Epost Nepal

एमालेले गर्‍यो प्रदेश इन्चार्ज फेरबदल, केन्द्रीय समिति सदस्यमा पनि मनोनीत

१७ साउन, काठमाडौं – नेकपा एमालेले सातवटै प्रदेश इन्चार्जहरू फेरबदल गरेको छ ।

एमालेले लुम्बिनी र सुदूरपश्चिमबाहेकमा प्रदेशमा इन्चार्जहरु फेरबदल गरेको हो ।

एमालेले सम्बन्धित भूगोलबाटै प्रदेश इन्चार्ज तोक्ने नीतिअनुरुप जिम्मेवारी हेरफेर गरेको हो ।

बिहीबार बसेको पार्टीको सचिवालय बैठकले लुम्बिनीमा पद्मा अर्याल, सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई यथावत् राख्दै अन्य प्रदेशमा नयाँ इन्चार्ज तोक्ने निर्णय गरेको हो ।

महासचिव शंकर पोखरेलका अनुसार कोशी प्रदेशमा शेरधन राई, मधेश प्रदेशमा लिलानाथ श्रेष्ठ, वाग्मती प्रदेशमा राजन भट्टराई, गण्डकी प्रदेशमा किरण गुरुङ, कर्णाली प्रदेशमा गोरखबहादुर बोगटीलाई जिम्मेवारी दिइएको छ ।

यसैबीच बैठकले १७ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको छ । सुवास कर्माचार्य, कुन्दन कुसवाह, जितेन्द्र देव, रामप्रित राम, कृष्णभक्त पोखरेल, कमल तिमिल्सिना, गोविन्द पुन, केदार सिग्देल, मनोहर पौडेल, हरदेव जोशी, हरि उप्रेती, इन्द्र भण्डारी, महेश बर्तौला, सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे र आशा जबेगुलाई केन्द्रीय समिति सदस्य मनोनीत गरिएको महासचिव पोखेलले बताए ।

बैठकले निर्वाचन आयोग सदस्यहरुमा अमनसिंह तामाङ, झवी पोखरेल, नर्वदा भण्डारी, रत्ना गुरुङ र कमला केसीलाई  मनोनीत गरेको छ । अनुशासन आयोगमा मायानाथ अधिकारीलाई सदस्यको रुपमा मनोनीत गरेको छ ।

बैठकले सल्लाहकार परिषद्मा कुलानन्द गिरी, महेन्द्र थापा, पीएल श्रेष्ठ, शिवचन्द्र कुशवाह, रामप्रित पासवान, एकवाल मियाँ, गोपाल खनाल, खालिद हुसेन हकलाई मनोनीत गरेको छ ।

त्यसैगरी हरि रिजाल, प्रेमबहादुर सिंह, कृष्णप्रसाद दाहाल, विनोद ढकाल, सानु श्रेष्ठ, सिर्जना शर्मा, प्रदीप भण्डारी, अर्जुनबहादुर थापा, श्याम बगाल, नारायण मरासिनी, घनेन्द्र घिमिरे, नन्दलाल रोकाया, जनक पौडेल, मेघनाथ सुवेदी, नारायण मलासी, सुवाचन्द्र ठकुरी, शान्तकुमार ओली, विना ज्ञवाली, हरि पोखरेल, कवीन्द्र  शेखर रिमाल, सर्वध्वज सावाँ लिम्बू, गणेशसिंह धामी, नन्दकेशर ढकाल, लक्ष्मीप्रसाद जोशी, रामहरि सुवेदी र सरस्वती बाटीलाई सल्लाहकार परिषद्मा मनोनीत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search