Epost Nepal

सरकारले भारत र चीन दुवै मुलुकसँगको सम्बन्धलाई समानतामा आधारित भएर प्राथमिकताका साथ अघि बढाउनु पर्दछ: नारायणकाजी श्रेष्ठ

सरकारले भारत र चीन दुवै मुलुकसँगको सम्बन्धलाई समानतामा आधारित भएर प्राथमिकताका साथ अघि बढाउनु पर्दछ: नारायणकाजी श्रेष्ठ

सरकारले भारत र चीन दुवै मुलुकसँगको सम्बन्धलाई समानतामा आधारित भएर प्राथमिकताका साथ अघि बढाउनु पर्दछ: नारायणकाजी श्रेष्ठ

१९ असोज, काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक समृद्धिको कार्यभारलाई पूरा गर्न सरकारले भारत र चीन दुवै मुलुकसँगको सम्बन्धलाई समानतामा आधारित भएर प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित नेपाल–भेनेजुयला मैत्री संघ घोषणा कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले नेपालले जहिले पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्य देशसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने बताए । विश्व राजनीति एसिया केन्द्रित भइरहेकाले नेपालले पनि भूराजनीतिक संवेदनशीलतालाई बुझेर परराष्ट्र सम्बन्धलाई अघि बढाउनुपर्ने उनले बताए । ‘हाम्रो देशको कुराकानी गर्दा हामी हाम्रो देशमा विशेषतः हामी दुई वटा छिमेकसँगको सम्बन्धलाई प्राथमिकता दिन्छौं । हामी भारत र चीनसँगको सम्बन्धलाई प्राथमिकता दिन्छौं । उनीहरूसँग मैत्रीपूर्ण,…
Read More
बाढी पहिरोबाट प्रभावित १४ जिल्लाका ४३ वटा पालिकाहरूलाई  विपद् संकटग्रस्त क्षेत्र घोषणा

बाढी पहिरोबाट प्रभावित १४ जिल्लाका ४३ वटा पालिकाहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

१८ असोज, काठमाडौं - सरकारले बाढी पहिरोबाट प्रभावित १४ जिल्लाका ४३ वटा पालिकाहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानबाट प्रभावित पालिकाहरूमा राहत तथा पुनर्स्थापनाको कामलाई तीव्रता दिन बाढीपहिरो प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा गरेको हो । गत शुक्रबार र शनिबार (असोज ११ र १२ गते) को अविरल वर्षाले देशका विभिन्न भागमा ठूलो जनधनको क्षति पुगेको छ । २ सय ३९ जनाको मृत्यु भएको छ । १९ अझै बेपत्ता छन् । सयौं परिवार घरवारविहीन हुन पुगेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्यस्ता क्षेत्रहरू पहिचान गरी संकटग्रस्त क्षेत्र घोषणा गर्न शुक्रबार सरकारसमक्ष…
Read More
देशभर डेंगीबाट संक्रमितको संख्या  १४ हजारभन्दा बढी पुग्यो, हुम्लाबाहेक सबै जिल्लामा डेंगीको संक्रमण

देशभर डेंगीबाट संक्रमितको संख्या  १४ हजारभन्दा बढी पुग्यो, हुम्लाबाहेक सबै जिल्लामा डेंगीको संक्रमण

१८ असोज, काठमाडौं - देशभर डेंगीबाट संक्रमितको संख्या  १४ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहाल अनुसार देशभर १४ हजार नौ सय ७५ जनामा डेंगी रोगको संक्रमण देखिएको छ । केही दिन अघि पानी परेका कारणले डेंगी संक्रमण बढेको उनले बताए । हालसम्म हुम्लाबाहेक सबै जिल्लामा डेंगीको संक्रमण देखिएको छ । डेंगीको संक्रमणबाट हालसम्म सात जनाको निधन भइसकेको छ । गण्डकी प्रदेशमा सबैभन्दा बढी डेंगीको संक्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा छ हजार नौ सय २० देखिएको छ । कोशी प्रदेशमा एक हजार तीन सय २९, मधेसमा दुई…
Read More
पहिरो तथा डुबानबाट प्रभावित ठाउँहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको तयारी

पहिरो तथा डुबानबाट प्रभावित ठाउँहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको तयारी

१८ असोज, काठमाडौं - सरकारले अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानबाट प्रभावित ठाउँहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने तयारी गरेको छ । असोज ११ र १२ गते को अविरल वर्षाले देशको विभिन्न भागमा ठूलो जनधनको क्षति पुगेको छ । २ सय २९ जनाको मृत्यु भएको छ । कयौं अझै बेपत्ता छन् । सयौं परिवार घरबारविहीन हुन पुगेका छन् । बाढी र पहिरोले बढी प्रभावित क्षेत्रमा तीब्र गतिमा राहत, उद्दार तथा पुनर्निमाणको कार्य गर्न सरकारले ती क्षेत्रहरूको पहिचान गरी संकटग्रस्त क्षेत्रका रूपमा तोक्न लागेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले त्यस्ता क्षेत्रहरूको पहिचान गरी संकटग्रस्त क्षेत्र घोषणा गर्न शुक्रबार सरकारसमक्ष सिफारिस गरेको…
Read More
पूर्वाधार विकास समितिले क्षतिग्रस्त राजमार्ग तथा सडकहरुको यथाशिघ्र मर्मतसम्भार गरी यातायात सुचारु गर्न सरकारलाई दियो निर्देशन

पूर्वाधार विकास समितिले क्षतिग्रस्त राजमार्ग तथा सडकहरुको यथाशिघ्र मर्मतसम्भार गरी यातायात सुचारु गर्न सरकारलाई दियो निर्देशन

१८ असोज, काठमाडौं - प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले क्षतिग्रस्त राजमार्ग तथा सडकहरुको यथाशिघ्र मर्मतसम्भार गरी यातायात सुचारु गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले बाढी पहिरोबाट क्षतिग्रस्त राजमार्गहरुको यथाशिघ्र मर्मतसम्भार गर्न सरकारलाई निर्देशन दिएको हो । त्यसैगरी मौजुदा सार्वजनिक खरिद कानूनको व्यवस्थाले खर्च गर्न नसक्ने भएको भन्दै विपद् क्षेत्रहरुमा फास्ट ट्रयाकमार्फत सडक पुनःनिर्माण, बेलिब्रिज जडान लगायतका काम गर्न सरकारलाई निर्देशन दिइएको छ । त्यस्तै, बीपी राजमार्गमा अलपत्र परेका यातायात मजदुर र सर्वसाधारणको तत्काल उद्धार गर्न समितिले निर्देशन दिएको छ । समितिले मृतक तथा बेपत्ता व्यक्तिका परिवारलाई सरकारद्वारा प्रदान गर्ने राहत र क्षतिपूर्ति दशैँ अगाडि नै प्रदान गर्न सरकारलाई भनेको…
Read More
विज्ञ भन्छन्: वित्तीय संघीयतालाई प्रभावकारी बनाउन नीतिगत र व्यावहारिक समस्या

विज्ञ भन्छन्: वित्तीय संघीयतालाई प्रभावकारी बनाउन नीतिगत र व्यावहारिक समस्या

१८ असोज, काठमाडौं - नेपालको संविधान २०७२ जारी भएर मुलुक संघीयतामा गएको लामो समय बितिसक्दा पनि अझै वित्तीय संघीयता कार्यान्वयन भने चुनौतीपूर्ण रहेको धारणा जानकारहरुले राखेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको नेपालमा ‘संघीयता : वित्तीय दृष्टिकोण’ विषयक छलफल तथा प्रस्तुतीकरण कार्यक्रमका वक्ताहरुले वित्तीय संघीयतालाई प्रभावकारी बनाउन नीतिगत र व्यावहारिक समस्या सुल्झाउन आवश्यक रहेको धारणा राखे । कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले वित्तीय संघीयता कार्यान्वयनका लागि देखिएका समस्या समाधानका लागी तीन तहका सरकार र निकायबीच समन्वय, सहककार्य र सहअस्तित्वको सिद्धान्तलाई प्राथमिकताका साथ पालना गरिनुपर्ने बताए । स्थानीय तह र प्रदेश सरकारले राजस्व उठाउने र…
Read More
नेपालमा उत्पादित विद्युत बंगलादेश निर्यात गर्न नेपाल-भारत-बंगलादेशबीच त्रिपक्षीय सम्झौता

नेपालमा उत्पादित विद्युत बंगलादेश निर्यात गर्न नेपाल-भारत-बंगलादेशबीच त्रिपक्षीय सम्झौता

