२१ साउन, काठमाडौँ - बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना भारत पुगेकी छन् । सोमबार बिहान सुरक्षा खतरा बढ्दै गएपछि हसिनाले राजीनामा दिएर बंगलादेश छाडेकी हुन् । हसिना भारतबाट बेलायत जाने सम्भावना छ । यद्यपि कहिले जाने भन्ने यकिन भइसकेको छैन । हसिनाले १५ वर्षे सत्ता छाडेसँगै प्रदर्शनकारीहरूले खुसीयाली मनाएका छन् । प्रदर्शनकारीहरू प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए । हसिना सन् २००९ देखि सत्तामा थिइन् । १५ वर्षे सत्तामा चलाएकी उनीमाथि शक्तिको दुरूपयोग गरेको आरोप लाग्दै आएको थियो । उनले आफ्ना विपक्षी दलका नेताहरूविरूद्ध शक्तिको दुरूपयोग गरेको आरोप छ । ७६ वर्षीय हसिनाले चार पटक लगातार चुनाव जितेकी छन् । गत…
३० असार, काठमाडौं - पेन्सिलभेनियामा चुनावी र्यालीमा गोली चल्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन् । शनिबार राति (नेपाली समयअनुसार आइतबार बिहान) ट्रम्पको चुनावी र्याली चलिरहेका बेला गोली चलेको हो । घटनामा र्यालीमा सहभागी एक जनाको मृत्यु भएको सीएनएनले जनाएको छ । सीएनएनका अनुसार गोली हान्ने व्यक्ति अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा मारिएका छन् । पूर्वराष्ट्रपति ट्रम्पको कानबाट रगत बगेको तस्बिरहरू अमेरिकी सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । घटनापछि उनलाई सुरक्षाकर्मीले मञ्चबाट सुरक्षित स्थानतर्फ लगेका थिए ।ओहायोका सिनेटर तथा रिपब्लिकन नेता जेडी भान्सले पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पको अवस्था ठीक रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा यस्ता खालका कुनै पनि हिंसात्मक घटनालाई स्थान नदिइने बताएका छन्…
२४ असार, काठमाडौं - युक्रेनको राजधानीस्थित एक बाल अस्पताल लगायतका क्षेत्रमा रूसको क्षेप्यास्त्र आक्रमणबाट कम्तीमा २० जनाको मृत्यु भएको छ । त्यसैगरी, मध्य युक्रेनी सहर क्राइभी रिहमा भएको आक्रमणमा १० जनाको मृत्यु भएको र ३१ जना घाइते भएको नगर प्रशासनका प्रमुख ओलेक्ज्यान्डर विल्कुलले बताएका छन् । केही महिनायता किएभमा भएको यो सबैभन्दा ठूलो बमबारी थियो । युक्रेनी वायु सेनाकाअनुसार दिनदहाडै गरिएको आक्रमणमा रूसको सबैभन्दा अत्याधुनिक हतियारमध्ये एक किन्झाल हाइपरसोनिक क्षेप्यास्त्र पनि प्रयोग भएको अधिकारीहरूले बताएका छन् । किन्झाल तीव्र गतिमा अर्थात् ध्वनिको १० गुणा बढी गतिमा उड्ने भएकोले यसलाई रोक्न गाह्रो हुन्छ । विस्फोटका कारण सहरका भवनहरू हल्लिएका थिए । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले…
