Epost Nepal

थामेमा हिमताल फुटेर बाढी आएको पुष्टि, नदी र सो क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह

थामेमा हिमताल फुटेर बाढी आएको पुष्टि, नदी र सो क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह

थामेमा हिमताल फुटेर बाढी आएको पुष्टि, नदी र सो क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह

१ भदौ, काठमाडौँ - सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमताल फुटेर बाढी आएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, खुम्बु पासाङल्हामु गाउँपालिका लगायत सरोकारवाला निकायको टोलीले शनिबार बाढी आएको क्षेत्रको हेलिकोप्टरमार्फत निरीक्षण गरेपछि पोखरी फुटेर बाढी आएको पुष्टि भएको हो । त्यस क्रममा थामे खोलाको मुहान क्षेत्रमा रहेका ५ वटा हिमतालमध्ये २ वटा फुटेको पाइएको अवलोकनमा गएकाहरुलाई उधृत गर्दै सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिइन् । पाण्डेका अनुसार अरु दुई वटा हिमताल फुट्ने जोखिममा रहेको पाइएको छ । एउटा हिमताल भने सुरक्षित देखिएको छ । अझै दुई वटा ताल फुट्न सक्ने जोखिम देखिएको भन्दै प्रजिअ पाण्डेले…
Read More
जनार्दनले पार्टी फुटाउँदै छन् भनेर सुनाउँदा आफूले चासो राखेको प्रचण्डको स्वीकार

जनार्दनले पार्टी फुटाउँदै छन् भनेर सुनाउँदा आफूले चासो राखेको प्रचण्डको स्वीकार

१ भदौ, काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारविरुद्ध काम गर्दा गर्दै आफूलाई सरकारबाट हटाइएको बताएका छन् । शनिबार पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभालाई पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो टिप्पणी गरेका हुन् । 'पार्टी सरकारमा हुँदा सुशासन, सामाजिक न्यायको सवालमा धेरै काम गरिएको छ । भ्रष्टाचारका विरूद्व सुशासनको पक्षमा इतिहासमै महत्वपूर्ण काम भएका छन् ।बजेट निर्माणमा पनि उत्पादनमा जोेड दिन खोजिएकोे छ । भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै हामीलाई सरकारबाट हटाइयो,' उनले भने । फरक प्रसंगमा अध्यक्ष दाहालले उपमहासचिव जनार्दन शर्माले उठाएका व्यवहारिक विषयहरू गम्भीर रहेकाले अनुसन्धान हुने बताएका छन् । उनले भने,‘केही विषय फेरि,…
Read More
थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी

थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी

१ भदौ, काठमाडौँ - सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी रहेको छ । शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान जारी रहेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार नदीमा पानीको मात्रा केही कम भए पनि कटान भने जारी रहेको छ । बाढीले खुम्बु पासाङल्हामु-५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ । खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ ।…
Read More
किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको चासो

किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको चासो

३२ साउन, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने विषयमा चासो देखाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारी र उच्चाधिकारीसहितको छलफलमा प्रधानमन्त्री ओलीले आगामी मङ्सिरमा कति मल चाहिने हो त्यसको आँकलन गरेर अहिलेदेखि नै खरिद प्रक्रिया थाल्न निर्देशन दिए । त्यस्तै प्रधानमन्त्री ओलीले किसानलाई नाफा हुने खालका खेती मात्रै गर्ने वातावरण सृजनाका लागि उपयुुक्त जग्गामा सामूूहिक खेती प्रणालीमा जान सुुझाव दिँदै स्वदेशमा उत्पादन नहुने खाद्य पदार्थ समयमै किनेर ल्याउन आग्रह गरे । प्रधानमन्त्री ओलीले माछापालन, दुध उत्पादन, सुन्तला, काजुु, ल्याङ र…
Read More
वैदेशिक रोजगारीमा वर्षमा सय जना पठाउनै पर्ने प्रावधान भए पनि पठाउन नसकेका ३१७ वटा म्यानपावर कम्पनीको नवीकरण गर्ने निर्णय

वैदेशिक रोजगारीमा वर्षमा सय जना पठाउनै पर्ने प्रावधान भए पनि पठाउन नसकेका ३१७ वटा म्यानपावर कम्पनीको नवीकरण गर्ने निर्णय

३२ साउन, काठमाडौँ - सरकारले लगातार दुई वर्षसम्म वैदेशिक रोजगारीमा सय जना श्रमिक समेत पठाउन नसकेका ३१७ वटा म्यानपावर कम्पनीको नवीकरण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकलेले ‘आर्थिक वर्ष २०७९/८० र ०८०/८१ मा लगातार दुई वर्षसम्म वार्षिक एकसय जना नेपालीलाई पनि वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजत प्राप्त संस्थाको इजाजतपत्र आव ०८१/८२ का लागि नवीकरण गर्न आएमा अन्तिम एकपटकका लागि नवीकरण गरिदिने गरी बाधा अड्काऊ फुकाऊ आदेश जारी गर्ने निर्णय गरेको हो । गत आर्थिक वर्ष पनि सय पठाउन नसक्ने दुईसय ६५ वटाको म्यानपावरको नवीकरण भएको थियो । २०७५ चैत १९ मा इजाजत प्राप्त म्यानपावर कम्पनीले वर्षमा सय जना पठाउनै…
Read More
डिजिटल कारोबारलाई पनि व्यवस्थित गर्नुपर्ने सांसदहरुको भनाइ

