टिकर छाप्न ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अन्तशुल्क स्टिकर छपाईमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ असार, २०८१ मा मुख्यसचिव डा.…
Read More
साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि बंगलादेशलाई

साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि बंगलादेशलाई

१४ कात्तिक, काठमाडौं - फाइनलमा नेपाललाई २–१ ले पराजित गर्दै साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि बंगलादेशले जितेको छ । बंगलादेशले लगातार दोस्रोपटक साफको उपाधि जितेको हो । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेशलाई जित दिलाउन मोनिका चक्मा र ऋतु पोर्ना चक्माले गोल गरिन् । नेपालकी अमिशा कार्कीले गोल फर्काए पनि नेपालको हार टार्न सकिनन् । तिनै गोल दोस्रो हाफमा भएको हो । खेलको ५२औँ मिनेटमा मोनिका चक्माले गोल गर्दै बंगलादेशलाई अग्रतामा राखेकी थिइन् । कप्तान सविना खातुनले नेपाली रक्षकबाट भएको गल्तीको फाइदा उठाउदै निकालेको बललाई नियन्त्रणमा लिँदै मोनिकाले गोल गरेकी थिइन् । तर, नेपालले चार मिनेटमै गोल फर्कायो ।…
Read More
कम्युनिष्ट आन्दोलनको एकता र रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

कम्युनिष्ट आन्दोलनको एकता र रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

१४ कात्तिक, काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलनको एकता र रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको जन्म शताब्दीको अवसरमा माओवादी केन्द्रले बुधबार गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले त्यस्तो आत्मसमीक्षा पार्टीको दस्तावेज, नेता र कार्यकर्ताको तहमा हुनुपर्ने बताए । 'कम्युनिष्ट आन्दोलनमा लागेका हरेक नेता कार्यकर्ताले आफैँभित्र र पार्टीभित्र आत्मसमीक्षा गरौँ । अनि बल्ल कम्युनिष्ट पार्टीहरुको बीचमा आत्मसीक्षा गरौँ,' अध्यक्ष दाहालले भने । क्रान्तिकारीहरूले आफ्नो गल्ती स्वीकार गर्न सक्नुपर्ने उल्लेख गर्दै उनले आत्मसीक्षाले मात्रै कम्युनिष्ट पार्टीहरुमा एकता, रुपान्तरण र नयाँ क्रान्तिको प्रक्रिया सुरु…
Read More
कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी ठगी गरेको तथ्य भेटिए कारबाही हुन्छ: गृहमन्त्री रमेश लेखक

कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी ठगी गरेको तथ्य भेटिए कारबाही हुन्छ: गृहमन्त्री रमेश लेखक

१४ कात्तिक, काठमाडौं - गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी ठगी गरेको तथ्य भेटिए कारबाही हुने बताएका छन् । मुस्ताङको कोराला नाकामा बनाइएको अध्यागमन भवनको उद्घाटन गरेर फर्किएपछि पोखरामा पत्रकारसँग कुरा गर्दै लेखकले उक्त कुरा बताएका हुन् । ´उपसभापति धनराज गुरुङको कुरा उठाउनु भयो । म के आग्रह गर्न चाहन्छु भने धनराज गुरुङमाथि पनि अनुसन्धान हुन्छ, यदी प्रमाणले उहाँले गैरकानुनी काम गरेको देखियो भने कारबाही हुन्छ,' गृहमन्त्री लेखकले भने । तथ्य, प्रमाणका आधारमा सरकारले अनुसन्धान र कारबाही अघि बढाएको छ। सहकारी ठगी, अपचलन र हिनामिनामा संलग्न कसैलाई नछाड्ने उनले बताए । ´कोही व्यक्तिको नाम लिनै पर्दैन। तथ्य प्रमाणले जे देखिन्छ, त्यही ढंगले अघि…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search