Epost Nepal

Breaking News 3

मापदण्ड पुगेका नर्सिङ कलेज सञ्चालनका लागि स्वीकृत दिन निर्देशन

मापदण्ड पुगेका नर्सिङ कलेज सञ्चालनका लागि स्वीकृत दिन निर्देशन

१७ साउन, काठमाडौं - प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले मापदण्ड पुगेका नर्सिङ कलेज सञ्चालनका लागि स्वीकृत दिन निर्देशन दिएको छ । शिक्षा मन्त्रीको उपस्थितमा समितिको बिहीबार बसेको बैठकले ‘प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०५४’ र ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ मा आवश्यक संशोधन गर्नुपर्ने र कानुनी मापदण्डा पूरा गरेका नर्सिङ शिक्षण संस्थालाई आगामी शैक्षिक सत्रका लागि कक्षा सञ्चालन गर्ने गरी स्वीकृत दिन परिषद्लाई निर्देशन गर्ने निर्णय गरेको हो । समितिका सभापति अम्बरबहादुर थापाले मापदण्ड पूरा गरेका नर्सिङ शिक्षण संस्थालाई अवरोध गर्दा विद्यार्थीहरूले पढ्न पाउने अधिकार सङ्कुचित भएकाले यस्तो निर्णय गरिएको बताए । 'हामीले विद्यार्थीलाई पढ्ने अवसरबाट वञ्चित…
Read More
तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूले लिए पद तथा गोपनीयताको शपथ

तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूले लिए पद तथा गोपनीयताको शपथ

१७ साउन, काठमाडौं - तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार शितल निवासमा बाग्मतीका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, लुम्बिनीका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर र कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै बाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा,लुम्बिनीका अमिक शेरचन र कर्णालीका तिलक परियारलाई पदमुक्त गरी सरकारले नयाँ प्रदेश प्रमुख नियुक्त गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
Read More
एमालेले गर्‍यो प्रदेश इन्चार्ज फेरबदल, केन्द्रीय समिति सदस्यमा पनि मनोनीत

एमालेले गर्‍यो प्रदेश इन्चार्ज फेरबदल, केन्द्रीय समिति सदस्यमा पनि मनोनीत

१७ साउन, काठमाडौं - नेकपा एमालेले सातवटै प्रदेश इन्चार्जहरू फेरबदल गरेको छ । एमालेले लुम्बिनी र सुदूरपश्चिमबाहेकमा प्रदेशमा इन्चार्जहरु फेरबदल गरेको हो । एमालेले सम्बन्धित भूगोलबाटै प्रदेश इन्चार्ज तोक्ने नीतिअनुरुप जिम्मेवारी हेरफेर गरेको हो । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले लुम्बिनीमा पद्मा अर्याल, सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई यथावत् राख्दै अन्य प्रदेशमा नयाँ इन्चार्ज तोक्ने निर्णय गरेको हो । महासचिव शंकर पोखरेलका अनुसार कोशी प्रदेशमा शेरधन राई, मधेश प्रदेशमा लिलानाथ श्रेष्ठ, वाग्मती प्रदेशमा राजन भट्टराई, गण्डकी प्रदेशमा किरण गुरुङ, कर्णाली प्रदेशमा गोरखबहादुर बोगटीलाई जिम्मेवारी दिइएको छ । यसैबीच बैठकले १७ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको छ । सुवास कर्माचार्य, कुन्दन कुसवाह, जितेन्द्र देव,…
Read More
पार्टीका सबै पदाधिकारीहरूले राजीनामा दिनुपर्ने माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलको प्रस्ताव

पार्टीका सबै पदाधिकारीहरूले राजीनामा दिनुपर्ने माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलको प्रस्ताव