१७ असोज, काठमाडौं - नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट बिजुली खरिदबिक्रीसम्बन्धी त्रिपक्षीय सम्झौता भएको छ । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा नेपाल, भारत र बंगलादेशबीच बिजुली बिक्री गर्न सम्झौता भएसँगै नेपाललाई तेस्राे मुलुकमा बिजुली बेच्ने बाटो खुलेको छ । त्रिपक्षीय सम्झौतापत्रमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेणु नाराङ र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)का अध्यक्ष मोहमद रिजाउल करिमले हस्ताक्षर गरे । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ र बंगलादेशका अन्तरिम सरकारका वातावरण, वन तथा जलवायु परिवर्तन र जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा त्रिपक्षीय सम्झौता भएको…
Read More
३४ वटा राजमार्गहरूका ८ सय ५ स्थानमा पहिरो गएर अवरुद्ध सडक मध्ये ७ सय ७४ स्थानमा यातायात सुचारु, क्षति भएका सम्पूर्ण संरचना स्थायी रुपमा पुनःस्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने

३४ वटा राजमार्गहरूका ८ सय ५ स्थानमा पहिरो गएर अवरुद्ध सडक मध्ये ७ सय ७४ स्थानमा यातायात सुचारु, क्षति भएका सम्पूर्ण संरचना स्थायी रुपमा पुनःस्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने

१७ असोज, काठमाडौं - असोज ११ र १२ गतेको भारी वर्षाका कारण देशभरमा ३४ वटा राजमार्गहरूका ८ सय ५ स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी  दिएको छ  । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध सडक मध्ये ७ सय ७४ स्थानको पहिरो हटाई २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्रउपकरण र जनशक्ति प्रयोग गरी यातायात सुचारु गरिसकिएको जानकारी दिए । हाल ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालन गर्ने प्रयास जारी राखिएको सचिव शर्माले बताए । हालसम्मको प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न…
Read More
बीपी राजमार्ग दसैँअघि खुल्ने सम्भावना छैन: सचिव केशवकुमार शर्मा

बीपी राजमार्ग दसैँअघि खुल्ने सम्भावना छैन: सचिव केशवकुमार शर्मा

१७ असोज, काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध बीपी राजमार्ग दसैँअघि खुल्ने सम्भावना नरहेको जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बीपी राजमार्ग दसैँअघि सञ्चालनमा नआउने जानकारी दिएका हुन् । सचिव शर्माले मन्त्रालयको टोलीले बीपी राजमार्गको स्थलगत अवलोकनसमेत गरेर आएको जानकारी दिँदै दसैँ अगाडि खुल्ने सम्भावना नभएको बताएका हुन् । ‘बीपी राजमार्गको अवस्था देख्दाखेरी दसैँ अगाडि त्यो खुल्ने सम्भावना छैन । हामी त्यो निस्कर्षमा पुग्यौँ । काम निरन्तर गर्छौँ किनभने त्यहाँ गाडीहरू रहेका छन् । गाडीका स्टाफहरू गाडी कुरेर बस्नुभएको छ,' उनले भने, 'सकेसम्म हामी प्रयास गर्दै दसैँ अगाडि अड्किएका गाडीहरू ल्याउने…
Read More
अवरुद्ध राजमार्ग खुलाउन सम्बन्धित निकायहरूलाई गृहमन्त्रीको निर्देशन

अवरुद्ध राजमार्ग खुलाउन सम्बन्धित निकायहरूलाई गृहमन्त्रीको निर्देशन

१६ असोज, काठमाडौं - गृहमन्त्री रमेश लेखकले बाढीपहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् । बुधबार मन्त्रालयमा यातायात सहजरुपमा सञ्चालन गर्ने विषयमा यातायात व्यवसायीहरुसँग छलफलपछि गृहमन्त्री लेखकले यस्तो निर्देशन दिएका हुन् । गृहमन्त्री लेखकले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुर संगठनसँग बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपद्‌बाट अवरुद्ध राजमार्ग/सडक पुनःसञ्चालन गरी यात्रा सहज बनाउने विषयमा छलफल गरेका थिए । विपद्‌मा अवरुद्ध सडक सञ्चालन गरी चाडवाडका बेला यातायात सहज र सुरक्षितरुपमा सञ्चालन गर्न यातायात व्यवसायी, यातायात मजदुर सङ्घ/संगठनका पदाधीकारीबीच सकारात्मक छलफल भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । 'विपद्को स्थितिमा अझै धेरै राजमार्ग अवरुद्ध हुनुका साथै पहिरोको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search