Epost Nepal

समाज

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम सिफारिस

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम सिफारिस

७ बैशाख, काठमाडौं - मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम सिफारिस गरिएको छ । उपकुलपति छनोट गर्न गठन गरिएको सिफारिस समितिले दरखास्त माग गरी कार्ययोजना, सोचपत्र र अन्तर्वार्ताको आधारमा छनोट गरी सिफारिस गरेको हो । नाम सिफारिस भएकाहरूमा प्रा डा धुव्रकुमार गौतम, नन्दबहादुर सिंह र देवबहादुर खड्का छन् । गौतम त्रिवि योजना निर्देशनालयका निर्देशक, सिंह मध्यपश्चिमका पूर्वउपकुलपति र खड्का पूर्वडिन हुन् । उपकुलपति छनोट गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको थियो । शिक्षा सचिव सुरेश अधिकारी र राष्ट्रिय योजना आयोगका सदस्य रमेशचन्द्र पौडेल समिति सदस्य थिए । सिफारिस गरे मध्ये १ जनालाई प्रधानमन्त्री तथा कुलपतिले उपकुलपति नियुक्त…
Read More
मस्कोस्थित एक कन्सर्ट हलमा आक्रमण हुँदा ६० जनाको मृत्यु

मस्कोस्थित एक कन्सर्ट हलमा आक्रमण हुँदा ६० जनाको मृत्यु

१० चैत्र, काठमाडौं - रूसको मस्कोस्थित एक कन्सर्ट हलमा आक्रमण हुँदा ६० जनाको मृत्यु भएको छ। मस्कोको उत्तरपश्चिम सहर क्रास्नोगोर्स्कस्थित क्रोकस सिटी हलमा गएराति नकाब लगाएका बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा ६० जनाको मृत्यु भएको हो। उक्त कन्सर्टमा ६ हजारभन्दा बढी मानसिहरू उपस्थित थिए। त्यसक्रममा चार जना बन्दुकधारीहरू प्रवेश गरी गोली चलाएका थिए। गोली चलेपछि त्यहाँ भागदौड मच्चिएको थियो। मानिसहरू हलभित्र समेत प्रवेश गरेका थिए। शनिबार बिहानसम्म हलबाट १०० जना भन्दा बढीलाई उद्दार गरी अस्पताल पठाइएको बताइएको छ। गोलीबारीपछि उक्त भवनमा आगलागी समेत भएको थियो। आगलागी ६ घन्टापछि नियन्त्रणमा लिइएको बिबिसीले उल्लेख गरेको छ। घटनापछि ७० वटाभन्दा बढी एम्बुलेन्सबाट घाइतेहरूलाई अस्पताल पुर्‍याइएको…
Read More
परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई  चिनियाँ  र  भारतीय समकक्षीको बधाई

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई चिनियाँ र भारतीय समकक्षीको बधाई

३० फागुन, काठमाडौं - उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई  चिनियाँ  र  भारतीय समकक्षीले बधाई ज्ञापन गरेका  छन् । चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशङ्करले छुट्टाछुट्टै बधाई सन्देश पठाउँदै परराष्ट्रमन्त्री श्रेष्ठको सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । परराष्ट्रमन्त्री श्रेष्ठले बधाई तथा सफल कार्यकालको शुभकामनाका लागि उनीहरूप्रति आभार प्रकट गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष श्रेष्ठ यही फागुन २३ गते उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीमा नियुक्त भएका थिए ।
Read More
प्रधानमन्त्री अहिले कुन बेला पद जाने हो भनेर त्रासमा हुनुहुन्छ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा

प्रधानमन्त्री अहिले कुन बेला पद जाने हो भनेर त्रासमा हुनुहुन्छ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा

२७ फागुन, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युद्धस्तरमा काम गरेर मुलुकलाई समुन्नतिको बाटोमा अघि बढाउनुपर्ने देशको प्रधानमन्त्री अहिले कुन बेला पद जाने हो भनेर त्रासमा रहेको बताएका छन् । आइतबार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवस समारोहमा महामन्त्री थापाले प्रधानमन्त्रीले विश्वासको मत लिनुभन्दा पहिल्यै प्रधानमन्त्रीको कुर्सी हल्लिएको टिप्पणी पनि गरे  । 'प्रधानमन्त्रीको कुर्सी अहिले पहिलाभन्दा पनि कमजोर बनेको छ । बन्नुभन्दा पहिल्यै हल्लिएको छ,' उनले भने, 'कतिखेर म यहाँबाट धकेलिने र लड्ने हो भन्ने डरले प्रधानमन्त्रीलाई सताएको छ ।' उनले यसपटक अबका निर्वाचनमा कसैले कसैसँग गठबन्धन नगर्ने गरी सिकाइ भएको बताएका छन् । ‘हामीले नेपालमा थुप्रै खालका अनुभवहरु बटुलेका छौँ । यसपटकको अनुभवले…
Read More
मन्त्रिपरिषदमा तामाङ समुदायबाट एकजनालाई मन्त्री बनाउने प्रधानमन्त्री पुष्पकमल दाहालको घोषणा

मन्त्रिपरिषदमा तामाङ समुदायबाट एकजनालाई मन्त्री बनाउने प्रधानमन्त्री पुष्पकमल दाहालको घोषणा

२७ माघ, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पुनर्गठन हुने मन्त्रिपरिषदमा तामाङ समुदायबाट एकजनालाई मन्त्री बनाउने घोषणा गरेका छन्। सोनाम ल्होछारको अवसर पारेर शनिवार काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन कुनैपनि हालतमा हुने र त्यसमा तामाङ समुदायका एक जनालाई मन्त्री बनाउने बताएका हुन्। ‘आज यो मञ्चबाट के कुरा घोषणा गर्न सक्ने ठाउँमा छु भने अब मन्त्रिमण्डलको जतिबेला पुनर्गठन हुन्छ पहिलो प्राथमिकता बागमती प्रदेशको तामाङ समुदायको जनप्रतिनिधिलाई मन्त्री बनाइनेछ,’ उनले भने। प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘पुनर्गठन त हुन्छ नै । पुनर्गठन हुनेबित्तिकै तामाङ मन्त्री हुन्छ। यो विश्वास म तपाईंहरूलाई दिलाउन चाहन्छु। तपाईं लाखौं जनसमुदायको अगाडि मैले यो…
Read More
नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता

नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता

काठमाडौं, १३ मंसिर । नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाँउपालिकाले दोर्दी गाँउपालिका–२ का रामबहादुर गुरुङ र नवलपरासीको कावासोती नगरपालिका–८ का सुरेन्द्र पाण्डेको समलिंगी विवाह दर्ता गरेको हो । सर्वोच्च अदालतको आदेश एवं राष्ट्रिय पञ्जीकरण विभागको निर्देशन अनुसार, दोर्दी गाँउपालिका–२ को वडा कार्यालयले विवाह दर्ता गरेको हो । विवाहदर्ता पछि समलिंगी जोडी रामबहादुर गुरुङले सुरेन्द्र पाण्डेसँग समलिंगी विवाह गरी दोर्दी गाँउपालिका–२ को वडा कार्यालयमा समलिंगी विवाह दर्ताका लागि निवेदन दिएका थिए । समलिंगी अधिकारको वकालत गर्दै आएका अधिकारकर्मी सुनिलबाबु पन्तले समलिंगी विवाह नेपालकै पहिलो भएको दाबी गरेका छन् । यो घटना आगामी दिनका लागि कोशेढुङ्गा…
Read More
तनहुँमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३६ जना घाइते

तनहुँमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३६ जना घाइते

तनहुँमा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् । बुधबार बिहान पोखरा जाँदै गरेको ग १ ख म७८९५ नम्बरको यात्रुबाहक बस तनहुँको ब्यास नगरपालिका–२ घाँसीकुवास्थित पृथ्वी राजमार्ग सडकखण्डमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा धनकुटाको सागुरीगढी गाउँपालिका–९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलको टोपबहादुर मगर रहेका छन् । उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । राईको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पताल र मगरको दमौली अस्पताल तनहुँमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा चालकसहित ३६ जना घाइते भएका छन्। उनीहरुको पोखरास्थित मणिपाल शिक्षण अस्पताल, दमौली अस्पताल र तनहुँको…
Read More
काठमाडौं महानगरमा सुर्तीजन्य पदार्थ बिक्रि गर्न नपाइने

काठमाडौं महानगरमा सुर्तीजन्य पदार्थ बिक्रि गर्न नपाइने

१२ मङ्सिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा रोक लगाउने भएको छ। एक सूचना जारी गर्दै महानगरको स्वास्थ्य विभागले १५ दिन अवधि अर्थात आगामी २७ गतेदेखि यो नियम लागू हुने उल्लेख छ। सुर्तीजन्य पदार्थ जस्तै चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुटखा, पानपरागलगायतका पदार्थ कसैले बिक्री गरेको पाइएमा नगर प्रहरीले सामान जफत गर्ने छ। काठमाडौं महानगरले जारी गरेको जनस्वास्थ्य ऐन २०८० मा यससम्बन्धी व्यवस्था छ। ऐनको दफा ४२ अनुसार सुर्ती तथा जाँड–रक्सीजन्य पदार्थ बिक्रीमा रोक लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था छ। सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको…
Read More
देशभरिका कारागारमा योग शिविर चलाइने

देशभरिका कारागारमा योग शिविर चलाइने

१२ मङ्सिर, काठमाडौं ।  मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत देशभरीका कारागारमा योगशिविर संचालन हुने भएको छ। उपप्रधानमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रुप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्व प्रहरी महानिरीक्षक एवम् विपश्यना साधक कुबेरसिंह राना सहित सोमबार गृह मन्त्रालयमा बसेको बैठकले नक्खु कारागारबाट शिविर संचालन गर्ने निर्णय गरेको हो। एकमहिना भित्रै नक्खु कारागारमा हुने दश दिवसीय शिविरपछि अरु कारागारमा पनि त्यही स्वरुपको शिविर आयोजना गरिने छ। केन्द्रीय कारागारसहित देशमा ७४ वटा कारागार छन्। नेपाल विपश्यना केन्द्रका धर्मसेवक सुशील…
Read More
विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का

विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का

१२ मङ्सिर, काठमाडौं ।  उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको विकासका लागि तीन तहका सरकार एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। सुर्खेतको चिंगाड महोत्सव तथा खेलकुद कार्यक्रमको उद्घाटनका अवसरमा उपप्रधानमन्त्री खड्काले तीनवटै तहका सरकार मिलेर काम गर्न सके जनताले चाहेअनुसारको विकास सम्भव हुने धारणा राखे। 'विकास निर्माणका कुन काम कुन तहको सरकारले गर्ने भन्ने तय भएमा सोहीअनुसार काम गर्न सहज हुन्छ', उपप्रधानमन्त्री खड्काले भने, 'यसतर्फ बेलैमा सोच्ने र सोही अनुरुप नीति तय गरेर काम गर्नु जरूरी छ।' उपप्रधानमन्त्री खड्काले संघीयताको पूर्ण कार्यान्वयन र संविधान प्रदत्त अधिकार स्थापित गर्नका लागि संघीय कानुन कार्यान्वयन अन्तिम चरणमा पुगेको जानकारी पनि दिए। उनले…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search