१८ साउन, काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका नियमित तर्फ ३ लाख ९० हजार ८६८ जनामध्ये १ लाख ८७ हजार २१ जना विद्यार्थी ननग्रेडिङ (एनजी) ल्याएका छन्। परीक्षामा ९ हजार ५९१ जना विद्यार्थीले भने ४ जीपीए ल्याएका छन् । गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए। नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख १३ हजार ९३३ छात्र गरी तीन लाख ९० हजार ८४७ परीक्षार्थी सहभागी थिए। बाँकी भने ग्रेड वृद्धिका विद्यार्थी थिए। कक्षा १२ को…
१८ साउन, काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी, कोशी र वाग्मती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताउँदै विभागले कोशी, वाग्मती, गण्डकी र लुम्बिनी तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । मधेश र कोशी प्रदेशको तराईका केही स्थानमा हुरीको पनि…
१७ साउन, काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह गर्नुभएको छ । श्रम मन्त्रालयमा आज विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले गर्नुभएको भेटमा उहाँले आन्तरिक रोजगारीलाई दिगो बनाउने र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने सरकारको योजना रहेको जानकारी गराउनुभयो । भेटमा श्रममन्त्री भण्डारीले स्थानीय तहमा रहेका सबै रोजगार सेवा केन्द्रलाई सुदृढीकरण, विकास साझेदारलगायतसँगको सहकार्य तथा प्राविधिक सहयोगमा ‘जब हब’का रुपमा विकास गरिने बताउनुभयो । निर्देशक सिस्लेनले आन्तरिक रोजगारी सिर्जनामा ‘देशीय साझेदारी कार्यक्रम’मार्फत सहयोग गर्न विश्व बैंक सदैव तयार रहेको बताउनुभयो । सो…
१७ साउन, काठमाडौं - प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले मापदण्ड पुगेका नर्सिङ कलेज सञ्चालनका लागि स्वीकृत दिन निर्देशन दिएको छ । शिक्षा मन्त्रीको उपस्थितमा समितिको बिहीबार बसेको बैठकले ‘प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०५४’ र ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ मा आवश्यक संशोधन गर्नुपर्ने र कानुनी मापदण्डा पूरा गरेका नर्सिङ शिक्षण संस्थालाई आगामी शैक्षिक सत्रका लागि कक्षा सञ्चालन गर्ने गरी स्वीकृत दिन परिषद्लाई निर्देशन गर्ने निर्णय गरेको हो । समितिका सभापति अम्बरबहादुर थापाले मापदण्ड पूरा गरेका नर्सिङ शिक्षण संस्थालाई अवरोध गर्दा विद्यार्थीहरूले पढ्न पाउने अधिकार सङ्कुचित भएकाले यस्तो निर्णय गरिएको बताए । 'हामीले विद्यार्थीलाई पढ्ने अवसरबाट वञ्चित…
१७ साउन, काठमाडौं - तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार शितल निवासमा बाग्मतीका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, लुम्बिनीका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर र कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै बाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा,लुम्बिनीका अमिक शेरचन र कर्णालीका तिलक परियारलाई पदमुक्त गरी सरकारले नयाँ प्रदेश प्रमुख नियुक्त गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
१७ साउन, काठमाडौं - नेकपा एमालेले सातवटै प्रदेश इन्चार्जहरू फेरबदल गरेको छ । एमालेले लुम्बिनी र सुदूरपश्चिमबाहेकमा प्रदेशमा इन्चार्जहरु फेरबदल गरेको हो । एमालेले सम्बन्धित भूगोलबाटै प्रदेश इन्चार्ज तोक्ने नीतिअनुरुप जिम्मेवारी हेरफेर गरेको हो । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले लुम्बिनीमा पद्मा अर्याल, सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई यथावत् राख्दै अन्य प्रदेशमा नयाँ इन्चार्ज तोक्ने निर्णय गरेको हो । महासचिव शंकर पोखरेलका अनुसार कोशी प्रदेशमा शेरधन राई, मधेश प्रदेशमा लिलानाथ श्रेष्ठ, वाग्मती प्रदेशमा राजन भट्टराई, गण्डकी प्रदेशमा किरण गुरुङ, कर्णाली प्रदेशमा गोरखबहादुर बोगटीलाई जिम्मेवारी दिइएको छ । यसैबीच बैठकले १७ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको छ । सुवास कर्माचार्य, कुन्दन कुसवाह, जितेन्द्र देव,…
१६ साउन, काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा एक रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर मुल्यमा २ रुपैयाँ घटाइएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ । निगम सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो । नयाँ मूल्यसूची अनुसार काठमाडौं, पोखरा र दिपालय क्षेत्रमा पेट्रोल लिटरको १७० रुपैयाँ पर्नेछ । झापा, विराटनगर जनकपुर, नेपालजञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा १६७ रुपैयाँ ५० पैसा तथा सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पहिलो…
१६ साउन, काठमाडौं - अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी बुधबारसम्म एक सय ४५ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौं उपत्यकामा दुई जना, कोशी प्रदेशमा २४ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जनागरी जम्मा एक सय ४५ जनाको मृत्यु भएको हो । उनका अनुसार काठमाडौँ उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा १० जना, बागमती प्रदेशमा…
१६ साउन, काठमाडौं - केही साता यता देशभरमा २२ जना हैजाका बिरामी देखिएको छ । काठमाडौं उपत्यकामा ललितपुरको गोदावरी तथा इमाडोल क्षेत्रमा गरी १४ जनामा हैजा पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बुधबार एक विज्ञप्ति जारी गर्दै हैजा अति संक्रामक तथा शिघ्र फैलने भएकाले सबैलाई सजग रहन आग्रह गरेका छन् । यसका साथै काठमाडौंको टोखा तथा कैलालीको धनगडीमा पनि हैजा संक्रमित भेटिएका छन् । खुला दिसाको अभ्यास घट्नुका साथै सरसफाईमा प्राय सबै सजग रहेपनि बर्खायाममा पानीको स्रोतमा ढल मिसिने तथा पहिरोले पानीको पूर्वधारलाई हानी पुर्याउँदा हैजाको संक्रमण नेपालमा हरेक वर्ष देखिने गरेको छ । 'भिब्रियो कोलेरा' नामक ब्याक्टेरियाबाट संक्रमित भएकाहरूमा…
१६ साउन, काठमाडौं - नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले पार्टीका सबै पदाधिकारीहरूले राजीनामा दिनुपर्ने प्रस्ताव गरेका छन् । मंगलबारसम्म चलेको पदाधिकारी बैठकमा उपमहासचिव गजुरेलले पार्टीप्रति आकर्षण बढाउन अपनाउनुपर्ने विकल्पहरु प्रस्ताव गरेका थिए । त्यसमध्ये एउटा प्रस्ताव थियो, विधानको पालना गर्ने नेता–कार्यकर्ता । ‘विधान पालनाको कुरा हामी अरुका निम्ति मात्र गर्छौं । तर आफूले पद पाउँदा सबै कुरा बिर्सन्छौं’, गजुरेलले भनेका थिए । विधान पालनाकै सन्दर्भमा उनले अहिलेकै पदाधिकारी संख्या पनि विधान बमोजिम नरहेको सम्झाएका थिए । ‘हाम्रो पदाधिकारी १५ जना हुने भन्ने थियो । २१ जना भइयो । यो विधानको उल्लङ्घन हो, विधानमा एउटा कुरा भन्ने र अर्को…