६ पुस, काठमाडौं — प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्दसूची बुझाउने समय आउन अब एक साता मात्र बाँकी छ। बन्दसूची बुझाउनुअघि समावेशी प्रतिनिधित्वको प्रतिशतमा सामान्य संशोधन गरिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीसम्बन्धी कार्यक्रम गत मंसिर २१ गतेदेखि सुरु भएको थियो। निर्वाचन तालिकाअनुसार समानुपातिक प्रणालीमा भाग लिन इच्छुक राजनीतिक दललाई मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिने समय दिइएको थियो, जसमा एक सय दलले निवेदन दर्ता गरेका छन्। समानुपातिकतर्फ निर्वाचनमा सहभागी हुने दलहरूले यही पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ। बन्दसूची बुझाउँदा समावेशी कोटाअनुसार उम्मेदवार समेट्नुपर्ने व्यवस्था छ।…
३ पुस, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीविरुद्ध दायर मुद्दामा भएको बहस टुंगिएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार न्यायाधीश बाबुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासमा बिहीबार दुवै पक्षका तर्फबाट बहस सम्पन्न भएको हो । दुवै पक्षका कानुन व्यवसायीहरूले बहस सकिएको पुष्टि गरेका छन् । सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी अभियोगमा उनीहरू हाल थुनामा छन् । यसअघि मङ्सिर २५ गतेका लागि तोकिएको पेसी ‘हेर्न नमिल्ने’ परेपछि स्थगित गरिएको थियो भने मङ्सिर ११ गतेको पेसी लामिछानेका कानुन व्यवसायीको आग्रहमा सारिएको थियो । बुटवलस्थित…
३ पुस, काठमाडौं — नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको छ। १९ सदस्यीय पदाधिकारी चयनका लागि भएको निर्वाचनमा केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार अध्यक्ष केपी शर्मा ओली पक्षका उम्मेदवारहरूको स्पष्ट वर्चस्व देखिएको छ। अध्यक्ष पदमा केपी शर्मा ओलीसँग ईश्वर पोखरेल प्रतिस्पर्धामा रहेका थिए। निर्वाचनमा दुई फरक–फरक प्यानल बनाएर उम्मेदवारी दिइएको थियो भने अधिकांश पदमा ओली प्यानलकै उम्मेदवारहरू निर्वाचित भएका छन्। पोखरेल प्यानलबाट भने उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई मात्रै विजयी भएका छन्। सचिव पदमा सबै उम्मेदवारहरू ओली प्यानलकै निर्वाचित भएका छन्। अन्तिम रूपमा चयन भएको पदाधिकारी टोली यस प्रकार छः…
३ पुस, काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी अध्यक्षमा निर्वाचित भएका छन्। बुधबार सम्पन्न निर्वाचनबाट ओली तेस्रो कार्यकालका लागि पार्टी नेतृत्वमा पुगेका हुन्। यसअघि पनि उनी नवौं र दशौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए। निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार अध्यक्षका उम्मेदवार ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गरेका छन्। उनका निकट प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत पाएका छन्। यद्यपि मतगणनाको औपचारिक घोषणा भने अझै हुन बाँकी छ।
३ पुस, काठमाडौं — नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार अहिलेसम्म कुल ११३९ मत गणना भइसकेको छ। आयोगले ४० वटा भोटिङ मेसिनको मतगणना सम्पन्न भएको जनाएको छ। मतगणनाको सुरुदेखि नै अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले अग्रता कायम गर्दै आएका छन्। निर्वाचन आयोगका पछिल्लो विवरणअनुसार अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले ८४३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले २९६ मत पाएका छन्। महासचिव पदतर्फ शंकर पोखरेलले ६१३ मत प्राप्त गर्दा सुरेन्द्र प्रसाद पाण्डेले ५२६ मत ल्याएका छन्। पदाधिकारीअनुसार प्राप्त मत यसप्रकार छन् : अध्यक्ष केपी शर्मा ओली…
