२० मङ्सिर, काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) कार्यान्वयन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका छन् । आज जमलस्थित प्राधिकरणको कार्यालय अनुगमनपछि मन्त्री गुरुङले बोर्ड निर्देशक एवं कर्मचारीलाई निर्देशन दिँदै सेवा प्रदायकसँग समन्वय गरेर जतिसक्दो छिटो आरटिडिएफ परिचालन गर्न निर्देशन दिएका हुन् । मन्त्री गुरुङले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली डिजिटल नेपाल बनाउने अभियान साकार पार्न मन्त्रालय अन्तर्गतका संस्थानको सहकार्य आवश्यक रहेको बताए । उनले सुशासन कायम गर्नका लागि पनि डिजिटल नेपालको परिकल्पना महत्वपूर्ण भएको बताए । सबै स्थानीय त र प्रदेशमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमस) लागू गराउन सकियो भने भ्रष्टाचार…
२० मङ्सिर, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा चीन सरकारसँग ऋणसम्बन्धी कुनै सम्झौता नगरेको बताएका छन् । चार दिने औपचारिक चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै चीन भ्रमणका क्रममा ऋण सम्झौता नभएको बताएका हुन् । चीन भ्रमणपूर्व नै कुनै पनि ऋण नलिने भनिसकेको र ऋणको बारेमा चीन भ्रमणमा कुनै सम्झौता नभएको ओलीको भनाइ थियो । ‘अस्तिदेखि मैले हामी कुनै ऋण लिन जाँदै छैनौँ, ऋण लिनेबारे कुनै कुरा पनि चलेन । मैले यहाँ बोलेकै थिएँ, छलफल पनि भएन । हामीले यसपल्ट बीआरआईअन्तर्गत विभिन्न परियोजनाहरूको कुरा गरेका छौँ । हरेक परियोजनाअन्तर्गत हामी छुट्टै…
२० मङ्सिर, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १८ महिना आफू प्रधानमन्त्री पदमा रहने बताएका छन् । चीनको औपचारिक चार दिने भ्रमणबाट बिहीबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले आफ्नो कार्यकाल १८ महिनामा सकिने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्को निर्वाचन गराउने बताए । कांग्रेस र एमाले गठबन्धन सरकार आगामी निर्वाचनसम्मै रहने उनको दाबी थियो । ‘मेरो पालो अब १८ महिना जति रहेछ, त्यसपछि शेरबहादुर देउवाजीलाई मैले हस्तान्तरण गर्छु । उहाँले डेढ वर्ष चलाउनु हुन्छ, निर्वाचन गराउनु हुन्छ,' ओलीले भने, 'हाम्रो चुनावसम्मको एग्रिमेन्ट (सहमति) छ ।' निर्वाचनमा सबै राजनीतिक दलले बहुमत ल्याउने कोसिस…
२० मङ्सिर, काठमाडौं - पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपालले विषयविज्ञ र प्राविधिकहरूको सही सदुपयोग गर्न नसक्दा बौद्धिक पलायतको गम्भीर समस्या भोग्नु परेको बताएका छन् । ‘आर्कविल्ड एक्स्पो २०२४’को काठमाडौंमा बिहीबार भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले बौद्धिक पलायतको समस्या समाधानको पहल लिनुपर्ने बताए । 'दुःखका साथ भन्नुपर्छ हाम्रा जस्तो अल्पविकसित देशले देशमा रहेका विषयविज्ञ, प्राविधिकहरूको सही सदुपयोग गर्न नसक्दा हामो जस्तो गरिब देशले ब्रेन ड्रेन अर्थात बौद्धिक पलायनको गम्भीर समस्याहरू भोग्नु परिरहेको अवस्था छ,' उनले भने । नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्षसमेत रहेका भट्टराईले नेपालजस्तो विकासशील र विकासोन्मुख देशमा विकास निर्माण सँगसँगै हुने पर्यावरणीय समस्याहरूको समाधान गर्न प्रविधि र विषय विज्ञहरूको अधिकतम…
२० मङ्सिर, काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनले नेपाली समाजमा विद्यमान गरिबी र सामाजिक असमानतालाई थप फराकिलो बनाएको बताएकी छन् । त्रिभूवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले पछिल्लो समय नेपालमा जलवायु परिवर्तनबाट परेको ठूलो असरले जनजीवन समेत प्रभावित बन्दै गएको बताएकी हुन् । पूर्वराष्ट्रपति भण्डारीले जलवायु परिवर्तनकै कारण उत्पन्न अतिवृष्टि, अनावृष्टि, बाढी पहिरो, सुख्खा खडेरी जस्ता प्रकोपले गर्दा गरिब किसान तथा विपन्न वर्गको जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको बताइन् । जलवायु परिवर्तनका नकारात्मक प्रभाव न्यूनीकरण गर्न अनुकुलन क्षमता वृद्धि गर्न आवश्यक रहेको पनि उनको भनाइ थियो । ‘जलवायु परिवर्तनले हाम्रो समाजमा विद्यमान गरिबी र सामाजिक असमानतालाई…
