Epost Nepal

Breaking News 3

गण्डकी प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर  कांग्रेस सर्वाेच्च अदालतमा

गण्डकी प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर कांग्रेस सर्वाेच्च अदालतमा

२५ बैशाख, काठमाडौं  - नेपाली कांग्रेस गण्डकी प्रदेशले प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर मंगलबार सर्वाेच्चमा अदालतमा रिट दर्ता गराएको छ । गत आइतबार प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनि गरेको घोषणाविरुद्ध रिट दायर गरेका हुन् । “विपक्षी प्रत्यर्थी खगराज अधिकारीले मुख्यमन्त्रीमा विश्वासको मत प्राप्त गर्न अनेक जालझेल गरी बहुमत पुग्दै नपुगेकोमा बहुमत संख्या पुगेको भनि देखाइ विश्वासको मत पारित भएको भन्दै गरिएको घोषणा गर्ने कार्य प्रथम दृष्टिमा गैरकानुनी र त्रृटिपूर्ण भएको हुँदा घोषणालगायत सम्पूर्ण निर्णय कामकारबाहीमाथि उल्लेखित संवैधानिक प्रावधानको विपरीत भएको हुँदा मिति २०८१/०१/२३…
Read More
सभामुखले शीर्ष नेताहरूसँग छलफल गर्न बोलाए बैठक

सभामुखले शीर्ष नेताहरूसँग छलफल गर्न बोलाए बैठक

२४ बैशाख, काठमाडौं - प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शीर्ष नेताहरूसँग छलफल गर्न बैठक बोलाएका छन्। मंगलबार बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूलाई बैठक बोलाएका हुन्। आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुख घिमिरेले शीर्ष नेताहरूलाई बोलाएका हुन् । घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएका छन् । सहकारी प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी…
Read More
जनता समाजवादी पार्टी नेपाल विभाजन

जनता समाजवादी पार्टी नेपाल विभाजन

२३ बैशाख, काठमाडौं - जनता समाजवादी पार्टी नेपाल (जसपा) दल विभाजन भएको छ । उपेन्द्र यादव नेतृत्वको पार्टी विभाजन भएर अशोक राईको अध्यक्षतामा नयाँ पार्टी गठन भएको हो । जनता समाजवादी पार्टी विभाजन गर्न भन्दै सांसदहरू हस्ताक्षर लिएर निर्वाचन आयोग पुगेका छन् । आयोग पुग्नेमा सात सांसद छन् । जसमा एक वहालवाला मन्त्री पनि छन् । पार्टी विभाजनका लागि अशोक राई, सुशीला श्रेष्ठ, प्रदीप यादव, रञ्जु ठाकुर, हसिना खातुन र नवलकिशोर शाह सुडी रहेका छन् । सुडी वहावाला वनमन्त्री हुन् भने प्रदीप यादव जसपा संसदीय दलका प्रमुख सचेतक हुन् ।
Read More
प्रधानमन्त्री पुष्पकमल दाहाल र जापानका विदेश मन्त्री कामिकावा योकोबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र जापानका विदेश मन्त्री कामिकावा योकोबीच भेटवार्ता

२३ बैशाख, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'  र जापानका विदेश मन्त्री कामिकावा योकोबीच भेटवार्ता भएको छ । एक दिने नेपाल भ्रमणमा आएकी जापानी विदेश मन्त्रीले प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेट गरेकी हुन् । भेटमा उनीहरूबीच दुई पक्षीय हितका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै नेपालको आर्थिक एवं सामाजिक विकासमा जापान सरकारले सहयोग पुर्‍याउँदै आएको बताए । उनले नेपालको पूर्वाधार एवं आर्थिक–सामाजिक क्षेत्रमा जापान सरकारबाट प्राप्त हुँदै आएको योगदानप्रति आभार व्यक्त गरे । जापानी विदेशमन्त्री योकोले नेपाल–जापानबीच सम्बन्ध सदैव सौहार्दपूर्ण रहँदै आएको उल्लेख गर्दै दुई देशबीच रहिआएको…
Read More
विगतमा आफूले लुटेका कारण हुने कारबाहीबाट जोगिने काममात्रै ठूलो दलहरुले गरिरहे छन् : राजेन्द्र लिङ्देन

विगतमा आफूले लुटेका कारण हुने कारबाहीबाट जोगिने काममात्रै ठूलो दलहरुले गरिरहे छन् : राजेन्द्र लिङ्देन

२३ बैशाख, काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशीहरुको दबाबमा सत्ता समीकरण परिवर्तन गर्दै हिँडेको आरोप लगाएका छन् । पार्टी निकट महिला संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले आइतबार काठमाडौंमा आयोजना गरेको महिला भेलामा बोल्दै उनले प्रधानमन्त्री दाहालको प्राथमिकता सत्तामात्रै रहेको जिकिर गरे । सत्तामा जाने, देश लुट्ने र विगतमा आफूले लुटेका कारण हुने कारबाहीबाट जोगिने काममात्रै ठूलो दलहरुले गरिरहेको उनको भनाइ थियो । अध्यक्ष लिङ्देनले देशलाई लुटाहाहरुबाट मुक्त गराउनका लागि आफ्नो पार्टीले मात्रै इमान्दार भएर पहल गरिरहेको दाबी गरे । उनले मुलुकले लुटाहातन्त्रलाई धान्न नसक्ने उल्लेख गर्दै त्यसबाट मुक्ति दिलाउने काममा लाग्न पनि…
Read More
सुदूरपश्चिमका मुख्यमन्त्रीको विश्वासको मत अनिश्चित

सुदूरपश्चिमका मुख्यमन्त्रीको विश्वासको मत अनिश्चित

२२ बैशाख, धनगढी - सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा एमालेले शनिबार पनि विश्वासको मत नदिने भएको छ । शुक्रबार विश्वासको मत नदिने अडान लिएको एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र रावल र प्रमुख सचेतक शीर्ष तहमा सल्लाह गर्न भन्दै शनिबार काठमाडौं पुगेका छन् । एमाले संसदीय दलका नेता र प्रमुख सचेतक काठमाडौं हिडेपछि शनिबार पनि मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन नसक्ने देखिएको छ । एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी ६ वैशाखमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ पक्ष र स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
Read More
इन्टरनेट सेवा अवरुद्ध गरे कानुन बमोजिम हदैसम्मको कारबाही गर्ने दूरसञ्चार प्राधिकरणको चेतावनी

इन्टरनेट सेवा अवरुद्ध गरे कानुन बमोजिम हदैसम्मको कारबाही गर्ने दूरसञ्चार प्राधिकरणको चेतावनी

२१ बैशाख, काठमाडौं - भरपर्दो एवं गुणस्तरीय सेवाको सुनिश्चितता गरी उपभोक्तालाई निर्वाध रूपमा इन्टरनेट सेवा उपलब्ध गराउन नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सम्बन्धित सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्राधिकरणले अत्यावश्यक सेवाअन्तर्गत पर्ने इन्टरनेट सेवा अवरुद्ध गरे कानुन बमोजिम हदैसम्मको कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार (बैशाख २०) मा केही इन्टरनेट सेवाप्रदायकको इन्टरनेट सेवा अवरुद्ध भएपछि आफूले समन्वय गरी केही समयभित्रै इन्टरनेट सेवा सुचारु गराएको प्राधिकरणको भनाइ छ । साथै इन्टरनेट सेवा अवरुद्ध भएको सम्बन्धमा प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ, 'सेवा प्रदायकहरूले सेवा प्रदान गरे बापत दूरसञ्चार ऐन, २०५३…
Read More
प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा संकुचन हुन दिइने छैन : प्रधानमन्त्री पुष्पकमल दाहाल

प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा संकुचन हुन दिइने छैन : प्रधानमन्त्री पुष्पकमल दाहाल

२१ बैशाख, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा संकुचन हुन नदिने बताएका छन् । नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मिथ्या र भ्रामक सूचना दिएर समाजलाई भ्रमित तुल्याउने काम नगर्न पनि सबैमा आग्रह गरेका छन् । 'प्रेस जगतसँग मेरो आग्रह छ, प्रेस स्वतन्त्रताको रक्षा गरौँ र उपभोगको सहज वातावरण पनि बनाऔँ' प्रधानमन्त्री दाहालले भने , 'सँगसँगै मिथ्या सूचनाको बाढीलाई रोक्ने काम पनि गरौँ । असत्य, भ्रामक र मिथ्या सूचनाका कारण नेपाली समाजलाई भ्रमित तुल्याउने, नकारात्मक मानसकिताको विकास गराउने, सामाजिक सद्भाव विथोल्ने वा नेपाली सभ्यता र संस्कृतिमाथि हमला गर्ने किसिमका सामग्रीहरूको प्रकाशन…
Read More
वैशाख २८ गते शुक्रबार संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

वैशाख २८ गते शुक्रबार संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

२० बैशाख, काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । बिहीबार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार तथा मन्त्रिपरिषद्‌को सिफारिसमा दुवै सदनको अधिवेशन आह्वान गरेका हुन्। राष्ट्रपति पौडेलले वैशाख २८ गते शुक्रबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्नेगरी अधिवेशन आह्वान गरेका हुन्। 'सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/१/२० को सिफारिसमा सम्वत् २०८१ साल वैशाख २८ गते शुक्रबारका दिन १४:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ'  राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा छ ।
Read More
राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस मनाइरहेकै दिन  देशको इन्टरनेट सेवा प्रभावित 

राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस मनाइरहेकै दिन देशको इन्टरनेट सेवा प्रभावित 

२० बैशाख, काठमाडौं  - विभिन्न कार्यक्रम गरी राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस मनाइरहेकै दिन  देशको इन्टरनेट सेवा एक्कासी प्रभावित  हुन पुगेको छ । विगत एक वर्षदेखि सरकारले अन्तर्राष्ट्रिय ब्यान्डविथ बापत भारतीय अपस्ट्रिम सेवा प्रदायकलाई तिर्नुपर्ने इन्टरनेट सेवा प्रदायकको विदेशी मुद्राको सिफारिस रोकिदिएपछि यस्तो परिस्थिति आएको हो । इन्टरनेटको मर्मत सम्भार शुल्कमा रोयल्टी र  ग्रामीण दूरसञ्चार विकास कोष (आर टी डी एफ) दस्तुर लाग्ने कि नलाग्ने भन्ने विषयमा लामो समयदेखि सरकार र सेवा प्रदायकबिचको विवाद  जारी छ । सेवा प्रदायकले मर्मत सम्भारमा दूरसञ्चार सेवा शुल्क (टी एस सी) नलाग्ने आयमा रोयल्टी र आर टी डी एफ नलाग्ने दाबी गर्दै आएका छन् । सरकारले एकै पटक…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search