२७ जेठ, काठमाडौं - भारतको प्रधानमन्त्रीमा नियुक्त नरेन्द्र मोदीले आइतबार तेस्रो कार्यकालका लागि शपथ लिएका छन् । राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति द्रौपदी मुर्मुले उनलाई शपथ गराएकी हुन् । उनलाई गत शुक्रबार राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन् । लोकसभा निर्वाचनमा भाजपाले एकल बहुमत नल्याएपछि मोदी नेसनल डेमोक्रेटिक अलायन्सको तर्फबाट प्रधानमन्त्री बनेका हुन् । मोदीको शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसहित दक्षिण एसिया विभिन्न मुलुकका राष्ट्रप्रमुख र प्रधानमन्त्रीहरू पुगेका छन् । मोदी सन् २०१४ मा पहिलोपटक र सन् २०१९ मा दोस्रोपटक प्रधानमन्त्री बने । दुई कार्यकालमा उनी भाजपाको स्पष्ट बहुमतमा प्रधानमन्त्री बनेका थिए । तर, अहिले उनी गठबन्धनको सहयोगमा प्रधानमन्त्री बनेका हुन् ।
२३ जेठ, काठमाडौं - भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) लोकसभा निर्वाचनमा बहुमत ल्याउन असफल भएको छ । पछिल्ला दुई चुनावमा लगातार बहुमत ल्याएर सरकारको नेतृत्व गरेका मोदीलाई यस पटक भने सरकार बनाउन गठबन्धनमा आबद्ध दलहरूको भर पर्नुपर्ने स्थिति छ । भारतीय निर्वाचन आयोगको अन्तिम मतपरिणामअनुसार भाजपाले २ सय ४० सिट जितेको छ । ५ सय ४३ सदस्यीय लोकसभामा सरकार बनाउन सामान्य बहुमत २ सय ७२ चाहिन्छ । भाजपा बहुमतबाट ३२ सिटले पछाडि छ । यद्यपि भाजपा नेतृत्वको एनडीए गठबन्धनले २ सय ९३ सिट जितेको छ । त्यसमा आन्ध्रप्रदेशको चन्द्रबाबु नायडु नेतृत्वको तेलेगु देशम पार्टीले १६ र बिहारको नितिश कुमारको जनता दल…
१८ जेठ, काठमाडौं - अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर भएका छन् । विभिन्न व्यावसायिक दस्तावेजहरूमा किर्ते गरेको ३४ वटा कसुरमा ट्रम्पलाई म्यानहटन फौजदारी अदालतले बिहीबार ट्रम्पलाई दोषी ठहर गरेको हो । पूर्व वा बहालवाला अमेरिकी राष्ट्रपति अदालतबाट दोषी ठहर भएको यो पहिलो घटना हो । अदालतले करिब ६ हप्ताको सुनुवाइपछि ट्रम्पलाई दोषी ठहर गरेको हो । यसक्रममा स्टोर्मी ड्यानियल्ससहित २२ जना प्रत्यक्षदर्शीसँग अदालतले बयान लिएको थियो । पोर्नस्टार स्टोर्मी ड्यानियल्सले ट्रम्पले आफूसँग यौन सम्बन्ध राखेको र घटना सार्वजनिक नगर्न भन्दै पैसा दिएको आरोप लगाएकी थिइन् । साथै ड्यानियल्सलाई दिएको पैसाको हिसाबकिताब लुकाउन ट्रम्पले व्यावसायिक अभिलेखहरूमा किर्ते गरेको…
१० जेठ, लन्डन - बेलायतमा आउँदो जुलाई ४ मा आम निर्वाचन हुने भएको छ । प्रधानमन्त्री ऋषि सुनकले बुधबार उक्त निर्वाचन घोषणा गरेका हुन् । आउँदो शरद ऋतुमा आम निर्वाचन हुने आमअपेक्षा विपरीत प्रधानमन्त्रीले चाँडै निर्वाचन गराउन लागेका हुन् । निर्वाचन घोषणा भएकाले अब बेलायतको संसद भोलि (शुक्रबार)देखि नै निलम्बनमा पर्नेछ । यद्यपि, संसद्को औपचारिक अन्त्य भने आउँदो बिहीबारबाट हुनेछ । संसद अन्त्यपछि करिब ५ हप्ता बेलायतमा आम निर्वाचनमा दलहरू होमिनेछन् । अहिले विपक्षी लेबर पार्टीले बेलायतमा निर्वाचन जित्ने ओपिनियन पोलहरूले देखाइरहेका छन् । हालै भएको स्थानीय तहको निर्वाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टीले पराजय भोगेको थियो । बुधबार साँझ निर्वाचन घोषणा…