१८ मङ्सिर, काठमाडौं - चीनले नेपाललाई करिब नौ अर्ब रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङ बीचको भेटवार्ताका क्रममा सीले मंगलबार नेपाललाई ५०० मिलियन आरएमबी (करिब नौ अर्ब) रुपैयाँ दिने घोषणा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणमा मंगलबार हिमालयन एयरलाइन्सको चार्टर्ड विमानबाट बेइजिङ गएका थिए । चारदिने भ्रमणको सिलसिलामा प्रधानमन्त्री ओली चीनमा छन् ।
१८ मङ्सिर, काठमाडौं - उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कतारमा काम गरिरहेका नेपाली श्रमिकलाई २४ घण्टा बीमाको व्यवस्था मिलाउन कतार सरकारसँग आग्रह गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा मंगलबार आफूसँग भेट गर्न आएका नेपालका लागि कतारका राजदूत मिशालबिन मोहम्मद अली अल अन्सारीलाई उपराष्ट्रपतिले त्यहाँ मृत्यु वा घाइते भएका नेपाली श्रमिकको उद्धार र उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा विभिन्न अस्पताल, निर्वासन केन्द्र र जेलमा रहेका नेपालीलाई आवश्यक सहयोग गरिदिन अनुरोध गरे । 'कतारमा ६७ जना नेपाली जेल सजाय भुक्तान गरिरहेका छन् र धेरै नेपाली कागजविहीन बसिरहेका छन्', भेटमा उपराष्ट्रपतिले भने, 'म महामहिमलाई आममाफी दिन वा जेलको समय घटाउन र कागजातविहीन नेपालीलाई नियमित…
१८ मङ्सिर, काठमाडौं - चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनपिङबीच बेइजिङमा भेटवार्ता भएको छ । भेटघाटका क्रममा उनीहरूबीच आपसी सहकार्य,दुई देशबीचको सम्बन्धलगायत विषयमा छलफल भएको थियो । भेटका क्रममा सीले प्रधानमन्त्री ओलीसँग नेपालको पछिल्लो राजनीतिक,आर्थिक र सामाजिक अवस्थाका बारेमा चासो राखेका थिए । प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणमा मंगलबार हिमालयन एयरलाइन्सको चार्टर्ड विमानबाट बेइजिङ गएका थिए ।
१८ मङ्सिर, काठमाडौं - नेपाल र चीनबीच ९ वटा बुँदामा सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको भेटवार्तापछि सहमति र समझदारीमा हस्ताक्षर भएको हो । नेपाल र चीनबीच भएको पहिलो सहमतिमा टोखा-छहरे सुरुङमार्गसम्बन्धी पत्रको आदानप्रदान भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार सहमतिको दोस्रो बुँदामा नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान भएको छ । नेपाल-चीनबीच भएका सहमति र समझदारी * टोखा-छहरे सुरुङमार्ग निर्माणसम्बन्धी पत्रको आदानप्रदान * नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान * ९ तले वसन्तपुर दरबार निर्माण सम्पन्नको प्रमाणपत्र आदानप्रदान * भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर * विकास योजनासम्बन्धी…
१४ मङ्सिर, काठमाडौं - गृह मन्त्रालयले सामाजिक सञ्जालको गलत प्रयोग गरी द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति दिनेलाई कानुनी कारबाही हुने स्पष्ट पारेको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुर्याउनेलाई कानुनी दायरामा ल्याइने जनाएको हो । पछिल्लो समयमा केही व्यक्तिले सामाजिक सञ्जाललगायत माध्यमको गलत प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्तिप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । मन्त्रालयले विभिन्न जातजाति, धर्म सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवं सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने जस्ता घृणाजन्य अभिव्यक्ति दण्डनीय अपराधको रुपमा व्यवस्था गरेको…