डिजिटल कारोबारलाई पनि व्यवस्थित गर्नुपर्ने सांसदहरुको भनाइ

३२ साउन, काठमाडौँ - सांसदहरुले पछिल्लो समय डिजिटल कारोबारमा ठगी बढिरहेको भन्दै बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मार्फत डिजिटल कारोबारलाई पनि व्यवस्थित गर्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथिको छलफलमा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् । सांसदहरुले डिजिटल कारोबारलाई व्यवस्थित बनाउनसके चेकबाट हुने कारोबार पनि कम हुन सक्ने धारणा राखेका छन्। सांसदहरुले कानूनमा वित्तीय सुशासनको विषयमा छुट्टै परिभाषित गर्नुपर्ने बताए । उनीहरुले बैंकिङ कसुर तथा सजाय सम्बन्धी कानून बनाउँदै गर्दा मुलुकको वित्तीय प्रणालीलाई सुरक्षित र भरपर्दो बनाउने गरी ल्याउनुपर्नेमा जोड दिए । सांसदहरुले बैंकिङ प्रणालीमा असर पर्ने खालका गतिविधिलाई…
Read More
घट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य

३१ साउन, काठमाडौँ - नेपाल आयल निगमनले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य कायम भएर आएअनुसार निगमले शुक्रबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य घटाएको हो । मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६२.५० रुपैयाँ र डिजेलको मूल्य १५२.५० रुपैयाँ कायम भएको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६४ र डिजेलको मूल्य १५४ रुपैयाँ कायम भएको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ र डिजेलको मूल्य…
Read More
भ्रष्टाचारमा मुद्दा चलाउने अवधि राख्ने कि नराख्ने भन्ने विषय सम्मानित सदनबाटै यसको निक्र्यौल हुनुपर्छ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई

भ्रष्टाचारमा मुद्दा चलाउने अवधि राख्ने कि नराख्ने भन्ने विषय सम्मानित सदनबाटै यसको निक्र्यौल हुनुपर्छ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई

३१ साउन, काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले भ्रष्टाचारमा मुद्दा चलाउने अवधि राख्ने कि नराख्ने भन्ने विषय संसद्ले छलफल गरेर निर्णय लिनुपर्ने बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा प्रमुख आयुक्त राईले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि सांसदहरूले राखेका धारणाको जवाफ दिने क्रममा कानुन व्यवसायी, अख्तियारका पूर्वअधिकारीलगायतसँग छलफल गरेर संसद्ले हदम्यादबारे निर्णय गर्नुपर्ने बताए । सरकारले मुद्दा चलाउने अवधि राखेर कानुनमा नयाँ व्यवस्था प्रस्ताव गरेको छ । 'भ्रष्टाचारजन्य कसुरमा त्यस्तो कार्य गरेको थाहा पाएको मितिले पाँच वर्षभित्र मुद्दा चलाउनुपर्नेछ,' विधेयकमा प्रस्तावित व्यवस्थामा भनिएको छ, 'सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले निज…
Read More
माओवादी पार्टी फुट्ने कुरा निराधार: अध्यक्ष पुष्पकमल दाहाल

माओवादी पार्टी फुट्ने कुरा निराधार: अध्यक्ष पुष्पकमल दाहाल

३१ साउन, काठमाडौँ - नेकपा (माओवादी) केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी फुट्ने कुरा निराधार रहेको दाबी गरेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले पार्टी फुट्ने कुरा निराधार रहेको र लामो समयदेखि हल्ला फिँजाइएको बताए । उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउने भन्ने हल्ला फिँजाइएको भन्दै उक्त हल्ला गलत रहेको उनको भनाइ छ । उनले पार्टी एकताबद्ध भएको पनि बताए । ‘पार्टी फुट्ने कुरा बिल्कुलै निराधार हो । पार्टी फुट्छ भनेर केही समयदेखि भनिरहेका छन् । हो-हल्ला, प्रचार धेरै भयो । कतिपय सन्दर्भमा आशंका र भ्रम भए । यो बैठकसम्म आउँदा ती सबै…
Read More
टीआरसी विधेयक सर्वसम्मत हुनु शान्ति प्रक्रियाको महत्वपूर्ण कदम भएको नेकपा माओवादी केन्द्रको निष्कर्ष

टीआरसी विधेयक सर्वसम्मत हुनु शान्ति प्रक्रियाको महत्वपूर्ण कदम भएको नेकपा माओवादी केन्द्रको निष्कर्ष

३१ साउन, काठमाडौँ - नेकपा माओवादी केन्द्रले संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत रुपमा पारित हुनु शान्ति प्रक्रियाको महत्वपूर्ण कदम भएको निष्कर्ष निकालेको छ । बिहीबार बसेको स्थायी समिति बैठकले १८ वर्षदेखि टुंगोमा पुग्न नसकेको शान्ति प्रक्रिया सत्तापक्ष र प्रतिपक्षबीच सर्वसम्मत हुनु शान्ति प्रक्रियाको अर्को कदम भएको निष्कर्ष निकालेको हो । अध्यक्ष पुष्पकमल दाहालले टीआरसी विधेयकमा सर्वसम्मत हुनु महत्वपूर्ण काम भएको उल्लेख गर्दै यसलाई पूर्णरुपमा सफल बनाउनु पर्ने बताए । ‘शान्ति प्रक्रिया महत्वपूर्ण काम भएको छ । मलाई शान्ति प्रक्रिया टुंगो लगाउन ध्यान दिएन भन्ने थियो । मेरो पहिलेदेखि नै सर्वसम्मतिबाट गर्नुपर्छ भन्ने थियो,’ दाहालले भने, ‘प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएर धेरै राम्रो भएको छ ।’…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search