५ बैशाख, काठमाडौं - नेपाल विद्यार्थी संघले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसबाहिर नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका कार्यकर्ताहरुले गृहमन्त्रीको पुत्ला दहन गरेका हुन् । नेपाली कांग्रेसले सहकारी ठगीमा लामिछानेको नाम मुछिएको भन्दै छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । हालै नेपाल प्रहरीले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धान गर्दा उक्त सहकारीबाट गोर्खा मिडिया प्रालिमा करिब १४ करोड रुपैयाँ लगेको खुलेको थियो । जसमध्ये २ करोड रुपैयाँ रवि लामिछानेको नाममा झिकिएको देखिएको थियो ।
५ बैशाख, काठमाडौं - नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा गण्डकी प्रदेशसभाको बैठक आह्वान गरिएकामा असहमति जनाएको छ । पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बुधबार विज्ञप्ति जारी गरी अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानुनको बेवास्ता गर्दै अधिवेशन आह्वान गरिएकामा असन्तोष जनाएका हुन् । विज्ञप्तिमा भनिएको छ, 'सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश र मुद्दाको पेसीसमेतलाई बेवास्ता गर्दै अदालतको आदेशको समेत अवहेलना हुने गरी गण्डकी प्रदेश सरकारले विभिन्न नियुक्ति गर्नु तथा वैशाख ७ गते दिउँसो ३ बजेका लागि प्रदेशसभा बैठक आह्वान गर्न सिफारिस गर्नु र माननीय प्रदेश प्रमुखले बैठक आह्वान गर्नु गैरजिम्मेवार कदम हो ।'…
५ बैशाख, काठमाडौं - गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले वैशाख ७ गते ३ बजेदेखि बैठक बस्ने गरी गण्डकी प्रदेश सभा अधिवेशन आह्वान गरेका छन् । ४ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख ७ गते विशेष अधिवेशन डाक्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । आफूविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि नै विश्वासको मत लिने तयारीमा नब नियुक्त्त मुख्यमन्त्री खगराज अधिकारी छन् । सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्रीमा दाबी गरेको र सोही दाबीका आधारमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै नेपाली कांग्रेस २७ चैतमा सर्वोच्च पुगेको थियो । सोही रिटउपर सर्वोच्च अदालतले सर्वोच्चले २८ चैतमा मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन…
४ बैशाख , कञ्चनपुर - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई खोज्न संसदीय छानबिन आवश्यक रहेको बताएका छन् । संवाद यात्राका क्रममा मंगलबार कञ्चनपुरको पुनर्वासमा बोल्दै थापाले बुटवलको सुप्रिम सहकारी ठगीबारे प्रहरीले गरेको अनुसन्धानअनुसार सरकारी वकिलले मुद्दा अभियोजन गर्दा सहकारी ठगी गर्ने रवि लामिछाने र गृहमन्त्री रवि लामिछाने एउटै हो कि होइन भनेर प्रतिवादी नबनाएकाले त्यसले संसदीय छानबिनको आवश्यक थप बढेको बताए । “सरकारी वकिललाई प्रतिवेदन बुझाएको प्रहरीले सहकारीमा ठगी गर्ने रवि लामिछाने र अहिलेका गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भन्ने कुरा थाहा नभएकाले मैले प्रतिवादी बनाएर प्रतिवेदन दिन सकिनँ भन्यो,” थापाले भने, “सहकारी ठग्ने रवि लामिछाने…
४ बैशाख , धनगढी - नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री नियुक्तिका लागि नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ। सत्तागठबन्धनबीच मंगलबार भएको छलफलमा नयाँ समझदारी बनेपछि समाजवादीले समर्थन फिर्ता लिएको हो। सत्ता गठबन्धनका नेताहरू बिच सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने समझदारी भएपछि यसअघि एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले पेस गरेको दाबीमा गरेको समर्थन फिर्ता लिइएको हो । आइतबार मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका दुई जना सांसदको दाबी पेस भएपछि प्रदेश प्रमुखले कानुनी परामर्श गर्ने भन्दै निर्णय दिएका थिएनन् । एकीकृत समाजवादीले सुदूरपश्चिममा चालेको कदमले केन्द्रीय सत्ता गठबन्धनमै हलचल आएको थियो । त्यसपछि सत्तारुढ दलका शीर्ष नेताहरूबीच सुदूरपश्चिममा…