११ चैत्र, काठमाडौं - मस्को क्रोकसमा शुक्रबार आयोजित सांगीतिक कार्यक्रममा सहभागी भएकाहरूमाथि हतियारधारीले अन्धाधुन्ध आक्रमण गर्दा मृत्यु हुनेहरुको संख्या १ सय ३३ पुगेको छ । शनिबार साँझसम्मको रिपोर्टअनुसार घटनामा सख्त घाइते हुनेको संख्या १ सय ४० भन्दा बढी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणमा प्रत्यक्ष संलग्न चारसहित ११ जनालाई नियन्त्रणमा लिएको रुसको अनुसन्धान समिति (आईसीआर) ले जानकारी दिएको छ । कट्टरपन्थी समूह आईएसआईएससँग सम्बन्धित आईएसआईएस–केले सामाजिक सञ्जाल टेलिग्राममार्फत यो आक्रमणको जिम्मेवारी लिएको छ । यद्यपि, रुसी अधिकारीले घटनामा कसको संलग्नता थियो भन्ने अझै खुलाइसकेका छैनन् । इस्लामिक स्टेट खोरसान प्रान्त (आईएसआईएस–के) अफगानिस्तान तथा इरानमा सक्रिय समूह हो । यसअघि यो समूहले काबुलस्थित रुसी दूतावासमा पनि…
१० चैत्र, काठमाडौं - रूसको मस्कोस्थित एक कन्सर्ट हलमा आक्रमण हुँदा ६० जनाको मृत्यु भएको छ। मस्कोको उत्तरपश्चिम सहर क्रास्नोगोर्स्कस्थित क्रोकस सिटी हलमा गएराति नकाब लगाएका बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा ६० जनाको मृत्यु भएको हो। उक्त कन्सर्टमा ६ हजारभन्दा बढी मानसिहरू उपस्थित थिए। त्यसक्रममा चार जना बन्दुकधारीहरू प्रवेश गरी गोली चलाएका थिए। गोली चलेपछि त्यहाँ भागदौड मच्चिएको थियो। मानिसहरू हलभित्र समेत प्रवेश गरेका थिए। शनिबार बिहानसम्म हलबाट १०० जना भन्दा बढीलाई उद्दार गरी अस्पताल पठाइएको बताइएको छ। गोलीबारीपछि उक्त भवनमा आगलागी समेत भएको थियो। आगलागी ६ घन्टापछि नियन्त्रणमा लिइएको बिबिसीले उल्लेख गरेको छ। घटनापछि ७० वटाभन्दा बढी एम्बुलेन्सबाट घाइतेहरूलाई अस्पताल पुर्याइएको…
१७ पौष, काठमाण्डौं - जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा अवतरण गर्ने क्रममा जापान एयरलाइन्सको एक यात्रुवाहक विमानमा स्थानीय समय अनुसार साँझ ६ बजे आगलागी भएको छ । एयरलाइनले दिएको पछिल्लो जानकारी अनुसार विमानमा सवार रहेका सबै ३६७ यात्रु र १२ चालक दलका सदस्यहरूलाई विमानबाट बाहिर निकालिएको छ । जापान एयरलाइन्सको उक्त विमानमा अवतरणका क्रममा रनवेमै जापान कोस्ट गार्डको विमानसँग ठोक्किएपछि आगलागी भएको समाचार एजेन्सी एनएचकेले बताएको छ । फिक्स्ड-विंग कोस्ट गार्ड विमानको चालक दलका एक सदस्य सो विमानबाट बाहिर निस्किन सफल भएपनि अन्य पाँच जना भने सम्पर्कविहिन रहेको बताइएको छ । एनएचकेले प्रसारित गरेको फुटेजमा जापान एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएर आगो लागेको देखाइएको छ ।…