१६ साउन, काठमाडौं - नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले पार्टीका सबै पदाधिकारीहरूले राजीनामा दिनुपर्ने प्रस्ताव गरेका छन् । मंगलबारसम्म चलेको पदाधिकारी बैठकमा उपमहासचिव गजुरेलले पार्टीप्रति आकर्षण बढाउन अपनाउनुपर्ने विकल्पहरु प्रस्ताव गरेका थिए । त्यसमध्ये एउटा प्रस्ताव थियो, विधानको पालना गर्ने नेता–कार्यकर्ता । ‘विधान पालनाको कुरा हामी अरुका निम्ति मात्र गर्छौं । तर आफूले पद पाउँदा सबै कुरा बिर्सन्छौं’, गजुरेलले भनेका थिए । विधान पालनाकै सन्दर्भमा उनले अहिलेकै पदाधिकारी संख्या पनि विधान बमोजिम नरहेको सम्झाएका थिए । ‘हाम्रो पदाधिकारी १५ जना हुने भन्ने थियो । २१ जना भइयो । यो विधानको उल्लङ्घन हो, विधानमा एउटा कुरा भन्ने र अर्को…
Read More
जनशक्तिको व्यवस्थापन गरेर चाँडै नै दुर्गम ठाउँका स्वास्थ्य संस्थालाई सञ्चालनमा ल्याउँछौं: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल

जनशक्तिको व्यवस्थापन गरेर चाँडै नै दुर्गम ठाउँका स्वास्थ्य संस्थालाई सञ्चालनमा ल्याउँछौं: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल

१५ साउन, काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सामाजिक सुरक्षा अन्तर्गत अझै सञ्चालन हुन नसकेका कारणले केही परिमार्जन आवश्यक रहेको बताएका छन् । मंगलबार पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य बीमामा रहेको समस्यालाई हल गर्नका लागि केही नीति, नियमलाई परिमार्जन गर्नुपर्ने बताए । ‘स्वास्थ्य बीमा आवश्यक छ । तर यो अवस्थाको होइन । यसलाई एकदमै प्रभावकारी बनाउन जरूरी छ,’ मन्त्री पौडेलले भने, ‘पहिला बीमाको स्रोत सुनिश्चित गर्नुपर्छ । सामाजिक सुरक्षा अन्तर्गत लैजानुपर्छ ।’ समाजिक सुरक्षा अन्तर्गत बीमाको मोडल अगाडि बढाएकाले त्यसको दायित्व सरकारले पूर्ण रुपमा लिनुपर्ने उनको जिकिर छ । अब औपचारिक र अनौपचारिक क्षेत्रका कर्मचारीलाई अनिवार्य…
Read More
सरकारले गर्यो राजदूत फिर्ताका साथै नयाँ सिफारिस

सरकारले गर्यो राजदूत फिर्ताका साथै नयाँ सिफारिस

१४ साउन, काठमाडौं - सरकारले विभिन्न देशका लागि राजदूत सिफारिस गरेको छ । त्यस्तै पाँच देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिरिषद् बैठकले भारतसहित केही देशका लागि राजदूत सिफारिस गरेको हो । अमेरिका, बेलायत, दक्षिण कोरिया, रसिया, कतार, चीन, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, भारत, अस्ट्रेलिया, साउदी अरब, अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनीका लागि नयाँ राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । सरकारले भारतमा शंकर शर्मालाई नै निरन्तरता दिने भएको छ । त्यस्तै सरकारले अस्ट्रेलिया, चीन, श्रीलंका, रसिया र दक्षिण अफ्रिकाका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । चीनका राजदूत विष्णुपुकार श्रेष्ठ, अस्ट्रेलियाका कैलाशराज पोखरेल, रूसका मिलन तुलाधर,…
Read More
छ/छ महिनामा भइरहने सरकार गठन र बिघटनले देशलाई धरासयी बनायो: नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला

छ/छ महिनामा भइरहने सरकार गठन र बिघटनले देशलाई धरासयी बनायो: नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला

१३ साउन, काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधन गरेर मुलुकलाई स्थायी सरकार दिने वातावरण बनाउनुपर्ने बताएका छन् । नेपाली जनसम्पर्क समिति भारत अन्तर्गत पश्चिमोत्तर क्षेत्रीय समिति चण्डीगढको १२औँ अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस, एमाले लगायत दल मिलेर संविधान संशोधन गर्नुपर्ने बताएका हुन् । अस्थिर सरकारका कारण देशमा संकट आएकाले कांग्रेस र एमाले मिलेर संविधान संशोधन गरी मुलुकलाई स्थायी सरकार दिनैपर्छ भन्ने एजेन्डा सुरुदेखि आफूले उठाएको कोइरालाले बताए । ६/६ महिनामा भइरहने सरकार गठन र बिघटनले देशलाई धरासयी बनाएको उनको भनाइ छ । कोइरालाले भने, ‘केवल सत्ता टिकाउन सधैं २/४ सिट भएका दललाई बोकेर हिंड्दा नेपालले प्रगति…
Read More
एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी छ: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल

एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी छ: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल

१२ साउन, काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी रहेको बताएका छन् । शनिवार वीर अस्पतालको १३५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री पौडेलले वीर अस्पताल भित्रका सबै इकाइहरुको समन्वय हुन आवश्यक रहेको बताए । उनले व्यवस्थापकीय पक्षमा उल्लेख्य सुधार हुन नसकेको जिकिर गर्दै राम्रोसँग सुधार र समन्वय गर्न सके भइरहेको जनशक्तिबाट नै राम्रो परिणाम दिन सकिने उल्लेख गरे । वीर अस्पतालको सबै व्यवहार र कारोबार पारदर्शी हुने व्यवस्था गर्नुपर्ने भन्दै उनले वीर अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्न नसकेको गुनासो आइरहेकोप्रति ध्यानाकर्षण गराए । उनले भने, ‘वीर अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्न सकेन भन्ने बाहिर जनगुनासो…
Read More
चालु वर्षको मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

चालु वर्षको मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

११ साउन, काठमाडौं - नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले बजेटले राखेको ६ प्रतिशत आर्थिक वृद्धिलाई सहयोग पुग्ने गरी १२.५ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको छ। असल कर्जाको नोक्सानी प्रवधान घटाएको छ। निर्माण क्षेत्रलाई सहयोग पुग्ने गरीका सुविधाहरू पनि मौद्रिक नीतिमार्फत् अघि सारिएको छ। राष्ट्र बैंकले चालु वर्षमा ५.५ प्रतिशतमा मूल्य वृद्धिदर कायम राख्ने लक्ष्य निर्धारण गरेको छ। मौद्रिक नीतिको पूर्णपाठ_2081-082
Read More
स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्न लगानीको वातावरण सुधार गर्नुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई

स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्न लगानीको वातावरण सुधार गर्नुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई

१० साउन, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्न लगानीको वातावरण सुधार गर्नुपर्ने बताएका छन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओलीसमक्ष आर्थिक वर्ष २०८०/८१ कोे कार्यसम्पादन करारबमोजिम बिहीबार बुझाएको कार्यसम्पादन प्रतिवेदन ग्रहण गर्दै उनले लगानीको वातावरण सुधारलाई निरन्तरता दिनुपर्ने बताए । पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारी अवधारणा महत्त्वपूर्ण हुने भन्दै प्रधानमन्त्रीले लगानी बोर्डमार्फत भइरहेका कार्य र उपलब्धिको प्रशंसा गरेको प्रमुख कार्यकारी अधिकृत भट्टले जानकारी दिए । 'स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्न लगानीको वातावरण सुधारलाई निरन्तरता दिनुपर्ने र बोर्डलाई सार्वजनिक–निजी साझेदारीको ‘सेन्टर अफ एक्सिलेन्स’का रूपमा विकास गर्नेगरी…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search