Skip to main content

Epost Nepal

भाजपा लोकसभा निर्वाचनमा बहुमत ल्याउन असफल

२३ जेठ, काठमाडौं – भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) लोकसभा निर्वाचनमा बहुमत ल्याउन असफल भएको छ ।

पछिल्ला दुई चुनावमा लगातार बहुमत ल्याएर सरकारको नेतृत्व गरेका मोदीलाई यस पटक भने सरकार बनाउन गठबन्धनमा आबद्ध दलहरूको भर पर्नुपर्ने स्थिति छ ।

भारतीय निर्वाचन आयोगको अन्तिम मतपरिणामअनुसार भाजपाले २ सय ४० सिट जितेको छ । ५ सय ४३ सदस्यीय लोकसभामा सरकार बनाउन सामान्य बहुमत २ सय ७२ चाहिन्छ । भाजपा बहुमतबाट ३२ सिटले पछाडि छ । यद्यपि भाजपा नेतृत्वको एनडीए गठबन्धनले २ सय ९३ सिट जितेको छ ।

त्यसमा आन्ध्रप्रदेशको चन्द्रबाबु नायडु नेतृत्वको तेलेगु देशम पार्टीले १६ र बिहारको नितिश कुमारको जनता दल युनाइटेडले १२ सिट जितेका छन् । मोदीलाई प्रधानमन्त्री बन्न नायडु र नितिशको भर छ ।

मोदीको लोकप्रियता र उनको ‘फेस भ्यालु’ को बलमा पुनः ठूलो बहुमतका साथ सत्तामा रहिरहने भाजपाको योजना असफल देखिएको छ । भारतको तल्लो सदन लोकसभामा भाजपा बहुमतभन्दा ३२ सिट टाढा रहनुले २०२४ को चुनावमा मोदीको जादुले काम नगरेको पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *