Epost Nepal

इ-पोस्ट नेपाल

इ-पोस्ट नेपाल

1835 Posts
नेपाली कांग्रेस र नेकपा एमालेको साझा सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री रमेश लेखक

नेपाली कांग्रेस र नेकपा एमालेको साझा सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री रमेश लेखक

६ मङ्सिर, कैलाली - गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा नेपाली कांग्रेस र नेकपा (एमाले)को साझा एजेन्डा प्रस्तुत हुने बताएका छन् । बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले सत्ताघटक दुई ठूला राजनीतिक दलका तर्फबाट भ्रमणअघि तयार गरिने साझा एजेन्डा नै चीन भ्रमणमा प्रस्तुत हुने भएकाले बजारमा फैलाइएको हल्लाजस्तो कुनै पनि समस्या नभएको स्पष्ट गरे । मुलुकमा राजनीतिक स्थिरता, सुशासन र समृद्धिका निम्ति वर्तमान सरकार गठन भएको उनले उल्लेख गरे । उनले सत्तासाझेदार प्रमुख दुई दलबीच हाल कुनै विषयमा असमझदारी नभएको जिकिर गरे । लोकतन्त्र र संविधानका विरुद्धमा गरिने कुनै पनि गतिविधि सैह्य नहुने उनले…
Read More
बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई अनावश्यक दुःख र टर्चर दिएको गुनासो आएको छ: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी

बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई अनावश्यक दुःख र टर्चर दिएको गुनासो आएको छ: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी

३० कात्तिक, काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई अनावश्यक दुःख र टर्चर दिएको गुनासो आएको बताएका छन् । नेपाल बैंकको ८८औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा गभर्नर अधिकारीले बैंकले ग्राहकलाई गरेको व्यवहारको राष्ट्र बैंकले अनुगमन गर्ने प्रणाली विकास गरेको बताएका हुन् । “नेपाल राष्ट्र बैंकले ग्राहक व्यवस्थापनको लागि छुट्टै प्रणाली बनाइरहेको छ । उपभोक्ता संरक्षणसम्बन्धी छुट्टै डिभिजन छ । जसले प्रोडिन्सियल सुपरभिजनका साथै मार्केट कन्डक्ट सुपर भिजन गर्न सुरु गरेका छौँ,” अधिकारीले भने, “बैंकहरूले ग्राहकहरूलाई नचाहिँदो दुःख हुने किसिमको टर्चर दिएको सुनिन्छ । बैंक तथा वित्तीय संस्थाका कार्यालयहरूलाई मार्केट कन्डक्ट सुपर भिजनको सचेतना आवश्यक…
Read More
सक्षम र पारदर्शी प्रशासन सञ्चालन गर्ने विषय सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री केपी शर्मा ओली

सक्षम र पारदर्शी प्रशासन सञ्चालन गर्ने विषय सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री केपी शर्मा ओली

३० कात्तिक, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जनगुनासोलाई सम्बोधन गर्दै चुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन सञ्चालन गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औँ बैठकमा प्रधानमन्त्री ओलीले विकासका लागि सुशासन झनै आवश्यक भएकाले शासकीय सुधारलाई समितिबाट निर्णय गर्नुपर्ने कार्यसूचीको पहिलो नम्बरमा राखेको बताए । उनले वन वातावरण संरक्षण गर्दै यस क्षेत्रले विकासका आयोजनालाई सहजीकरण गर्नुपर्ने र विकासलाई अवरोध गर्ने गरी वनसम्बन्धी निकायले काम गर्न नहुने बताए । उनले अजरवैजानको बाकुमा भएको जलवायुसम्बन्धी सम्मेलनमा वन मन्त्रालयले आवश्यकताभन्दा बढी कर्मचारी पठाएको सन्दर्भ उल्लेख गर्दै यस्ता गलल प्रवृत्ति हुन नहुनेमा मन्त्री र…
Read More
विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

३० कात्तिक, काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । पहिलो पटक नेपालबाट बंगलादेशमा विद्युत् निर्यात हुन थालेको खबरले हर्षित भएको उल्लेख गर्दै अध्यक्ष दाहालले अघिल्लो जेठमा प्रधानमन्त्रीका रुपमा भएको आफ्नो भारत भ्रमणका क्रममा नेपालबाट बंगलादेशमा विद्युत् निर्यात गर्नका लागि भारत सरकार सहमत भएको बताए । नेपाल विद्युत् प्राधिकरणले आज ४० मेगावाट बिजुली बंगलादेश निर्यात गरेको छ । विद्युत् व्यापारको इतिहासमा नेपालको बिजुली भारतपछि अर्को देश पुग्न लागेको हो । भारतको केन्द्रीय विद्युत् नियमन आयोगले नेपालको बिजुली बंगलादेश निर्यात गर्न…
Read More
दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु

दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु

३० कात्तिक, काठमाडौं - दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप शुक्रबार बिहान ४ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाकाका अनुसार ६ जनाको मृत्यु भएको छ । जिपमा सवार अन्य ७ जना घाइते भएका छन् । मृतकको पहिचान खुलिसकेको छैन । प्रहरीका अनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बोकेको जिप दुर्घटनामा परेको हो ।
Read More
हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो: राष्ट्रपति रामचन्द्र पौडेल

हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो: राष्ट्रपति रामचन्द्र पौडेल

२७ कात्तिक, काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गरेका छन् । अजरबैजानको राजधानी बाकुमा मंगलबारबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औं सम्मेलन (कोप–२९) मा विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने,‘हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा सबैले ख्याल गरौं, पर्वतीय मुलुकका सेता हिमाल काला पहाडमा परिणत हुने क्रमले ती मुलुकमा मात्र होइन तल्लो तटीय मुलुकहरूलाई संकटमा पुर्‍याउँछ भन्ने विश्वले बिर्सन हुन्न ।’ उनले त्यसका लागि हिमालदेखि समुद्रसम्मको एकीकृत र समष्टिगत अनुकुलन अवधारणालाई औपचारिक संवादको विषय बनाउनसमेत कोप–२९ मा…
Read More
लाइन काटिएका उद्योगमा बिजुली जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

लाइन काटिएका उद्योगमा बिजुली जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

२७ कात्तिक, काठमाडौं - नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले लाइन काटिएका उद्योगमा बिजुली जोड्ने निर्णय गरेको छ । मंगलबार बसेको बोर्ड बैठकले बिजुली जोड्ने निर्णय गरेको ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले जानकारी दिए । आइतबारको मन्त्रिपरिषद् बैठकले २४ घण्टाभित्र बिजुली जोड्ने र १५ दिनभित्र टाइम अफ डे (टीओडी) मिटरको आधारमा बक्यौता महसुल उठाउने निर्णय गरेको थियो । प्राधिकरणले कात्तिक ८ मा डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरको उद्योगको बिजुली काटेको थियो ।
Read More
कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीसहित ९ जनालाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीसहित ९ जनालाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

२७ कात्तिक, काठमाडौं - मानव तस्करी गरेको आरोपमा पक्राउ परेका नेकपा (एमाले) कोशीका सांसदसमेत रहेका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीसहित ९ जनालाई थप ७ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो । यसअघि दुई  दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो । जापानमा हुने इन्टरनेसनल कन्फेरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा सहभागी हुन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका लिलाबल्लभ अधिकारीसहित चार जना कात्तिक ११ गते गएका थिए । उनीसँगै गएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट…
Read More
ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ

२७ कात्तिक, काठमाडौं - ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ)पक्राउ परेका छन् । मनाङबाट स्वतन्त्र प्रदेशसभा सदस्य निर्वाचित भएका मनाङेलाई प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । २०६१ सालमा मिलन गुरुङ (चक्रे)माथि खुकुरी प्रहार भएको मुद्दामा यही कात्तिक २० गते सर्वोच्च अदालतले उच्च अदालत पाटनबाट भएको उनको पाँच वर्ष कैद सजायको फैसला सदर गरेको थियो । उनलाई ०६० सालमा अर्का गुन्डा नाइके मिलन गुरुङ (चक्रे) हात छिनालेको अभियोगमा दोषी ठहर गरिएको थियो । मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरिएको हो । ०६९ सालमा उच्च अदालत पाटनले उनलाई पाँच वर्ष जेल सजाय सुनाएको…
Read More
उद्योगधन्दा बन्द गर्न र मुलुकलाई टाट पल्टाउन दिइदैन: प्रधानमन्त्री केपी शर्मा ओली

उद्योगधन्दा बन्द गर्न र मुलुकलाई टाट पल्टाउन दिइदैन: प्रधानमन्त्री केपी शर्मा ओली

२६ कात्तिक, विराटनगर - प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द गर्न र मुलुकलाई टाट पल्टाउन नदिने बताएका छन् । सोमबार साँझ विराटनगरस्थित होटल हृयारिसनमा आयोजित पत्रकार भेटघाटमा विद्युत प्राधिकरणलाई सरकारले दिएको निर्देशन अझै कार्यान्वयन नभएको भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री ओलीले सरकारले दिएको निर्देशन कार्यान्वयन गरिने बताए । उनले कुनै पनि बहानामा उद्योगधन्दा बन्द हुन दिन नहुने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले १ वर्ष ८ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने र उनले निर्वाचन गराउने बताउँदै त्यसपछिको निर्वाचनले मुलुकको नेतृत्व चयन गर्ने स्पष्ट पारे । उनले प्रदेशले अधिकार माग्नेभन्दा पनि विकास निर्माण र सुशासनमा अघि बढ्नु पर्ने जिकिर गरे…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search