३ पुस, काठमाडौं − सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै राजनीतिक दलहरू निर्वाचनको तयारीमा जुटिसकेको बताएका छन्। बिहीबार काठमाडौंमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपाल को ६१ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खरेलले राजनीतिक दलहरू चुनावी गतिविधिमा सक्रिय भइसकेको बताएका हुन्। उनले राजनीतिक दलहरूले उम्मेदवार सिफारिस गर्न थालिसकेको उल्लेख गर्दै निर्वाचनको तयारीस्वरूप गाउँदेखि शहरसम्म अभियान सञ्चालन भइरहेको बताए। ‘कतिपय राजनितिक दल महाधिवेशन गर्दै हुनुहुन्छ, गर्नेवाला हुुनुहुन्छ, गाउँदेखी शहरसम्म अभियान चलाउनुभएको छ । यहाँहरूलाई जानकारी गराउँ, उम्मेद्वारको नाम सिफारिस भइरहेको छ । समानुपातिकमा नाम सिफारिस भइरहेको छ,’ मन्त्री खरेलले भने, ‘भनेपछि राजनितिक दलहरू चुनावमा होमिनु भइसकेको छ…
१ पुष, काठमाडौं — युक्रेनले पहिलो पटक पानीमुनि सञ्चालन हुने समुद्री ड्रोन प्रयोग गरी ब्ल्याक सागर क्षेत्रमा रहेको रूसी पनडुब्बीमा आक्रमण गरी ठूलो क्षति पुर्याएको दाबी गरेको छ। युक्रेनको सुरक्षा सेवा (एसबियु) ले स्वदेशमै निर्माण गरिएका ‘सब सी बेबी’ ड्रोनमार्फत नोभोरोस्सियस्क नजिकको बन्दरगाहमा रहेको ‘किलो क्लास’ पनडुब्बीलाई निशाना बनाएको जनाएको छ। एसबियुले सार्वजनिक गरेको भिडियोमा समुद्री तट नजिकै शक्तिशाली विस्फोट भएको देखिन्छ, जहाँ पनडुब्बी र अन्य जहाजहरू राखिएको छ। बन्दरगाहको संरचना र घाटको अवस्थाको आधारमा उक्त भिडियो नोभोरोस्सियस्क बन्दरगाहकै भएको समाचार संस्था रोयटर्सले पुष्टि गरेको छ। युक्रेनी आक्रमणपछि रूसले क्राइमियाबाट आफ्ना युद्धपोतहरू हटाउनुपरेको र त्यस क्रममा उक्त पनडुब्बीलाई पनि नोभोरोस्सियस्कमा…
१ पुष, काठमाडौं — मंगलबार सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। नेप्से परिसूचक १८.३७ अंकले उकालो लाग्दै २६१९ विन्दुमा पुगेको छ, जुन सो दिनको उच्चतम स्तर पनि हो। कारोबार सुरु भएदेखि बन्द हुँदासम्म बजार कहिल्यै ओरालो लागेन। कुल १८७ कम्पनीको सेयर मूल्य बढ्दा ६१ कम्पनीको घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रह्यो। कारोबार रकम भने अघिल्लो दिनको ३ अर्ब ४४ करोडबाट घटेर ३ अर्ब २९ करोड रुपैयाँमा सीमित भयो। व्यापार समूह बाहेक सबै सूचकहरू बढेका छन्। व्यापार समूह ०.०१ प्रतिशतले घट्दा बैंकिङ ०.३५, विकास बैंक १.५६, फाइनान्स ०.४१, होटल तथा पर्यटन १.४९, जलविद्युत् ०.७७, लगानी ०.६८, जीवन बीमा ०.६९, उत्पादन…
१ पुष, काठमाडौं — नेपाल सरकारले क्यामेरा ट्र्यापिङ विधिबाट आजदेखि बाघ गणना सुरु गर्दैैछ । बाघ गणना तीन महिनासम्म चल्ने छ । बाघको वर्तमान अवस्था पत्ता लगाउन प्रत्येक चार वर्षमा बाघ गणना हुने गर्दछ । सोही अनुसार आज पुस १ गतेदेखि चितवन र पर्सा राष्ट्रिय निकुञ्जबाट बाघ गणना सुरु हुन लागेको हो । चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा लाझाडी क्षेत्रमा बाघ गणना हुनेछ । त्यसका लागि विभागका इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई ३ ब्लक, बाँके र बर्दियालाई ४ ब्लक र शुक्लाफाँटा तथा लालझाडीलाई १ ब्लकमा विभाजन गरिएको छ । बाघ…
१ पुष, काठमाडौं — काठमाडौंमा जारी नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान तोकिएको समयभन्दा ढिलो हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले मतदानको समय मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म निर्धारण गरे पनि विद्युतीय मतदान मेसिनमा उम्मेदवारहरूको फोटोसहितको नामावली तयार गर्न ढिलाइ भएकाले मतदान समयमै सुरु हुन नसक्ने भएको प्राविधिकहरूले बताएका छन् । भोटिङ मेसिनका प्राविधिक लक्ष्मण रिमालका अनुसार अन्तिम नामावली राति १ बजे मात्रै प्राप्त भएको थियो । ‘अहिले उम्मेदवारहरूको फोटो मिलाउने काम भइरहेको छ, मतदान सुरु हुन सम्भवतः अपरान्ह ४ बज्न सक्छ,’ उनले बताए । उनका अनुसार उम्मेदवारको संख्या धेरै भएकाले एक मतदाताले मतदान…