७ असोज, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कमा द्विपक्षीय भेट भएको छ । संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभाको ७९ औँ अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका उनीहरुबीच न्युयोर्क लोते प्यालेसमा साइडलाइन भेटवार्ता भएको हो । भेटपछि पत्रकारहरुसँग बोल्दै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको जानकारी दिएका छन् । यसैगरी भारतीय प्रधानमन्त्री मोदीले नेपाल-भारत सम्बन्धलाई अझ गति दिन चाहेको ट्विट(एक्स)मार्फत जानकारी दिएका छन् । उनले छलफल ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित रहेको उल्लेख गरेका छन् । भेटमा नेपाल र भारतका विदेशमन्त्री र अन्य अधिकारीसमेत सहभागी…
६ असोज, काठमाडौं - सहकारी बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन संचालक छविलाल जोशीलाई प्रहरीले कास्की पुर्याएको छ । आइतबार अपरान्ह पक्राउ परेका उनलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट जहाजमा पोखरा पुर्याएको हो । जोशीलाई सोमबार कार्यालय समयमा जिल्ला अदालतमा उपस्थित गराउने तयारी छ । जोशीलाई कास्की प्रहरीको पत्रका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शंखमुलबाट पक्राउ गरेको थियो ।
६ असोज, काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले म्याद थप गरेको छ । साइबर अपराधसम्बन्धी उजुरीमा नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई आइतबार भक्तपुरबाट पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेले प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए । प्रसाईंविरुद्ध ब्युरोमा एक महिलाले साइबर अपराधसम्बन्धी उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गरेर अदालतमा उपस्थित गरिएको हो ।
६ असोज, काठमाडौं - नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेका उपलब्धिहरुलाई कुनैपनि कोणबाट कुठाराघात नगर्ने गरी संविधान संशोधन गर्न आवश्यक रहेको बताएका छन् । सिंहदबारमा आइतबार संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रीय तदर्थ समितिले दशौं संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उपलब्धिको रक्षा हुने गरी संविधान संशोधन भए सत्ता गठबन्धनलाई आफूहरुको पूरा सहयोग रहने बताए । उनले भने, ‘संविधान संशोधनको जहाँसम्म कुरा छ, तीन वटै कोणबाट यसलाई हामीले विचार गरौँ । एउटा संविधान जारी गर्दाखेरि नै अहिलेसम्मको अनुभवको आधारमा हामी सबैले करिब करिब स्वीकार गरेको त्यही तार्किक संगति पनि नमिलेको केही पक्षहरु छन् । हामी सबै सहमत भएको अन्तरवस्तु । तर…
६ असोज, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनले महिला र दलितको प्रतिनिधित्व बढाउने सुनिश्चितता गर्नुपर्ने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा मिश्रित निर्वाचन प्रणाली विषयक विश्लेषणात्मक छलफलमा महामन्त्री थापाले आन्दोलनबाट स्थापित महिला, दलितको प्रतिनिधित्व नघटाउने गरी संविधान संशोधन हुने दाबी समेत गरे । महामन्त्री थापाले १० वर्षको संविधानको अनुभवका आधारमा संशोधन गर्न लागेको भन्दै विशेष गरी निर्वाचन प्रणालीको विषय बहसमा रहेको र निर्वाचन प्रणालीबाटै सबैको प्रतिनिधित्वलाई सुनिश्चित गर्नुपर्ने धारणा राखे । उनले कसैको दबाब र लहडमा नेपाली कांग्रेस प्राप्त उपलब्धिबाट पछाडि नहट्ने स्पष्ट पारे । उनले भने, ‘आज हामी १० वर्षको संविधानको अनुभवका आधारमा त्यसको पुनरावलोकन गर्नुपर्छ भनेका छौँ । साथै निर्वाचन…