४ बैशाख , रुपन्देही - बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितले रकम अपचलनमा संलग्न गृहमन्त्री रवि लामिछानेमाथि छानबिन माग गर्दै बुटवलमा प्रदर्शन गरेका छन् । सुप्रिम सहकारीपीडित संघर्ष समितिले मंगलबार आयोजना गरेको प्रदर्शनमा सहभागी पीडितले सहकारीको रकम हिनामिनामा संलग्न संस्थाका पूर्व अध्यक्ष जीबी राईलाई पनि पक्राउ गरेर कारबाही गर्न माग गरेका छन् । बुटवल र भैरहवामा रहेका उक्त सहकारीका बचतकर्ताले संस्थाको दुई करोड रुपैयाँ अपचलन गरेको आरोप लागेका लामिछानेमाथि छानबिनका लागि दबाब दिएका हुन् । प्रदर्शनमा सहभागीले गृहमन्त्रीले मुख्य आरोपी जीबी राईलाई पक्राउ गर्न नसक्नुको कारण माग गरेका छन् । यसअघिका विरोध कार्यक्रममा गृहमन्त्रीको नाम नलिएका पीडितले मंगलबार…
३ बैशाख , काठमाडौं - नागरिक समाजका अगुवाहरूले विश्वविद्यालयसहित शैक्षिक प्राज्ञिक संस्थाहरूमा हस्तक्षेप नगर्ने संकल्प गर्न राजनीतिक दलहरुलाई अपिल गरेका छन् । आज एक संयुक्त वक्तव्यमार्फत नागरिक समाजका ६७ जना अगुवाहरूले राजनीतिक दल र तिनको नेतृत्वबाट स्पष्ट भाषामा संयुक्तरूपमा तत्काल सार्वजनिक रूपमा उद्घोष गर्न र प्रतिबद्धताको पूर्ण पालना गर्न आग्रह गरेका हुन् । उनीहरुले सोमबारै प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाललाई समेत सो अपिल बुझाएका छन् । ‘समाजको बृहत्तर हितको लागि स्थापना हुने शैक्षिक तथा अन्य सार्वजनिक संस्थाहरु समाज र राज्यको हेरचाह एवं संरक्षणमा नै हुर्किने, मौलाउने र अपेक्षित भुमिका निर्वाह गर्न सक्षम हुनेहुन् । तर लोकतान्त्रिक प्रणालीमा ‘संरक्षण’ को नाममा संस्थाको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रतामाथि गरिने…
३ बैशाख , काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले इलाम–२ को उपनिर्वाचन प्रतिष्ठाको विषय बनेको बताएका छन् । प्रचारका लागि सोमबार इलाम पुगेका कोइरालाले पार्टी एक्लै निर्वाचन लड्न सक्षम छ भन्ने सन्देश दिनुपर्ने बताए । “कांग्रेस कमजोर भयो भन्ने कुरा बाहिर आइरहेको छ । यसले देशभित्र र बाहिरका लोकतन्त्र पक्षधरहरू चिन्तित छन् । सबैको मनोबल बढाउनु पर्ने छ । हाम्रा लागि यो उपनिर्वाचन प्रतिष्ठाको बिषय भएको छ । जित्नैपर्छ,” कोइरालाले भने । कांग्रेसको भविष्यको निर्धारण यही उपनिर्वाचनले गर्ने उनले बताए । पार्टी भित्रका तिक्तता र आन्तरिक मनमुटाव बिर्सेर एक भई निर्वाचनमा जुट्न उनको आग्रह छ । आकांक्षी जतिजना…
३ बैशाख , काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नागढुंगा सुरूङले नेपाललाई सुरूङको नयाँ युगमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । नागढुंगा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पूर्वाधारको क्षेत्रमा सुरुङमार्ग निर्माण महत्त्वपूर्ण उपलब्धि भएको बताए । 'सडक सञ्जालको माध्यमबाट अन्तरआबद्धता विस्तार गरी आवागमनमा सहजता, यातायात लागतमा न्यूनता, भौगोलिक तथा जनसांख्यिक सन्निकटता र प्रादेशिक सन्तुलन कायम गर्ने गरी सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्यमा यस्ता सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्नेछ,' प्रधानमन्त्री दाहालले भने । उनले सुरूङ निर्माणपश्चात् सुरूङमार्गले उपत्यकाबाट बाहिरिने सडकको अवस्था सुधार गरी यात्राको समय र यातायात सञ्चालन खर्च…
३ बैशाख , काठमाडौं - सरकारले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गरेको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी बचत अपचलनमा संसदीय छानबिन समिति माग गरिरहेका बेला अधिवेशन अन्त्य गर्नुलाई कांग्रेसले आपत्ति जनाएको छ । संसदीय समिति गठनको माग छल्न सरकारले संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलको आइतबारको बैठकले निष्कर्ष निकालेको छ । अप्रत्याशित रूपमा संसद् बन्द गरेर सरकार संसदीय समिति गठनको मागबाट भागेको आरोप लगाउँदै कांग्रेसले उक्त मागालाई आगामी अधिवेशनको सुरुआतदेखि पुनः चर्काउने घोषणासमेत गरेको छ । कांग्रेस बैठकका निर्णय सुनाउँदै प्रमुख सचेतक रमेश लेखकले भने, ‘सरकारमा रहेका बहालवालामन्त्री समेत संलग्न रहेको हुँदा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिनको सुनिश्चितताका निम्ति संसदीय…