६ असोज, काठमाडौं - सहकारी संस्थाका बचत रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी)समेत रहेका छविलाल जोशी पक्राउ परेका छन् । कास्की प्रहरीको पत्रका आधारमा काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयको टाेलीले जाेशीलाई शंखमूलबाट पक्राउ गरेको हाे । संसदीय विशेष छानबिन समितिको प्रतिवेदमा सहकारी ठगी प्रकरणका आरोपी गोरखा मिडियाका संचालक जोशीसहित कार्यकारी अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक एवं पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने र संचालक कुमार रम्तेलविरुद्ध कारबाही सिफारिस गरिएको छ । गृहमन्त्री रमेश लेखकले आइतबार प्रहरी प्रधान कार्यालयलाई संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका थिए । उक्त निर्देशन दिएको केही समयमै जोशी पक्राउ परेका हुन् ।…
६ असोज, काठमाडौं - सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले आइतबार प्रहरी प्रधान कार्यालयमा समितिको प्रतिवेदन पठाउँदै तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । प्रतिवेदमा सहकारी ठगी प्रकरणका आरोपी गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित ४ जनाविरुद्ध चार कसुरमा अनुसन्धान गर्न सिफारिस गरिएको छ । यसअघि मन्त्रिपरिषद्को निर्णयअनुसार प्रतिवेदन गृह, सहकारी, अर्थ र उद्योग मन्त्रालयमा पठाइएको थियो ।
६ असोज, काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार दिउँसो भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । प्रसाईंलाई उनको घरैबाट पक्राउ गरिएको साइबर ब्युरोले जानकारी दिएको छ । प्रसाईंविरुद्ध ब्युरोमा एक महिलाले साइबर अपराधसम्बन्धी उजुरी दिएकी छिन् । प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतले गत बुधबार विद्युतीय कारोबार ऐनको व्यवस्थाबमोजिम पक्राउ पुर्जी जारी गरेको थियो ।
५ असोज, काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सबै माओवादी शक्तिहरू एक ठाउँमा केन्द्रीत भएर अगाडि जानुको विकल्प नभएको बताएका छन् । शनिबार पेरिसडाँडामा शहिद प्रतिष्ठान नेपालको १५ औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष दाहालले माओवादी आन्दोलनकारी शक्तिलाई एकताको प्रक्रियामा आउन आह्वान गरे । 'सबै माओवादी एक ठाँउमा केन्द्रीत भएर अगाडि जानुको विकल्प छैन, सबैको मर्म एउटै छ, त्यसकारण पनि एक ठाँउमा आउनुको विकल्प छैन', उनले भने, 'ढिलो नगरी हामी सबै एकताबद्ध होऔं, हामीले सबै मोर्चा जित्न सक्छौ ।' आफ्नो नेतृत्वको सरकारले ‘जनयुद्ध’ का शहिदलाई राष्ट्रिय शहिदको मान्यता दिएको र जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको समेत स्मरण गरे ।…
५ असोज, काठमाडौं - नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सहकारी बचत अपचलन सम्बन्धमा छानबिन गर्न बनेको समितिको प्रतिवेदनअनुसार कारबाही प्रक्रिया अघि बढ्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कांग्रेस जिल्ला कार्यसमितिको बैठक तथा समसामयिक विषयमा छलफल कार्यक्रममा निधिले सहकारी प्रकरणमा विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी ठहर गरेकोमा सरकारले कारबाही प्रक्रिया अघि बढाउने बताएका हुन् । रास्वपाकै कतिपय नेताहरूले दोषी ठहर गरेका लामिछानेलाई क्लिन चिट दिएको भनेर भ्रम फिजाउन खोजेको उनले बताए। ‘के क्लिन चिटको परिभाषा बदलिएको हो ? त्यसो हो भने क्लिनचिटको परिभाषा बदल्नुपर्यो,’ उनले भने । रास्वपाका नेताहरूले सहकारीको रकम अनियमिततका सम्बन्धमा चेक काट्नेलाई हत्कडी…